१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

झापाका ६ वटा रक्तसञ्चार केन्द्रमा रगतको अभाव

१७ पुष २०७३, आईतवार ११:३७

पुस १७, झापा । झापाका ६ वटा रक्तसञ्चार केन्द्रमा रगतको मौज्दात सकिएपछि रगतको अभाव भएको छ । झापामा नेपाल रेडक्रस सोसाइटीले सञ्चालन गरेको विभिन्न रक्तसञ्चार केन्द्रबाट रगत सङ्कलन र वितरण हुँदै आएको छ । सबै केन्द्रले रगतको मौज्दात सकिएको जनाएको छ । 

जाडो मौसम सुरु भएसँगै रक्तदान कार्यक्रम ठप्प भएपछि रगतको अभाव भएको रेडक्रस झापाका जनसम्पर्क शाखा प्रमुख राजकुमार भुजेलले बताउनुभयो । उहाँका अनुसार भद्रपुरमा रहेको रक्तसञ्चार केन्द्रमा ५ पाउण्ड मात्र रगत रहेको छ । विर्तामोड रक्तरञ्चार केन्द्रमा पनि ९ पाउण्ड मात्र बाँकी रहेको छ । 

उहाँका अनुसार झापामा मासिक ४०० युनिट रगत खपत हुँदै आएको छ जसमा ६० प्रतिशत रगत पहाडी क्षेत्रका बिरामीमा खपत भइरहेको छ । उहाँले पहाडी क्षेत्रमा रगतदाता प्रायः शून्य हुने गरेको र सबै तराई क्षेत्रले नै धान्नु पर्दा पनि समस्या आएको बताउनुभयो । 

भद्रपुर रक्त सञ्चार केन्द्रमा दैनिक ५ युनिट रगत खपत हुने गरेको छ । दमकमा रहेका तीन वटा रक्तसञ्चार केन्द्रमा १०० युनिट रगत रहेको सो केन्द्रका जनसम्पर्क कर्मचारी सिद्धार्थ दाहालले बताउनुभयो । उहाँले दमकका अस्पतालमा दैनिक १० युनिट रगत खपत हुने गरेको बताउँदै भन्नुभयो – ‘समस्या आउन नदिन स्थानीय सङ्घसंस्थासँग रक्तदानका लागि सहकार्य भइरहेको छ ।’ 

नेपाल रेडक्रस सोसाइटी झापाका महामन्त्री कृष्ण मैनालीले तत्कालको अभाव टार्न नेपाली प्रहरी, सशस्त्र र नेपाली सेनालाई आग्रह गरिसकेको बताउनुभयो । उहाँले विशेष गरी सहकारीहरुले वर्षेनी वार्षिक कार्यक्रममा राख्दै आएको रक्तदान कार्यक्रम चालु आर्थिक वर्षमा नगरिदिएका कारण पनि समस्या आएको बताउनुभयो । झापामा भद्रपुर, विर्तामोड र दमकमा ६ वटा रक्तसञ्चार केन्द्र सञ्चालित छन् । ती सबैमा रगतको सञ्चिति अत्यन्त कम भइरहेको महामन्त्री मैनालीले स्वीकार्दै चाँडै जिल्लाका सरकारी तथा गैरसरकारी सङ्घसंस्थासँग समन्वय गरी रगत आपूर्ति सहज बनाइने बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह