2026-07-10 03:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुमा सिस्नु टिप्न गएका व्यक्ति मृत अबस्थामा फेला

2016-12-31

नन्द बहादुर रोकाया/पुस १६, मुगु । मुगुके पुर्वी करान भेगको माँग्री गाविसमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । 

माँग्री गाविस वडा नम्बर १ चिमाथ गाउको जगंलमा उनि मृत भेटिएका हुन् । सोही गाउँका विर्खबहादुर बुढाको गाउँ नजिकैको जंगलमा सिस्नो टिप्न गएको बेला मृत्यु भएको हुन सक्ने स्थानिय बासिन्दाले बताएका छन् । 

शुक्रवार दिउसो १२ बजे तिर गाउँ नजिकैको जंगलमा सिस्नु टिप्न गएको र बेलुकी पख बनमा बाख्रा चराउन गएका स्थानीयले मृत अवस्थामा देखेपछि प्रहरी चौकी पुलुमा खबर गरेको बताईएको छ । प्रहरी चौंकि पुलुबाट खटिएको प्रहरीले शनिवार शवलाई पोष्ट मार्टमका लागि जिल्ला अस्पताल पठाएको छ । 

मृतक बुढाको टाउकोमा गम्भीर चोट लागेको र माथीबाट खसेको ढुंगा लागेर उनको मृत्यु भएको हुन सक्ने प्रारम्भिक जानकारी पुलु प्रहरी चौकिले दिएको मृतकका छिमेकी पुरिलाल रोकायाले जानकारी दिनुभयो । 

पुलु प्रहरी चौकिबाट खटिएको प्रहरीले घटना स्थलबाट शब उठाएर जिल्ला अस्पताल तर्फ ल्याउदै गरेको तर थप जानकारी आउन बाँकि रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो