साउन-२४, नवलपरासी
। धन आर्जन गर्नका लागि वैदेशिक रोजगारीका लागि नवलपरासी बाट युएई र मलेसिया गएका २ जनाको
ज्यान गएको छ । नवलपरासी देबचुली–१ का रामबहादुर लामाको युएईमा ज्यान गएको हो । उनको ज्यान संगै
कामगर्ने नेपाली कामदारले नै छुरा प्रहार गर्दा गएको हो । हत्यामा संलग्न ६ जनालाई प्रहरीले प्रक्राउ
गरेको छ ।
त्यस्तै अमरापुरी–१ का सन्तोष गुरुङको मलेसियामा
ज्यान गएको छ । गुरुङको सुतेकै ठाउँमा ज्यान गएको आफन्तले जनाएका छन् । लामा र गुरुङको शव नेपाल ल्याउन
पहल गरिरहेको सुरक्षित आप्रवाशन सूचना तथा परामर्श केन्द्र कावासोतीले जनाएको छ ।