ताराबहादुर महत | पुस १७, दोलखा | हरेक कुराको अर्थ सन्दर्भ अनुसार फरक हुन्छ । ‘रातो’ रङको संकेत पनि त्यस्तै हो । कहिले रातो रङ्को संकेत ‘विजय’ अर्थात ‘जित’ हुन्छ "/>
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ताराबहादुर महत | पुस १७, दोलखा | हरेक कुराको अर्थ सन्दर्भ अनुसार फरक हुन्छ । ‘रातो’ रङको संकेत पनि त्यस्तै हो । कहिले रातो रङ्को संकेत ‘विजय’ अर्थात ‘जित’ हुन्छ "/>
२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

रातो नम्बरबाट आएको फोन उठाउँदा मान्छे मर्ने हल्ला दोलखा पुगेपछि …

२०७३, १७ पुष आईतवार १३:२६

ताराबहादुर महत | पुस १७, दोलखा | हरेक कुराको अर्थ सन्दर्भ अनुसार फरक हुन्छ । ‘रातो’ रङको संकेत पनि त्यस्तै हो । कहिले रातो रङ्को संकेत ‘विजय’ अर्थात ‘जित’ हुन्छ । कहिले यसको अर्थ ‘खतरा’ हुन्छ ।

कुरा अहिले देशभर फैलिएको रातो नम्बरबाट आएको कल उठाउँदा मान्छे मरिने सन्दर्भको हो । केहि दिन अघिदेखि रातो नम्बरबाट आएको फोन उठाउँदा मान्छे मरेको भन्ने हल्लाले सम्पुर्ण मोबायल फोन प्रयोगकर्ताहरु आतंकित बनेका छन । एनसेलको सिमकार्ड भएको मोबायलमा रातो नम्बरबाट आएको फोन उठाउँदा मान्छे मरेको हल्ला सुनेपछि कतिपय एनसेल प्रयोगकर्ताले सिमकार्ड समेत फालेको बताएका छन ।

दोलखा सदरमुकाम चरिकोट सातदोबाटोमा पनि एक व्यक्तिको मोबाइलमा रातो नम्बरबाट फोन आएको र मोबाइल फ्याँक्दा पड्किएको भन्ने हल्लाले चरिकोट बजार र दोलखा जिल्ला नै व्याप्त बन्यो । सो  हल्लापछि धेरै जसो मानिसहरुले आ–आफ्ना आफन्तहरुलाई फोन गरेर एनसेलको सिमकार्ड प्रयोग नगर्न सुझाव दिएको बताएका छन ।

उक्त हल्ला फैलिने बित्तिकै दोलखाका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक रविन कार्कीलाई सम्पर्क गरेर सोध्दा उक्त हल्ला निराधार र भ्रम फैल्याउने दुष्प्रयास मात्र भएकोले हल्लाको पछि नलाग्न अनुरोध गर्नुभयो । यो हल्ला मात्र भएको भन्ने पुष्टी गर्न कुनै विज्ञप्ती वा आधिकारिक अनुरोध किन नगरेको भन्ने प्रश्नमा उहाँले त्यसका लागि माथिल्लो निकायबाट अनुमति लिनुपर्ने भन्दै प्रमाण स्वरुप फोन कल रेकर्ड गरे हुन्छ भनी हल्ला निराधार भएको दाबी गर्नुभयो । 

त्यसपछि मैले नेपाल टेलिकम दोलखा शाखाका प्रमुख श्याममणि अर्याललाई सम्पर्क गरी यस बारेमा जिज्ञासा राख्दा अहिले सम्म कुनै पनि प्राविधिक त्रुटी वा अन्य कारणले फोन उठाएर कुरा गर्दा मान्छे मर्नेसम्मको घटना हुन नसक्ने बताउनुभयो । मोबायल फोन चार्ज गरीरहेको समयमा कुरा गर्दा कहिलेकाहिँ उच्च विद्युत प्रवाह (हाई भोल्टेज) का कारण मोबायल पड्किएर दुर्घटना हुन सक्ने भएपनि अरु अवस्थामा हल्ला गरिए जस्तो दुर्घटना हुन नसक्ने उहाँको भनाई थियो ।

यसरी देश व्यापी रुपमा फैलिएको हल्लामा कसैले नुवाकोट, कसैले धादिङ र कसैले मकवानपुरमा रातो नम्बरबाट आएको फोन उठाउँदा मान्छे मरेको भन्ने गरेको भएपनि सम्बन्धित जिल्लाका प्रहरी अधिकारीहरुले कुनै जानकारी प्राप्त नभएको भनेको खबरहरु विभिन्न अनलाईन मिडियाहरुले प्रकाशित गरेका छन । ती जिल्लाहरुमा फोन आएको मोबायल एनसेलको भएको हल्ला सुनेपछि एनसेलले समेत आफ्नो फेसबुक पेजमा यो हल्ला मात्र भएको उल्लेख गरेको छ ।

आफ्नो देशका नागरिकहरुलाई शान्ति, सुरक्षा र अमनचयनको वातावरण सिर्जना गराउने बढी जिम्मेवारी राज्यको हो । राज्यमा शान्ति सुरक्षामा काम गर्ने गृह मन्त्रालय, जिल्ला स्थित जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालय र फोन प्रविधिबारे जानकार नेपाल टेलिकमले अहिलेसम्म आधिकारिक रुपमा देशभर भाईरल बनेर फैलिएको कुरा हल्ला मात्र हो भनेर जानकारी नगराउँदा करोडौं फोन प्रयोगकर्ताहरु त्रास र अन्यौलतामा बाँच्न विशस भएका छन । रातो नम्बरबाट फोन आउँछ कि आउँदैन ? आउँछ भने कस्तो अवस्थामा कहाँबाट आउँछ र यसको कारण के हो ? यदि यो हल्ला मात्र हो भने राज्यले बनाएको विद्युतिय कारोबार ऐनलाई टेकेर हल्ला फैलाएर देशको शान्ति सुरक्षा खलल पार्ने दोषीलाई कारबाही किन कारबाही नगरेको ? यसतर्फ समयमै सरोकारवाला निकायको ध्यान जान जरुरी छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै