Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

बाल विवाह न्यूनिकरणका लागि धार्मिक गुरुहरु एक ठाँउमा

२०७३, १७ पुष आईतवार ०७:३२

दान बहादुर बुढा | मुगु जिल्लामा व्याप्त रहेको बाल विवाह न्यूनिकरण गर्न यहाँका विभिन्न धर्मका धर्म गुरुहरु एक ठाँउमा उभिएका छन । आज जिल्लामा अन्तर धार्मिक राष्टिय संजालले आयोजना गरेको बाल विवाह र सामाजिक विकृती अन्तका लागी धार्मिक अगुवाहरुलाई तिन दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन कार्यक्रममा धर्म गुरुहरुले एकै ठाँउमा बसेर जिल्लामा बाल विवाह न्यूनिकरणमा काम गर्ने प्रतिबद्घता जनाएका हुन ।


कार्यक्रमलाई सम्बोधन गदै अन्तर राष्ट्रिय धार्मिक संजालका केन्द्रिय कोषाध्यक्ष रत्नप्रिया महर्जनले राज्य तथा दातृ निकायले देशका विकट तथा गरिब समुदायमा व्याप्त रहेको बाल विवाह न्यूनिकरणका लागी प्रयाप्त मात्रामा बजेट तथा जनशक्ति खर्च गरेपनि न्यूनिकरण नभएकाले मानिसहरुको विश्वास मार्फत धारणामा परिवर्तन ल्याई बाल विवाह न्यूनिकरण गर्ने उपाय भनेको विभिन्न धर्म गुरुहरु नै भएकाले देशमा सबै भन्दा बढी बाल विवाह रहेको विकट हिमाली जिल्ला मुगुलाई पहिलो प्राथमिकतामा राखेर धर्म मार्फत जनचेतना जगाई मानिसहरुको धारणामा परिवर्तन ल्याउन कार्यक्रम शुरु गरेको बताउनु भयो ।

कार्यक्रममा हिन्दुहरुले मान्ने छायाँनाथ मन्दिरका पुजारी लक्ष्मी प्रसाद चौलागाई,कालिका मालिका मन्दिरका पुजारी पुर्ण प्रसाद चौलागाई बौध धर्म गुरु छिरिङ्ग ग्यालबो लामा र क्रिचियन पास्टर ददी कुमाई,राजु मल्ल,रजनी भामको उपस्थित हुनुहुन्थ्यो ।

मन्दिर,मस्जित,गुम्बा,चर्च जस्ता फरक फरक धार्मिक स्थलमा बसेर पुजाआजा,प्राथना र संगती गरेपनि यी सबै कार्य राष्ट र जनता कै लागी भएकाले जबसम्म देश र जनता सबल र सक्षम हुदैनन जबसम्म समाजमा सामाजिक विकृतीहरु रहि रहन्छन तबसम्म देश मात्र नभएर यहाँ रहेका सबै धर्महरुको बदनामी हुने भएकाले एकाईशौ शताब्दी अनुसार संसार सुहाउदो देश बनाउन धर्म मार्फत समाजमा रहेका विकृती,कुसस्कार,हिंसा गर्न जस्तो सुकै त्याग गर्न आफु तयार रहेको बौध गुरु लामा ले बताउनु भयो । 

बा्रमण पुर्ण प्रसाद चौलागाई मुगु जिल्लामा बाल विवाह ब्रामण तथा क्षेत्रीहरु समुदायमा बढी रहेको स्विकादै आफु कहाँ विवाह गर्न साईत माग्न आउने नव जोडी तथा अविभावकहरुलाई अब देखि कानुनले तोके अनुसार २० बर्ष पुरा नभए साईत नजुराई दिने बचन गर्नु भयो  भने कालिका मालिमा मन्दिरका पुजारी पुर्ण प्रसाद चौलागाई मन्दिरमा विवाह गर्न आउनेहरु कम उमेरका भए जोडीको विवाह नै नगरि दिने प्रतिबद्घता व्यक्त गर्नु हुन्छ ।

हिन्द्र धर्मले २५ बर्षसम्म ब्रमचार्य बस्नु पर्ने भनेकाले हिन्द्र धर्मले पनि बाल विवाहलाई स्विकार नगरेको छायाँनाथ मन्दिरका पुजारी लक्ष्मी प्रसाद चौलागाई बताउछन । समाज रुपान्तरका लागी सबै धर्मका गुरुहरु एकै ठाँउमा उभिएर सामाजिक विकृती,महिला हिंसा,बाल हिंसा,मानव अधिकार जस्ता विषयमा सकारात्मक धारणामा विश्वास दिलाउने खालका धार्मिक कार्यक्रम गर्नुपर्ने र एकै ठाँउमा उभिएर कार्य गर्दा समाजमा सबै धर्मको सार एउटै भएको र बाल विवाह जस्ता विकृति कुनै धर्मले नस्विकार्यको बुझन गई विकृतीमा कमी आउने विश्वास प्रकट गर्नु भयो ।

जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी केशवराज शर्मा धर्म,शिक्षा,राजनिती जे गरेपनि समाज कै हो हामी सबै देश राम्रो होस,समाज राम्रो होस,समुदाय राम्रो होस,घर तथा सन्तान राम्रो होस सबैले सोच्छौ तर राम्रो सोज्दै गर्दा समाजमा रहेका विकृती,कुसस्कार जस्ता कुराले हामी पछि परिरहेका हुन्छौ । भोलीका राज्यका कर्णधारहरुलाई आजै १२,१३ बर्ष कै उमेरमा मानशिक तथा शारीरिक परिपक्कता नआउर्दै विवाह गरेर जिम्मेवारी दिन्छौ भने हामी कस्तो समाज तथा राष्टको कल्पना गदैछौ  भन्छन । बाल विवाह न्यूनिकरणका लागी कुनै उपाय काम लागेनन धर्म गुरुले जे भने पनि विश्वास गर्ने चलन छ । यतीसम्म की अन्तिम निर्णयमा पुगेको जस्तो सुकै काम भएपनि 

धर्म गुरुहरुले अशुभ हुने वा गर्न नहुने भनेपछि मानिस पछि हट्छन । धर्मले नस्विकार्यको बाल विवाह धर्म मार्फत अनुयायीसम्म पुराएमा समाजमा बाल विवाह मा कमी आउने बताउनु हुन्छ ।

यूनिसेफ नेपालको आर्थीक सहयोगमा अन्तर धार्मिक राष्टिय संजालले जिल्ला स्थित आफना संजालको साझेदारीमा देशमा बाल विवाह र महिला हिंसा बढी भएका ११ जिल्लाहरु मुगु,सप्तरी,धनुषा,बैतडी,बझाङ्ग,डोटी,रौतहट,कालिकोट,अछाम बाजुरा र हुम्ला कार्यक्रम संचालन गरिरहेको छ ।

तिन दिन सम्म चल्ने प्रशिक्षण प्रशिक्षक तालिमपछि धार्मिक अगुवाहरुलाई गाँउ गाँउमा धर्महरुले बाल विबाह र सामाजिक विकृतीबारे के भन्छन,नेपालको कानुनमा के व्यवस्था छ ,बाल तथा मानव अधिकारी के हो भन्ने बारे प्रशिक्षण दिने बताईएको छ । उक्त प्रशिक्षक प्रशिक्षणको सहजीकरण महिला हिंसा तथा बाल विवाह न्यूनिकरण धार्मिक अगुवा चेतना शाही र प्रकाश बुढथापाले गदै हुनुहुन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै