साउन-२३, नवलपरासी । नवलपरासीको देवचुलीमा आज करेन्ट लागेर एक जनाको
मृत्यु भएको छ । रुपन्देहीको मदौलियाका २८ वर्षका सन्तराम चौधरीको करेन्ट लागेर ज्यान गएको इलाका प्रहरी
कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक परशुराम तिवारीले बताएका छन् ।
चौधरीको काठमाडौंको बिर अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो । आज बिहान मौलाकालिका
प्लाष्टिक उद्योगमा काम गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भए पछि उनलाई अस्पताल लगिएको थियो
।