२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीलाई अखण्ड राख्नुपर्नेमा एकमत

३१ श्रावण २०७२, आईतवार ०३:४८

साउन, रामग्राम (नवलपरासी ) । प्रस्तावीत प्रादेशिक
संरचनामा नवलपरासीलाई अखण्ड राख्नुपर्नेमा नवलपरासीका कियाशिल राजनितिक दल र सामाजीक संघ संस्थाहरु एकमत
भएका छन् । प्रस्तावीत प्रादेशिक संरचनामा नवलपरासीलाई टुक्रयाएको प्रति असहमती जनाउदै क्रियाशिल
राजनितिक दल र सामाजीक संघ संस्थाहरुले जिल्लालाई अखण्ड बनाउनुपर्ने अडान राखेका छन् ।

उद्योग बाणीज्य संघ नवलपरासीद्धारा शुक्रबार आयोजीत संघीय प्रदेश सिमांकनबाट
नवलपरासीमा सिर्जित समस्या बिषयक छलफल कार्यक्रममा संघ संस्था र दलका प्रतिनिधीहरुले आफुहरु सर्बप्रथम
नवलपरासीबासी भएकाले जिल्लालाई संघीयताको ढाचामा एक बनाउनुपर्ने बिचार राखेका हुन् ।

nawalparasi
district news

जिल्लामा
क्रियाशिल सम्पुर्ण संघ संस्था उद्योगी ब्यवसायी समेत सहभागी कार्यक्रममा पहाड मधेश , तराई क्षेत्रको
भुभाग रहेको जिल्ला टुक्रीनु उचित नहुने भन्दै सहभागीहरुले आफुहरुलाई अखण्ड नवलपरासी आजको आवश्यकता भएको
निष्कर्ष निकालेका छन् ।

सो अवसरमा उद्योग बाणीज्य संघका
अध्यक्ष भिम बहादुर थापाले जिल्लालाई दुई भागमा बाडीनु उद्योगी ब्यवसायीहरुलाई न्यायोचित नहुने जिकिर
गर्दै संघ अखण्ड नवलपरासीको पक्षमा दृण रहेको दाबी गर्नुभयो ।

यसैगरी अखण्ड नवलपरासी संघर्ष समितीका संयोजक रामभवन यादवले पांच दिन देखी लगातार जिल्ला बन्द
गराएपनि सरकाले आफ्ना माग सुनुवाई नगरेको प्रति असन्तुष्ट ब्यक्त गर्दै आन्दोलन निर्णायक तहसम्म पुग्ने
दाबी गर्नुभयो ।

सो अवसरमा उद्योग बाणीज्य महासंघका केन्द्रिय
सदस्य गुणनिधि तिवारीले सबै दल र संघ संस्थाले आफ्नो स्वार्थ भन्दा माथी उठेर अखण्ड नवलपरासी को पक्षमा
आबाज उठाउनुपर्ने बताउनुभयो ।

सो अवसरमा अखण्ड नवलपरासी संघर्ष
समितीका युवा अगुवा नवराज पौडेलले युवा शंक्तीले चाहे जेपनि गर्न सक्ने भएकाले अखण्ड नवलपरासीको पक्षमा
अन्त्यसम्म युवा शुक्ती लडीरहने बिचार राख्नुभयो ।

यसैगरी
उद्योग बाणीज्य संघका पुर्ब अध्यक्ष बिरेन्द्र अग्रहरीले यस प्रति राजनितिक दलको थप ध्यान केन्द्रित हुन
जरुरी छ भन्दै नवलपरासी टुक्राउनु भारत बिहार क्षेत्रको बिकास केन्द्रीत भएकाले यसलाई तत्काल संच्याउन
माग गर्नुभयो ।

यसैगरी उद्योग बाणीज्य संघका निबर्तमान अध्यक्ष
बैजनाथ जयसवालले नवलपरासी टुक्रीनुले हाम्रो पहिचान र ब्यवसाय संकटमा परेकाले बैलैमा अखण्ड नवलपरासीको
पक्षमा उभिन सबै जिल्लाबासीलाई आग्रह गर्नुभयो ।

यसैगरी अखण्ड
नवलपरासी आन्दोलनका अगुवा आरधना भट्टले सबै दलका नेताहरुले नवलपरासीलाई अखण्ड बनाउने पक्षमा लाग्नु
शुझाब दिनुभयो । यसैगरी रामग्राम जेसीजका अध्यक्ष पुरुषोत्तम ढकालले पहिचान र सार्मथ्य माथी प्रहार गरि
जिल्ला टुक्राईएको प्रति असहमती जनाउदै जिल्लाबासीलाई बिखण्ड नहुन सबैमा आग्रह गर्नुभयो ।

सो अवसरमा मध्य नेपाल यातायात ब्यवसायी समितीका अध्यक्ष रिषीराम पौडेलले
नवलपरासी अखण्ड बनाउने पक्ष सबै दल संघ संस्था एक जुट भई जानुपर्ने बिचार राख्नुभयो ।

यसैगरी नागरिक समाजका अध्यक्ष रामजी ज्ञवालीले नवलपरासी अखण्ड बनाउनुपर्नेमा
सबै राजनितिक दल थप शशक्त भई लाग्नुपर्ने बिचार राख्नुभयो । सो अवसरमा बिष्णु लामिछाने , सुभाब चन्द्र
गिरी , अमरजित गुप्ता , सन्तोष पाण्डे , राजेन्द्र पाण्डे , चिनक कुर्मी , रजनी श्रीवास्तब , दुर्गा
चौधरी , सम्भु उपाध्याय , शुभाब चन्द्र , लगाएतले नवलपरासी अखण्ड बनाउनुपर्ने पक्षमा आ आफ्नो बिचार
राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान