चितवनमा बसिलो प्रहार गरी एक पुरुषको हत्या

kit
kit
1 Min Read

पुस २०, चितवन । दक्षिण चितवनको माडीमा बसिलो प्रहार गरी एक व्यक्तिको हत्या भएको छ ।

माडी नगरपालिका–१२ स्थित बाँदरझुलाका ३६ वर्षीय रामलाल रोडाको बसिलो प्रहारबाट हत्या भएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो ।

हत्यामा संलग्न रहेको आरोपमा स्थानीयवासी २८ वर्षीया इन्द्रमायाँ चेपाङ र उनका श्रीमान सानु रुम्वालाई प्रहरीले पक्राउ गरेको छ । सानु रुम्वाको घरमा आएका बेला रोडालाई बसिलोले हानेर मारेको अनुसन्धानमा खुलेको प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो ।

मङ्गलबार बिहान घटना भएपछि उनीहरुले जङ्गलमा खाल्डो खनेर शव गाड्न लाग्दा मात्रै प्रहरीले अपराह्न घटना थाहापाएको थियो । खोजतलासका क्रममा गएराति मात्रै प्रहरीले जङ्गलबाट बसिलो र शव फेला पारेको हो । प्रहरी उपरीक्षक थापाका अनुसार सानु रुम्वा काठमाडौँमा रहेको मौकामा रामलाल रोडा इन्द्रमायाँलाई भेट्न पुगेका थिए ।

सोही राती सानु रुम्वा एक्कासि घर आएपछि घटना हुन पुगेको अनुसन्धानमा पत्ता लागेको प्रहरीले जनाएको छ । उनको शव परीक्षणका लागि भरतपुर अस्पताल पठाएको र दम्पतीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply