@$ aif{ b]lv Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... @$ aif{ b]lv
२०८२, १७ फाल्गुन आईतवार
डडेलधुरा - DDL

२४ बर्ष देखि जुत्ता सिलाएरै चलेको जिन्दगी

२०७३, १९ पुष मंगलवार ०४:५७


ललित बोहरा । पुष १९ । डडेल्धुरा । अमरगढी नगरपालिकाका २ जोसिनाका ६३ वर्षिय ठगी सार्की २४ वर्ष अघिदेखी डडेल्धुरा जिल्ला सदरमुकाम बसपार्कमा च्यातिएको जुत्ता सिलाएर जिवन धानिरहेका छन् ।

चिसोको समय होस या गर्मीको समय होस बिहान ७ बजेभित्रै बसपार्कमा रहेको जुत्ता सिलाउने बाकस खोल्दा खोल्दै २४ वर्ष भन्दा बढी समय भै सकेको ठगी सार्कीले आफ्नो अनुभव सुनाए ।

  विद्यालय जाने उमेरमा दलितले विद्यालय जानु हुदैन भन्ने गतल संस्कारले गर्दा आफ्नो अध्ययन गर्ने सपना अधुरै रहेको र बुवा बाजेहरुले गर्दै आएको कार्यलाई आफुले निरन्तरता दिदै बसपार्कमा मोवायल जुत्ता सिलाउने पसल संचालन गरेको र त्यो बेलादेखी यहाँसम्मका सवै दिनहरुमा जुत्ता सिलाएरै गुजारा चलाईरहेको बताउछन् । साताजना परिवारको दैनिक आवश्यकताहरु जुत्ता सिलाएरै पुरा गरिरहेको ठगी सार्कीलाई बितेका जीवनप्रति कुनै गुनासो छैन र आगामी दिनहरुमा पनि त्यति त्यति ठुलो चाहना छैन् ।

गर्मी समयको टन्टलापुर घाम होस या चिसो समयको डडेल्धुराको मुटु कमाउने चिसो शित लहर किन नहोस बसपार्कमा दैनिक हाजिर भएर नै घरपरिवारका आवश्यकता जसोतसो पुरा गर्न सकेको छु । सार्की भन्छन्, बाँकी बाचुन्जेलको समय पनि आफुले सिकेको सिपलाई उपयोग गरि खान पाऊ बस् । देखेको भन्दा लेखेको कुरा हुन्छ । भनेर जे भेटियो त्यही गरेर जीवन चलिरहेछ’ ठगी भन्छन् मलाई त मैले जुत्ता सिलाएको भन्दा यही  च्यातिएको जुत्ताले मलाई र मेरो सारा परिवारको जीवनलाई बोकेको जस्तो लाग्छ ।’ वसपार्क कच्ची रहेको थियो मैले जुत्ताा पालिस गर्दै र च्यातिएका जुत्ताहरु सिउदै आएको छु ।  बुवाबाजेहरुले घरमै सावरका जुत्ता निर्माण गर्ने गरेको र आफुले पनि बुवाबाजेहरुबाटै सिप सिकेको उनको भनाई छ ।

करिब १०÷१५ वर्ष पहिले घरमै निर्माण गरेका सावरका जुत्ताहरु एक सय रुपैया देखि ३ सय रुपैयामा विक्रिबितरण गरेको  उनको अनुभव रहेको छ । उनले भने आजकल घरमै निर्माण गरेको सावरको जुत्ता दुई हजार देखी पच्चिस सय रुपैयासम्ममा विक्रि वितरण हुने                 गरेको भए पनि कम्पनीहरुबाट उत्पादित जुत्ताहरुले गर्दा घरमा निर्माण गरिएका सावरका जुत्ताले बजार पाउन मुस्किल भएको छ ।  शुरुसुरुमा बसपार्कमा बाकस खोलेर च्यातिएको जुत्ता सिलाउदा हेलाको दृष्टिमा हेर्ने गरिन्थ्यो, जुत्ता सिलाउने व्यक्ति भनि होच्याएर बोल्ने र स्थानीय व्यापारीहरुले पनि त्यस्तै व्यवहार देखाउने गरेको उनले तितो अनुभव  सुनाए । तर उनले भने –“ग्राहक विभिन्न किसिमका आउने भए पनि सवै संग राम्रो व्यवहार आफुले देखाएको र जुत्ता सिलाउने ग्राहक नै देवता हुन ।” पहिलेका ग्राहक र आजकलका ग्राहकमा धेरै फरक रहेको उनले बताए ।

 समाज परिवर्तनसंगै आफुले गर्दै आएको पेशालाई सम्मान जनक पेशाको रुपमा हेरिदै आएको र पेशाबाट आफु पनि सन्तुष्ट रहेको ठगीले बताए ।

 घरमै सावरको जुत्ता निर्माणका लागी कच्चा पदार्थको अभाव हुने र कच्चा पदार्थ किनेर ल्याउनका लागी ठुलो पुजी नभएकोले सावरको जुत्ता हराउने अवस्थामा पुगेको उनले बताए । कुनै सरोकारवाला निकायबाट सहयोग पाए यो बाकसको पसललाई बृद्धि गरि राम्रो पसल निर्माण गर्ने सपना थियो तर पुरा हुने कुनै सम्भावना देखेको छैन ।

जुत्ता सिलाएरै दुःख सुख गरेर पनि छोराहरुलाई राम्रो शिक्षादिक्षा दिने विचार थियो तर छोराहरुले ६÷७ कक्षा मै पढाई छोडेको प्रति उनको गुनासो रहेको छ  । उनले भने नत छोराहरुले अध्ययन गरे नत यही पेशा संचालन गर्नमा सहयोग गरे ।

जुत्ता सिलाएर दैनिक  जसो पाँच सय देखी एक हजारसम्म कमाउने गरेको बताउने यि ठगीले कहिले विहानै त कहिले बजार मै दिउसोको खाना खाने गरेको बताउछन् ।

जीवनको उर्जाशिल समय च्यातिएका जुत्ता सिलाएरै बिताएका यिनको कामप्रतिको लगाव र पेशा प्रतिको सकरात्मक सोच पाठ सिक्न लायक पक्ष भएको छ  ।

इहलोक, परलोक, अवतार, पुनर्जन्म र भूत, भविष्य, वर्तमान सबैमा विश्वास गर्ने हिन्दु(बौद्ध तथा ओमकार परिवारका सबैले मृत्युलाई अन्तिम सत्यका रूपमा लिने गरेका छन् । जन्मिनेले मर्नैपर्ने संसारको नियम हो । अर्बौं रुपैयाँको चल(अचल सम्पत्ति, सुख, नातागोता सबै त्यागेर धनाढ्यहरू मर्ने गर्छन् भने झुप्रोमा जन्मेर झुप्रोमै मर्नेहरू पनि धेरै हुन्छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला