१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

तिलकपुरको १५ हेक्टर जग्गामा बृक्षारोपण

२२ श्रावण २०७२, शुक्रबार २३:४९

साउन-२३, नवलपरासी । प्रस्तावित सृष्टि
सामुदायिक वन उपभोक्ता समुह तिलकपुर–२ र ४ को १५ हेक्टर जग्गामा बृक्षारोपण गरिएको छ । वन अतिक्रमण
रोक्नका लागि वन क्षेत्र भित्रको खाली जग्गामा जिल्ला वन कार्यालयको प्राबिधिक सहयोगमा तारबार गरी
बृक्षारोपण गरिएको वन समुहका सचिव गणेश प्रसाद चौधरीले बताउनुभएकोछ

सो वनक्षेत्रमा जिल्ला वन कार्यालयको रु सात लाख र
सुष्टि सामुदायिक वन समुहको ५ लाख रुपैया बराबर को जनश्रममा उक्त जग्गा संरक्षण एव् बृक्षारोपण गरिएको
हो । वन क्षेत्र भित्र टिक, मसला कदम, जामुन, हर्राे बर्रो तेजपात लगायतका प्रजातिका २५ हजार बिरुवा
रोपिएको फरेष्टर होमनाथ घिमिरेले

जानकारी दिनुभयो ।

उपभोक्ताहरुको सहयोग र वन समुहको
सक्रियताबाट उक्त जग्गा संरक्षण एवम् बृक्षारोपण सम्भव भएको इलाका वन कार्यालयका सहायक वन हधिकृत केदार
नाथ पौडेलले बताउनुभएको छ ।

वन संरक्षण्का लागि समुहका अध्यक्ष श्री बहादुर शाहीको नेतृत्वमा वन समुह सक्रिय हुदै आएकोछ ।
त्यस्तै वन अतिक्रमण तीब्र हुदै गएपछि जिल्ला वन कार्यालय नवलपरासीले खाली पर्ति जग्गा संरक्षणमा ध्यान
दिन थालेको छ ।

वन
क्षेत्र अतिक्रमणलाई रोक्ने रणनिति बमोजिम जिल्ला वन कार्यालयले सुनवलको ज्यामिरे,तिलकपुरको भगडा
लगायतका स्थानमा तारबार गरी वन तथा जग्गा संरक्षण गरेको हो ।

सुनवल ज्यामिरेमा रहेको वन क्षेत्रमा बसपार्क
बनाउनका लागि चलखेल गरिएको भन्दै जिल्ला वन कार्यालयले तारवार गरी संरक्षण गरेकोछ । खाली जग्गा हुने
बित्तिकै स्थानीयले ब्यक्तिगत तथा सामाजिक प्रयोगका नामामा अतिक्रमण गर्ने भएकोले वन अतिक्रमण रोक्न
तारबार गरिएको जिल्ला वन कार्यालयले जनाएकोछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक