२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीलाई अखण्ड राख्नुपर्नेमा एकमत

२०७२, ३१ श्रावण आईतवार ०३:४८

साउन, रामग्राम (नवलपरासी ) । प्रस्तावीत प्रादेशिक
संरचनामा नवलपरासीलाई अखण्ड राख्नुपर्नेमा नवलपरासीका कियाशिल राजनितिक दल र सामाजीक संघ संस्थाहरु एकमत
भएका छन् । प्रस्तावीत प्रादेशिक संरचनामा नवलपरासीलाई टुक्रयाएको प्रति असहमती जनाउदै क्रियाशिल
राजनितिक दल र सामाजीक संघ संस्थाहरुले जिल्लालाई अखण्ड बनाउनुपर्ने अडान राखेका छन् ।

उद्योग बाणीज्य संघ नवलपरासीद्धारा शुक्रबार आयोजीत संघीय प्रदेश सिमांकनबाट
नवलपरासीमा सिर्जित समस्या बिषयक छलफल कार्यक्रममा संघ संस्था र दलका प्रतिनिधीहरुले आफुहरु सर्बप्रथम
नवलपरासीबासी भएकाले जिल्लालाई संघीयताको ढाचामा एक बनाउनुपर्ने बिचार राखेका हुन् ।

nawalparasi
district news

जिल्लामा
क्रियाशिल सम्पुर्ण संघ संस्था उद्योगी ब्यवसायी समेत सहभागी कार्यक्रममा पहाड मधेश , तराई क्षेत्रको
भुभाग रहेको जिल्ला टुक्रीनु उचित नहुने भन्दै सहभागीहरुले आफुहरुलाई अखण्ड नवलपरासी आजको आवश्यकता भएको
निष्कर्ष निकालेका छन् ।

सो अवसरमा उद्योग बाणीज्य संघका
अध्यक्ष भिम बहादुर थापाले जिल्लालाई दुई भागमा बाडीनु उद्योगी ब्यवसायीहरुलाई न्यायोचित नहुने जिकिर
गर्दै संघ अखण्ड नवलपरासीको पक्षमा दृण रहेको दाबी गर्नुभयो ।

यसैगरी अखण्ड नवलपरासी संघर्ष समितीका संयोजक रामभवन यादवले पांच दिन देखी लगातार जिल्ला बन्द
गराएपनि सरकाले आफ्ना माग सुनुवाई नगरेको प्रति असन्तुष्ट ब्यक्त गर्दै आन्दोलन निर्णायक तहसम्म पुग्ने
दाबी गर्नुभयो ।

सो अवसरमा उद्योग बाणीज्य महासंघका केन्द्रिय
सदस्य गुणनिधि तिवारीले सबै दल र संघ संस्थाले आफ्नो स्वार्थ भन्दा माथी उठेर अखण्ड नवलपरासी को पक्षमा
आबाज उठाउनुपर्ने बताउनुभयो ।

सो अवसरमा अखण्ड नवलपरासी संघर्ष
समितीका युवा अगुवा नवराज पौडेलले युवा शंक्तीले चाहे जेपनि गर्न सक्ने भएकाले अखण्ड नवलपरासीको पक्षमा
अन्त्यसम्म युवा शुक्ती लडीरहने बिचार राख्नुभयो ।

यसैगरी
उद्योग बाणीज्य संघका पुर्ब अध्यक्ष बिरेन्द्र अग्रहरीले यस प्रति राजनितिक दलको थप ध्यान केन्द्रित हुन
जरुरी छ भन्दै नवलपरासी टुक्राउनु भारत बिहार क्षेत्रको बिकास केन्द्रीत भएकाले यसलाई तत्काल संच्याउन
माग गर्नुभयो ।

यसैगरी उद्योग बाणीज्य संघका निबर्तमान अध्यक्ष
बैजनाथ जयसवालले नवलपरासी टुक्रीनुले हाम्रो पहिचान र ब्यवसाय संकटमा परेकाले बैलैमा अखण्ड नवलपरासीको
पक्षमा उभिन सबै जिल्लाबासीलाई आग्रह गर्नुभयो ।

यसैगरी अखण्ड
नवलपरासी आन्दोलनका अगुवा आरधना भट्टले सबै दलका नेताहरुले नवलपरासीलाई अखण्ड बनाउने पक्षमा लाग्नु
शुझाब दिनुभयो । यसैगरी रामग्राम जेसीजका अध्यक्ष पुरुषोत्तम ढकालले पहिचान र सार्मथ्य माथी प्रहार गरि
जिल्ला टुक्राईएको प्रति असहमती जनाउदै जिल्लाबासीलाई बिखण्ड नहुन सबैमा आग्रह गर्नुभयो ।

सो अवसरमा मध्य नेपाल यातायात ब्यवसायी समितीका अध्यक्ष रिषीराम पौडेलले
नवलपरासी अखण्ड बनाउने पक्ष सबै दल संघ संस्था एक जुट भई जानुपर्ने बिचार राख्नुभयो ।

यसैगरी नागरिक समाजका अध्यक्ष रामजी ज्ञवालीले नवलपरासी अखण्ड बनाउनुपर्नेमा
सबै राजनितिक दल थप शशक्त भई लाग्नुपर्ने बिचार राख्नुभयो । सो अवसरमा बिष्णु लामिछाने , सुभाब चन्द्र
गिरी , अमरजित गुप्ता , सन्तोष पाण्डे , राजेन्द्र पाण्डे , चिनक कुर्मी , रजनी श्रीवास्तब , दुर्गा
चौधरी , सम्भु उपाध्याय , शुभाब चन्द्र , लगाएतले नवलपरासी अखण्ड बनाउनुपर्ने पक्षमा आ आफ्नो बिचार
राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण