@$ aif{ b]lv Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... @$ aif{ b]lv
१२ माघ २०८२, आईतवार
डडेलधुरा - DDL

२४ बर्ष देखि जुत्ता सिलाएरै चलेको जिन्दगी

१९ पुष २०७३, मंगलवार ०४:५७


ललित बोहरा । पुष १९ । डडेल्धुरा । अमरगढी नगरपालिकाका २ जोसिनाका ६३ वर्षिय ठगी सार्की २४ वर्ष अघिदेखी डडेल्धुरा जिल्ला सदरमुकाम बसपार्कमा च्यातिएको जुत्ता सिलाएर जिवन धानिरहेका छन् ।

चिसोको समय होस या गर्मीको समय होस बिहान ७ बजेभित्रै बसपार्कमा रहेको जुत्ता सिलाउने बाकस खोल्दा खोल्दै २४ वर्ष भन्दा बढी समय भै सकेको ठगी सार्कीले आफ्नो अनुभव सुनाए ।

  विद्यालय जाने उमेरमा दलितले विद्यालय जानु हुदैन भन्ने गतल संस्कारले गर्दा आफ्नो अध्ययन गर्ने सपना अधुरै रहेको र बुवा बाजेहरुले गर्दै आएको कार्यलाई आफुले निरन्तरता दिदै बसपार्कमा मोवायल जुत्ता सिलाउने पसल संचालन गरेको र त्यो बेलादेखी यहाँसम्मका सवै दिनहरुमा जुत्ता सिलाएरै गुजारा चलाईरहेको बताउछन् । साताजना परिवारको दैनिक आवश्यकताहरु जुत्ता सिलाएरै पुरा गरिरहेको ठगी सार्कीलाई बितेका जीवनप्रति कुनै गुनासो छैन र आगामी दिनहरुमा पनि त्यति त्यति ठुलो चाहना छैन् ।

गर्मी समयको टन्टलापुर घाम होस या चिसो समयको डडेल्धुराको मुटु कमाउने चिसो शित लहर किन नहोस बसपार्कमा दैनिक हाजिर भएर नै घरपरिवारका आवश्यकता जसोतसो पुरा गर्न सकेको छु । सार्की भन्छन्, बाँकी बाचुन्जेलको समय पनि आफुले सिकेको सिपलाई उपयोग गरि खान पाऊ बस् । देखेको भन्दा लेखेको कुरा हुन्छ । भनेर जे भेटियो त्यही गरेर जीवन चलिरहेछ’ ठगी भन्छन् मलाई त मैले जुत्ता सिलाएको भन्दा यही  च्यातिएको जुत्ताले मलाई र मेरो सारा परिवारको जीवनलाई बोकेको जस्तो लाग्छ ।’ वसपार्क कच्ची रहेको थियो मैले जुत्ताा पालिस गर्दै र च्यातिएका जुत्ताहरु सिउदै आएको छु ।  बुवाबाजेहरुले घरमै सावरका जुत्ता निर्माण गर्ने गरेको र आफुले पनि बुवाबाजेहरुबाटै सिप सिकेको उनको भनाई छ ।

करिब १०÷१५ वर्ष पहिले घरमै निर्माण गरेका सावरका जुत्ताहरु एक सय रुपैया देखि ३ सय रुपैयामा विक्रिबितरण गरेको  उनको अनुभव रहेको छ । उनले भने आजकल घरमै निर्माण गरेको सावरको जुत्ता दुई हजार देखी पच्चिस सय रुपैयासम्ममा विक्रि वितरण हुने                 गरेको भए पनि कम्पनीहरुबाट उत्पादित जुत्ताहरुले गर्दा घरमा निर्माण गरिएका सावरका जुत्ताले बजार पाउन मुस्किल भएको छ ।  शुरुसुरुमा बसपार्कमा बाकस खोलेर च्यातिएको जुत्ता सिलाउदा हेलाको दृष्टिमा हेर्ने गरिन्थ्यो, जुत्ता सिलाउने व्यक्ति भनि होच्याएर बोल्ने र स्थानीय व्यापारीहरुले पनि त्यस्तै व्यवहार देखाउने गरेको उनले तितो अनुभव  सुनाए । तर उनले भने –“ग्राहक विभिन्न किसिमका आउने भए पनि सवै संग राम्रो व्यवहार आफुले देखाएको र जुत्ता सिलाउने ग्राहक नै देवता हुन ।” पहिलेका ग्राहक र आजकलका ग्राहकमा धेरै फरक रहेको उनले बताए ।

 समाज परिवर्तनसंगै आफुले गर्दै आएको पेशालाई सम्मान जनक पेशाको रुपमा हेरिदै आएको र पेशाबाट आफु पनि सन्तुष्ट रहेको ठगीले बताए ।

 घरमै सावरको जुत्ता निर्माणका लागी कच्चा पदार्थको अभाव हुने र कच्चा पदार्थ किनेर ल्याउनका लागी ठुलो पुजी नभएकोले सावरको जुत्ता हराउने अवस्थामा पुगेको उनले बताए । कुनै सरोकारवाला निकायबाट सहयोग पाए यो बाकसको पसललाई बृद्धि गरि राम्रो पसल निर्माण गर्ने सपना थियो तर पुरा हुने कुनै सम्भावना देखेको छैन ।

जुत्ता सिलाएरै दुःख सुख गरेर पनि छोराहरुलाई राम्रो शिक्षादिक्षा दिने विचार थियो तर छोराहरुले ६÷७ कक्षा मै पढाई छोडेको प्रति उनको गुनासो रहेको छ  । उनले भने नत छोराहरुले अध्ययन गरे नत यही पेशा संचालन गर्नमा सहयोग गरे ।

जुत्ता सिलाएर दैनिक  जसो पाँच सय देखी एक हजारसम्म कमाउने गरेको बताउने यि ठगीले कहिले विहानै त कहिले बजार मै दिउसोको खाना खाने गरेको बताउछन् ।

जीवनको उर्जाशिल समय च्यातिएका जुत्ता सिलाएरै बिताएका यिनको कामप्रतिको लगाव र पेशा प्रतिको सकरात्मक सोच पाठ सिक्न लायक पक्ष भएको छ  ।

इहलोक, परलोक, अवतार, पुनर्जन्म र भूत, भविष्य, वर्तमान सबैमा विश्वास गर्ने हिन्दु(बौद्ध तथा ओमकार परिवारका सबैले मृत्युलाई अन्तिम सत्यका रूपमा लिने गरेका छन् । जन्मिनेले मर्नैपर्ने संसारको नियम हो । अर्बौं रुपैयाँको चल(अचल सम्पत्ति, सुख, नातागोता सबै त्यागेर धनाढ्यहरू मर्ने गर्छन् भने झुप्रोमा जन्मेर झुप्रोमै मर्नेहरू पनि धेरै हुन्छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह