२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

तिलकपुरको १५ हेक्टर जग्गामा बृक्षारोपण

२०७२, २२ श्रावण शुक्रबार २३:४९

साउन-२३, नवलपरासी । प्रस्तावित सृष्टि
सामुदायिक वन उपभोक्ता समुह तिलकपुर–२ र ४ को १५ हेक्टर जग्गामा बृक्षारोपण गरिएको छ । वन अतिक्रमण
रोक्नका लागि वन क्षेत्र भित्रको खाली जग्गामा जिल्ला वन कार्यालयको प्राबिधिक सहयोगमा तारबार गरी
बृक्षारोपण गरिएको वन समुहका सचिव गणेश प्रसाद चौधरीले बताउनुभएकोछ

सो वनक्षेत्रमा जिल्ला वन कार्यालयको रु सात लाख र
सुष्टि सामुदायिक वन समुहको ५ लाख रुपैया बराबर को जनश्रममा उक्त जग्गा संरक्षण एव् बृक्षारोपण गरिएको
हो । वन क्षेत्र भित्र टिक, मसला कदम, जामुन, हर्राे बर्रो तेजपात लगायतका प्रजातिका २५ हजार बिरुवा
रोपिएको फरेष्टर होमनाथ घिमिरेले

जानकारी दिनुभयो ।

उपभोक्ताहरुको सहयोग र वन समुहको
सक्रियताबाट उक्त जग्गा संरक्षण एवम् बृक्षारोपण सम्भव भएको इलाका वन कार्यालयका सहायक वन हधिकृत केदार
नाथ पौडेलले बताउनुभएको छ ।

वन संरक्षण्का लागि समुहका अध्यक्ष श्री बहादुर शाहीको नेतृत्वमा वन समुह सक्रिय हुदै आएकोछ ।
त्यस्तै वन अतिक्रमण तीब्र हुदै गएपछि जिल्ला वन कार्यालय नवलपरासीले खाली पर्ति जग्गा संरक्षणमा ध्यान
दिन थालेको छ ।

वन
क्षेत्र अतिक्रमणलाई रोक्ने रणनिति बमोजिम जिल्ला वन कार्यालयले सुनवलको ज्यामिरे,तिलकपुरको भगडा
लगायतका स्थानमा तारबार गरी वन तथा जग्गा संरक्षण गरेको हो ।

सुनवल ज्यामिरेमा रहेको वन क्षेत्रमा बसपार्क
बनाउनका लागि चलखेल गरिएको भन्दै जिल्ला वन कार्यालयले तारवार गरी संरक्षण गरेकोछ । खाली जग्गा हुने
बित्तिकै स्थानीयले ब्यक्तिगत तथा सामाजिक प्रयोगका नामामा अतिक्रमण गर्ने भएकोले वन अतिक्रमण रोक्न
तारबार गरिएको जिल्ला वन कार्यालयले जनाएकोछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण