२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

स्थानिय गुनासो- ‘कावासोती नगरपालिकाले बेवास्ता गर्यो’

२०७२, २० श्रावण बुधबार ०५:४२

दयाराम
आचार्य/ साउन-२० ,नवलपरासी । 
कावासोती नगरपालिका बनेको १ बर्ष भन्दा बढि हुदा पनि नगरपालिका
भएपछिको केहि परिवर्तको आभाष आफुहरुले नपाएको साविक पिठौली ८ र हालको कावासोती नगरपालिका १३ नया गाउका
स्थानियले गुनासो गरेका छन ।

नगरपालिका बने संगै विकासले गति
लिने आफ्नो गाउ ठाउमा बाटो घाटो , खानेपानिका समस्याहरु समाधान हुने भन्ने आस गरेको भए पनि त्यस्तो केहि
परिवर्तन आफुहरुले नपाएको गुनासो उनीहरुले गरेका छन ।

नयाँगाउमा
रहेका स्थानियले बिशेष गरेर आफेनो गाउमा बाटोको निकै समस्या भएको बताएका छन । बर्षाको समयमा कोहि बिरामी
परेभने बाटो हिलो भएर एम्बुलेन्स गाउ सम्म पुग्ने अवस्था नरहेको उनिहरुले बताएका छन ।

2. b

बाटो निर्माणको लागि मध्यवर्ति
बाट प्राप्त बजेटबाट केहि ग्राभेल भएको भए पनि ठाउ ठाउका खोलाहरुमा कलभर्ट नहुदा समस्या भएको कावासोती
१३ की कलिया मुसहरले बताउनु भयो । नगरपालिका भए पनि समुचित रुपमा बिकाश निर्माणको कार्यहरु भित्री
क्षेत्रमा नभएको ब्यापक जनगुनासो स्थानियले गरेका छन ।

साबिक
पिठौलि गाविस ,शिवमन्दिर, कावासोती र अग्यौलि मिलाएर कावासोती नगरपालिका निमार्ण गरीएको हो । नगरपालिका
निर्माण भए पछि पनि साबिक कावासोतीका र शिवमन्दिरका केहि वडाहरुमा मात्र कार्यक्रमहरु केन्द्रित हुने
गरेको र आफुहरुको क्षेत्रका स्थानियलाई समावेश नगरी कार्यक्रम संचालन गर्ने गरेको साबिक अग्र्यौलि गाविस
हालको कावासोती १४ का धु्रब ढकालले गुनासो गर्नु भयो ।

नगरपालिका भए पछि नगरपालिका भित्रका महिलाहरुको लागि शिपमुलक तालिम , ब्यक्तित्व बिकाशको
तालिम हरु बिभिन्न संघ सस्थाबाट गर्दा नगरपालिका का बजार क्षेत्रका ब्यक्तिलाई मात्र समावेश गर्ने गरेको
र अन्य क्षेत्रका स्थानिय हरुलाई कुनै पनि कार्यक्रममा समानुपातिक समावेश नगर्ने गरेको गुनासो गरेका छन

“नगर पालिका भनेको त कावासोतीको बजार मात्र हो जस्तो गर्छन
,नगरपालिकाको कार्यक्रममा भित्रि क्षेत्रका स्थानियलाई समावेश नै गर्दैन” ढकालले भन्नु भयो ।

“नगरपालिकाले हामिलाई वेवास्ता गरेको छ बिकाश निमार्णत परै जाओस सहभागिता
मुलक कार्यक्रमहरु गर्दा मात्र बजारमा गर्ने हामा्रे तिर पनि त नगरपालिका बाट बजेट निकाश भई संचालन भएका
कार्यक्रम संचालन गर्नु पर्छ ” कावासोती १५ की सरस्वति महत्तोले भन्नु भयो ।

नगरपालिका निर्माण भए पनि साबिक को पीठौलि र अग्यौलि संगै शिवमन्दिरकै हसौैरा क्षेत्र
लगाएत स्थानियले नगरपालिकाले समानुपातिक रुपमा बिकाश र सहभागिता मुलक कार्यक्रममा एकै दृष्टिकोटले
नहेरेको गुनासो गरेका छन । उनिहरुले नगरपालिका बाट बजेट छुट्टाएर संचान हुने तालिममा समेत बजार
क्षेत्रकै ब्यक्ति लाई समावेश गर्ने गरको गुनासो गरेका छन ।

महिला बालवालिका देखि दलित तथा सिमान्तकृतका लागि संचालन हुने जिविकोपार्जन देखि नेतृत्व
बिकाशको तालिम गर्ने बिभिन्न संघ सस्थाले बजारकै मानिसलाई समावेश गर्ने गरेको कावासोती १२ की स्थानिय
मनिकला काफ्लले बताउनु भयो ।

नगरपालिका निर्माण भए पनि कतिपय
वडा हरुमा अझै यातायात सहज रुपमा उपलब्ध हुदैनन भने कतिपय ठाउमा खानेपानिको पनि सहज उपलब्धता रहेको छैन
। नगरपालिका का बजार क्षेत्रबाट भित्र पर्ने ठाउका स्थानियले नगरपालिकाको बजेट देखि नगरपालिकाको बजेटमा
संचालन हुने कार्यक्रमहरु मा सहभागिता मुलक रुपमा सबै क्षेत्रलाई समावेश गर्न माग गरेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण