मुगुका ११ प्रतिशत बालबालिकामा कडा कुपोषण

kit
kit
2 Min Read

नन्द बहादुर रोकाया/पुस २०, मुगु । मुगुमा गत साउनदेखि मंसिर मसान्तसम्म ११ प्रतिशत बालबालिकामा कडाखालको कुपोषण देखा परेको जिल्ला स्वास्थ्य कार्यालय मुगुले जनाएको छ । जसमध्ये २७ प्रतिशत बालबालिकामा मध्यम खालको कुपोषण र ६१ प्रतिशत बालबालिकामा सामान्य कुपोषण देखा परेको हो । जिल्ला स्वास्थ्य कार्यालयको वार्षिक तथ्याङ्क अनुशार ३ महिनाभन्दा माथि ५ वर्षभन्दा तलका ६१ प्रतिशत बालबालिका कुपोषित छन् भने ११ प्रतिशत बालबालिकामा कडाखालको कुपोषणबाट ग्रसित छन ।

बिशेष गरी जिमा, रोवा, भीई, फोतु, नार्थपु, कार्कीबाडा, माग्री, सेरी, गम्था, हयाङलु गाविसका बालबालिका कुपोषणले ग्रसित भएका जिल्ला स्वास्थयकार्यलय मुगुका नि कार्यलय प्रमुख सरोज अधिकारीले बताउनुभया ।

उहाँका अनुसार  जिल्लामा कुपोषणको अवस्था भयावह छ, न्यूनिकरण गर्न नसक्दा हामीले पनि हार खाइसक्यौ जिल्ला स्वास्थ्य अधिकृत अधिकारीको भनाई छ । कडा कार्यक्रम लागू नगरेसम्म कुपोषण अन्त नहुने उनले बताउनुभयो । मुगुको कुपोषण न्यूनिकरण गर्न कडा कार्यक्रम सञ्चालन गरिदिन मन्त्रालयमा पत्रचार गरिसकेको स्वास्थ्य प्रमुख अधिकारीेको भनाई छ । स्वास्थ्य कार्यालयमा गत वर्षको कुपोषण बालबालिकाको तथ्याङ्क हेर्ने हो भने भर्ना भएका कुपोषित बालबालिकाको संख्या ४ सय ३६ जना रहेको छ ।

तीमध्ये २ सय ७० जना बालबालीका निको भएका छन् भने २१ जना बालबालिकालाई रिफर गरिएको शीघ्र कुपोषण एकीकृत व्यवस्थापन कार्यक्रमका टिम लिडर लोकबहादुर बिकलेबताउनुभयो । एक जनाको मृत्यु भएको र बाँकीको उपचार भइरहेको टिम लिडर बिकको भनाइ छ । कुपोषण देखा परेका बालबालिकालाई तीन महिनासम्म उपचार गर्ने गरिएको छ । जिल्लाका विभिन्न ७ ठाउँमा सञ्चालनमा आएका ओटीसीहरुमा कडा कुपोषण भएका बालबालिकाहरुको निशुल्क उपचार गर्ने गरिएको कडा शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रमका मनिटर बिश्वकर्माले जानकारी दिनुभयो ।

प्रत्येक गाविसमा महिला स्वासथ्य स्वंसेविका, अन्य स्वास्थ्यकर्मी र आइमाम कार्यक्रमका कर्मचारीहरु मार्फत बालबालिकाहरुको पोषणको स्थितीका बारेमा पत्ता लगाउने कार्य जारी रहेको उहाँले बताउनुभयो । कडा खालका कुपोषण देखिएका बालबालिकाहरुको ओटिसीमा निशुल्क उपचार हुने गरेको छ भने मध्यमखालको कुपोषण देखिएका बालबालिकाहरुका अभिभावकहरुलाई पोषणको स्थितीमा सुधार ल्याउनका लागि परामर्श दिने गरिएको बिश्वकर्माले बताउनुभयो ।

मुगु जिल्लाको नार्थपु, धैन, कालै, कोटडाँडा,श्रीकोट,माग्री र जिल्ला अस्पतालमा ओटीसी स्थापना गरि कडा कुपोषण भएका बालबालिकाहरुको उपचार गर्ने कार्य भइरहेको जनाइएको छ ।

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply