पुस १७, बिर्तामोड । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजना र बिर्तामोड नगरपालिकाको सहयोगमा ‘व्यवसायिक पत्रकारितामा सामाजिक समावेशीकरण’ विषयक एड्भान्स तालिम आइतव"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस १७, बिर्तामोड । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजना र बिर्तामोड नगरपालिकाको सहयोगमा ‘व्यवसायिक पत्रकारितामा सामाजिक समावेशीकरण’ विषयक एड्भान्स तालिम आइतव"/>
२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

नेपाल पत्रकार महासंघ झापा शाखाद्वारा एड्भान्स तालिम संचालन

२०७३, १७ पुष आईतवार ०७:२६

पुस १७, बिर्तामोड । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजना र बिर्तामोड नगरपालिकाको सहयोगमा ‘व्यवसायिक पत्रकारितामा सामाजिक समावेशीकरण’ विषयक एड्भान्स तालिम आइतवार बिर्तामोडस्थित होटल डेनियलमा शुरु भएको छ । 

नेपाल पत्रकार महासंघका महासचिव उजिर मगरले प्रमुख अतिथिको रुपमा तालिमको उद्घाटन गरे । समारोहलाई सम्बोधन गर्दै महासचिव मगरले पत्रकारहरुले जिम्मेवारपूर्ण ढंगले प्रस्तुत हुनुपर्ने बताए । उनले समावेशी पत्रकारितामा जोड दिँदै श्रमजीवी पत्रकारको न्यूनतम् पारिश्रमिकको ग्यारेन्टी हुनुपर्ने समेत बताए । उनले पत्रकार महासंघ, पत्रकारको व्यवसायिक हितका साथै क्षमता अभिबृद्धिमा क्रियाशील रहेको समेत बताए । शाखा अध्यक्ष भीम नेम्वाङको अध्यक्षतामा भएको तालिम उद्घाटन समारोहका वक्ताहरुले अबको पत्रकारिता सामाजिक न्याय र समावेशी हुनुपर्नेमा जोड दिए । तीन दिने प्रशिक्षणको सहजीकरण बरिष्ठ प्रशिक्षक टंक उप्रेतीले गरिरहेका छन् । तालिममा झापाका क्रियाशील ५० जना सञ्चारकर्मीको सहभागिता रहेको पत्रकार महासंघ झापाका सचिव एकराज गिरीले जानकारी दिए । सहभागीहरु महिला, दलित, जनजाति, आदिवासी, मधेशी एवम् पछाडि पारिएको वर्गका तथा सम्पादक र व्यवस्थापकहरु समेत रहेका छन् । 

तालिम उद्घाटन समारोहमा महासंघ केन्द्रीय सदस्य गणेश पोखरेल, झापा शाखाका पूर्वअध्यक्ष गोविन्दचन्द्र क्षेत्री, प्रेम युनियनका अध्यक्ष कृष्ण हुमागाई, प्रेस चौतारीका अध्यक्ष मुक्ति पौडेल, प्रेस सेन्टरका अध्यक्ष टीकाराम उप्रेती, मिडिया नेपालका केन्द्रीय उपाध्यक्ष इन्द्रसिंह राजवंशी, फोनिजका अध्यक्ष गणेशमान मुखिया, नारी सञ्चार गृहकी अध्यक्ष सावित्रा दाहाल लगायतले शुभकामना मन्तव्य राखेका थिए । महासंघका उपाध्यक्ष तारामणि सापकोटाले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव एकराज गिरीले गरेका थिए । तालिममा पत्रकारिता र पत्रकारको जिम्मेवारीका साथै सामाजिक समावेशीकरणको आवश्यकता तथा त्यसका विविध पक्ष बारे सहभागीलाई सैद्धान्तिक र व्यवहारिक ज्ञानसीप प्रदान गरिने बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन