साउन-२३,
नवलपरासी । नवलपरासीमा एस.एल.सी को पुरक परीक्षा दिँदै गरेका ४ जना नक्कली परीक्षर्थी पक्राउ
परेका छन् । शनिबारको विज्ञान विषयको परीक्षामा अर्काको सट्टामा परीक्षा दिदै गरेका घनश्याम महतो,
सन्तोष श्रेष्ठ, सुजन राना, विशाल सुनार र प्रक्राउ परेका हुन् । उनीहरुले उत्तर पुस्तिकाका हस्ताक्षर
गर्ने क्रममा शिक्षकले शंका लागि सोधखोज गर्दा उनीहरु नक्कली परीक्षार्थी भएको भेटिएको प्रहरीले जनाएको
छ । उनीहरु देवचुली उच्च माविबाट परीक्षा दिन गएका थिए ।
हिमाल महतोको नाममा घनश्याम महतो, मनु शाहीको नाममा सन्तोष श्रेष्ठ, सुसेन सेनठकुरीको नाममा
सुजन राना र आशिस काफ्लेको नाममा विशाल सुनारले परीक्षा दिएका थिए । पक्राउ परेकालाई इलाका प्रहरी
कार्यालय नवलपुरमा राखिएको नवलपरासीका जिल्ला शिक्षा अधिकारी खड्गबहादुर कमालले बताए ।
पुरक परीक्षा दिने उनीहरु चार जनाको यस वर्षको परीक्षा रद्द गरिने बताईएको छ
।