रवि
पाण्डे/ साउन-२५, नवलपरासी । १२ दलीय मोर्चा नवलपरासीले मस्यौदाको बिरोधमा २६ गते मंगलवार
परासीमा आयोजना गरेको बिरोधसभाको तयारी पुरा भएको छ । बैद्य माओवादी र मधेशी मोर्चा सम्बद्ध १२ दलीय
मोर्चाले आयोजना गरेको बिरोधसभाको सम्पुर्ण तयारी पुरा भएको मोर्चाका जिल्ला संयोजक धरेन्द्र यादवले
बताउनुभएको छ ।
नवलपरासीमा पहिचान पक्षधर बैद्य माओवादी, संघीय समाजवादी फोरम सद्भावना पार्टी , तमसपा
राष्ट्रिय जनमुक्ति पार्टी लगायतले संयुक्त आन्दोलन गर्दै आएका छन् ।