साउन-२३,
नवलपरासी । नेकपा ड्यास माओवादी सम्बद्ध अखिल क्रान्तिकारी केन्द्रीय समितिले आयोजना गरेको
लिपुलेक हाम्रो हो अभियानमा नवलपरासीबाट बिद्याथीं नेताहरु सहभागी भएका छन् । काठमाण्डौबाट प्रस्थान
गरेको सो अभियान टोलीमा नवलपरासीका अखिल क्रान्तिकारीका नेता अशोक ज्ञवाली तथा जिल्ला अध्यक्ष अर्जुन
लुईटेल सहभागी भएको अखिल क्रान्तिकारीका जिल्ला सचिव अमित खड्काले बताउनुभएको छ ।
भारत र चीनबीच लिपुलेकको सम्बन्धमा
भएको सम्झौताले राष्ट्रियता खत्तरामा परेको भन्दै आन्दोलनमा उत्रिएको बैद्य माओवादी सम्बद्ध बिद्यार्थी
संगठनका नेता कार्यकर्ताहरु २६ गते दार्चुलाबाट लिपुलेक पुग्ने केन्द्रीय अध्यक्ष रत्न ढकालले
बताउनुभएको छ।