पुस १७, बिर्तामोड । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजना र बिर्तामोड नगरपालिकाको सहयोगमा ‘व्यवसायिक पत्रकारितामा सामाजिक समावेशीकरण’ विषयक एड्भान्स तालिम आइतव"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस १७, बिर्तामोड । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजना र बिर्तामोड नगरपालिकाको सहयोगमा ‘व्यवसायिक पत्रकारितामा सामाजिक समावेशीकरण’ विषयक एड्भान्स तालिम आइतव"/>
१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

नेपाल पत्रकार महासंघ झापा शाखाद्वारा एड्भान्स तालिम संचालन

१७ पुष २०७३, आईतवार ०७:२६

पुस १७, बिर्तामोड । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजना र बिर्तामोड नगरपालिकाको सहयोगमा ‘व्यवसायिक पत्रकारितामा सामाजिक समावेशीकरण’ विषयक एड्भान्स तालिम आइतवार बिर्तामोडस्थित होटल डेनियलमा शुरु भएको छ । 

नेपाल पत्रकार महासंघका महासचिव उजिर मगरले प्रमुख अतिथिको रुपमा तालिमको उद्घाटन गरे । समारोहलाई सम्बोधन गर्दै महासचिव मगरले पत्रकारहरुले जिम्मेवारपूर्ण ढंगले प्रस्तुत हुनुपर्ने बताए । उनले समावेशी पत्रकारितामा जोड दिँदै श्रमजीवी पत्रकारको न्यूनतम् पारिश्रमिकको ग्यारेन्टी हुनुपर्ने समेत बताए । उनले पत्रकार महासंघ, पत्रकारको व्यवसायिक हितका साथै क्षमता अभिबृद्धिमा क्रियाशील रहेको समेत बताए । शाखा अध्यक्ष भीम नेम्वाङको अध्यक्षतामा भएको तालिम उद्घाटन समारोहका वक्ताहरुले अबको पत्रकारिता सामाजिक न्याय र समावेशी हुनुपर्नेमा जोड दिए । तीन दिने प्रशिक्षणको सहजीकरण बरिष्ठ प्रशिक्षक टंक उप्रेतीले गरिरहेका छन् । तालिममा झापाका क्रियाशील ५० जना सञ्चारकर्मीको सहभागिता रहेको पत्रकार महासंघ झापाका सचिव एकराज गिरीले जानकारी दिए । सहभागीहरु महिला, दलित, जनजाति, आदिवासी, मधेशी एवम् पछाडि पारिएको वर्गका तथा सम्पादक र व्यवस्थापकहरु समेत रहेका छन् । 

तालिम उद्घाटन समारोहमा महासंघ केन्द्रीय सदस्य गणेश पोखरेल, झापा शाखाका पूर्वअध्यक्ष गोविन्दचन्द्र क्षेत्री, प्रेम युनियनका अध्यक्ष कृष्ण हुमागाई, प्रेस चौतारीका अध्यक्ष मुक्ति पौडेल, प्रेस सेन्टरका अध्यक्ष टीकाराम उप्रेती, मिडिया नेपालका केन्द्रीय उपाध्यक्ष इन्द्रसिंह राजवंशी, फोनिजका अध्यक्ष गणेशमान मुखिया, नारी सञ्चार गृहकी अध्यक्ष सावित्रा दाहाल लगायतले शुभकामना मन्तव्य राखेका थिए । महासंघका उपाध्यक्ष तारामणि सापकोटाले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव एकराज गिरीले गरेका थिए । तालिममा पत्रकारिता र पत्रकारको जिम्मेवारीका साथै सामाजिक समावेशीकरणको आवश्यकता तथा त्यसका विविध पक्ष बारे सहभागीलाई सैद्धान्तिक र व्यवहारिक ज्ञानसीप प्रदान गरिने बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह