२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

बालमैत्री नगरमा बालिका माथि यौन दुब्र्यवहार

२०७२, २६ श्रावण मंगलवार ००:२९

रवि पाण्ड/ साउन २७,
नवलपरासी ।
देशकै पहिलो बालमैत्री नगरपालिका सुनवल नगरपालिकामा बालक द्धारा बालिका माथि बाल
यौन दुब्र्यवहारको घटना भएको खुलासा भएको छ । सुनवल नगरपालिका नौ स्वाठी घर भएकी ४ बर्षीय बालिका माथि
बिद्यालयबाट घर फर्कने समयमा स्कुल बसमा एक बालकले यौन दुब्र्यवहार गरेको खुलासा भएको हो ।

पिडित बालिका र पिडक बालक दुबै
सुनवलस्थित बालमैत्री साकुरा मेमोरियल उच्च माविमा अध्ययरन रहेका थिए । बालिका पुर्व प्राथमिक र बालक
कक्षा सातमा अध्ययनरत रहेका थिए । त्यस्तै साउन २६ गते बिद्यालयबाट घर जाने क्रममा बसमा घटना भएको
अनुसन्धानबाट खुलेको छ । पिडित बालिकाको स्वास्थ्य अबस्था भने समान्य रहेको जिल्ला बाल अधिकार अधिकृत
रवि गौतमले बताउनुभएकोछ ।

बालिका माथि यौन र्दुब्यवहार भएको पुष्टि भएको अधिकृत गौतमले जानकारी दिनुभएकोछ । त्यस्तै
बालमैत्री सुनवलमा बालबालिका माथि घटनाहरु भइरहेको भन्दै स्थानीय तथा सरोकारवालाहरुले चिन्ता ब्यक्त
गरेका छन् । उनीहरुले बालबालिका माथि सु्नवलमा घटनाहरु भइरहेको भन्दै चिन्ता ब्यक्त गरेका हुन

बालबालिका माथि बाल
हिंसाका घटना भइरहेको भन्दै सरोकारवालाहरुले बालमैत्री सुनवल घोषणा प्रति समेत आँशका गरेका हुन ।
त्यस्तै साकुरा मेमोरियल उच्च माविलाई समेत बालमैत्री बिद्यालय घोषणा गरिएको थियो । बुधवार बिद्यालयका
अभिभावकहरुले बिद्यालय समयमा बालिका माथि दुब्र्यवहार भएको भन्दै बिद्यालय प्रशासन बिरुद्ध नाराबाजी
समेत गरेका थिए ।

बिद्यालयमै पनि बालिका असुरक्षित भएको भन्दै अभिभावकहरुले बिरोध जनाउका थिए ।त्यसैगरी
बालमैत्री सुनवल नगरपालिकाका सुनवल चोकमा अलपत्र अवस्थामा भेटिएका ८ बर्षीया बालिकाको उद्दार गरिएको छ

जिल्ला बालकल्याण
समिति नवलपरासीका बाल अधिकार अधिकृत रवि गौतमका अनुसार अन्दाजी ८ बर्षीया गहुंगोरो वर्णको नागेश्वर
शाहनी नाम बताउने बालिकालाई सुनवल प्रहरीले सुनवल चोकबाट उद्दार गरेको हो ।नवलपरासीको सनई १ घर बताउने
आमाको नाम उर्मिला र बाबुको नाम सन्तोष बताउने बालिकालाई प्रहरीले उद्दार गरी जिल्ला बालकल्याण समिति
नवलपरासीमा राखिएको छ ।

बालिकाको आफन्तको खोजी भईरहेको र आफन्त भेटिएपछि आफन्तको जिम्मा लगाइने जनाइएको छ । त्यस्तै
जिल्ला बाल कल्याण् समितिका अनुसार यस अघि सुनवलमै एक एक महिने शिशु फेला परेको थियो । शिशुको उद्धार
गरि संरक्षक नियुक्ति गरि संरक्षकको जिम्मा लगाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने