२०८२, ११ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

झापाका ६ वटा रक्तसञ्चार केन्द्रमा रगतको अभाव

२०७३, १७ पुष आईतवार ११:३७

पुस १७, झापा । झापाका ६ वटा रक्तसञ्चार केन्द्रमा रगतको मौज्दात सकिएपछि रगतको अभाव भएको छ । झापामा नेपाल रेडक्रस सोसाइटीले सञ्चालन गरेको विभिन्न रक्तसञ्चार केन्द्रबाट रगत सङ्कलन र वितरण हुँदै आएको छ । सबै केन्द्रले रगतको मौज्दात सकिएको जनाएको छ । 

जाडो मौसम सुरु भएसँगै रक्तदान कार्यक्रम ठप्प भएपछि रगतको अभाव भएको रेडक्रस झापाका जनसम्पर्क शाखा प्रमुख राजकुमार भुजेलले बताउनुभयो । उहाँका अनुसार भद्रपुरमा रहेको रक्तसञ्चार केन्द्रमा ५ पाउण्ड मात्र रगत रहेको छ । विर्तामोड रक्तरञ्चार केन्द्रमा पनि ९ पाउण्ड मात्र बाँकी रहेको छ । 

उहाँका अनुसार झापामा मासिक ४०० युनिट रगत खपत हुँदै आएको छ जसमा ६० प्रतिशत रगत पहाडी क्षेत्रका बिरामीमा खपत भइरहेको छ । उहाँले पहाडी क्षेत्रमा रगतदाता प्रायः शून्य हुने गरेको र सबै तराई क्षेत्रले नै धान्नु पर्दा पनि समस्या आएको बताउनुभयो । 

भद्रपुर रक्त सञ्चार केन्द्रमा दैनिक ५ युनिट रगत खपत हुने गरेको छ । दमकमा रहेका तीन वटा रक्तसञ्चार केन्द्रमा १०० युनिट रगत रहेको सो केन्द्रका जनसम्पर्क कर्मचारी सिद्धार्थ दाहालले बताउनुभयो । उहाँले दमकका अस्पतालमा दैनिक १० युनिट रगत खपत हुने गरेको बताउँदै भन्नुभयो – ‘समस्या आउन नदिन स्थानीय सङ्घसंस्थासँग रक्तदानका लागि सहकार्य भइरहेको छ ।’ 

नेपाल रेडक्रस सोसाइटी झापाका महामन्त्री कृष्ण मैनालीले तत्कालको अभाव टार्न नेपाली प्रहरी, सशस्त्र र नेपाली सेनालाई आग्रह गरिसकेको बताउनुभयो । उहाँले विशेष गरी सहकारीहरुले वर्षेनी वार्षिक कार्यक्रममा राख्दै आएको रक्तदान कार्यक्रम चालु आर्थिक वर्षमा नगरिदिएका कारण पनि समस्या आएको बताउनुभयो । झापामा भद्रपुर, विर्तामोड र दमकमा ६ वटा रक्तसञ्चार केन्द्र सञ्चालित छन् । ती सबैमा रगतको सञ्चिति अत्यन्त कम भइरहेको महामन्त्री मैनालीले स्वीकार्दै चाँडै जिल्लाका सरकारी तथा गैरसरकारी सङ्घसंस्थासँग समन्वय गरी रगत आपूर्ति सहज बनाइने बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर