पुस २१, हुम्ला । लामो समय देखि खडेरी परेको हुम्लामा यो वर्षकै पहिलो पटक हिमपात भएको छ । 

आज बिहिबार राती २ बजे देखि शुरु गरेको हिमपातले उत्तरका लिमी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पुस २१, हुम्ला । लामो समय देखि खडेरी परेको हुम्लामा यो वर्षकै पहिलो पटक हिमपात भएको छ । 

आज बिहिबार राती २ बजे देखि शुरु गरेको हिमपातले उत्तरका लिमी"/>

१५ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हुम्लामा हिमपातः किसानहरु खुसी

२१ पुष २०७३, बिहीबार १२:५२


पुस २१, हुम्ला । लामो समय देखि खडेरी परेको हुम्लामा यो वर्षकै पहिलो पटक हिमपात भएको छ । 

आज बिहिबार राती २ बजे देखि शुरु गरेको हिमपातले उत्तरका लिमी, मुचु, खगालगाउँ, स्याँडा, हेप्क्का र बरगाउँ, सिमकोट लगायतका गाविसहरु बढी प्रभावित भएका छन । धेरै लामो समय पछि परेको हिउँले चिनसँग सिमा जोडिएको उतरी गाविस लिमीका बासिन्दालाई घरबाट बाहिर निस्कन समेत समस्या परेको लिमीबाट छिरङ्ग तामाङ्गले जानकारी दिए ।

 उनका अनुसार लिमिमा झण्डै साढे फिट जती हिउ जमेकाले घरबाट बाहिर आवात जावत गर्नमा समस्या भएको हो  । हिउले जिल्लाको लिमि, मुचुको तापक्रम माइनस १५ भन्दा माथि भएको मुचु प्रहरी चौकीलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

 हिउँले सिमकोटको तापक्रम माइनस १० मा झरेको सिमकोट विमान स्थल श्रोतले जनाएको छ । पुष महिनासँग दिउँसोको तापक्रम माइसमा झरेको सदरमुकाम सिमकोटको तापक्रम निकै तल झरेको सहकायक प्रमूख जिल्ला अधिकारी ऋद्धीप्रसाद सिटौलाले बताए ।

 हिमपातले कुनै अप्रीय घटना नघटेको जानकारी दिएका अधिकारी सिटौलाले चिसोबाट वालवालिका र वृद्धवृद्धा निकै पिडित भएको बताए । 

किसान खुशी 


वर्षक्रममा पहिलो हिउ परेपछि हुम्लाका किसान खुशी भएका छन । गएको असोज अन्तिम सातादेखि परेको चर्को खडेरीका कारण झण्डै २० प्रतिशत गहुँ बाली छर्न नपाएका कृषक हिउँसँग खुशी भएको जिल्ला कृषि विकास कार्यालय हुम्लाले जनाएको छ ।

 हिउ परेपछि सदरमुकाम सिमकोटमा बाँकी रहेको जौ छर्ने काम समेत शुरु गर्ने सिमकोट ५ की परेउकली रावतले जानकारी दिईन । हिउँ सँग परेको पानीले जिल्लदाको दक्षिण भेगमा कृषकलाई समेत केही आशा जगाएको कालिका ४ का दिपबहादुर रोकायाले जानकारी दिए । धेरै पानी नपरेको बताएका रोकायाले भने “पानी त निकै कम परेको छ ।

तर अव वर्षा शुरु हुने भयो भनेर हामीलाई आशा लागेको छ । यो पानीले थोरै भएपनि पाखोमा छरेका गहुँलाई उमार्ने र उम्रेका गहुँलाई केही राहत गर्ने काम गरेको छ ।” चिसोले जिल्लाका ३ प्रहरी चौकी सरे हिमपातले अत्याधिक चिसो बढेपछि जिल्लाको उत्तरी क्षेत्रका ३ वटा प्रहरी चौकी स्थानान्तरण भएका छन् । नेपाल चिन सिमानाको हिल्सा प्रहरी चौकी, यारी प्रहरी चौकी र लिमीको प्रहरी चौकी चिसोले सरेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । 

हिउँदको समयसँगै तापक्रम माइनस १० भन्दा बढी भएर खप्न नसकेपछि केन्द्रसँगको परामर्शमा प्रहरी चौकी सिमकोट र मुचुमा स्थानान्तरण गरिएको प्रहरी प्रमूख कमल प्रसाद नेपालले जानकारी दिए ।


 उनका अनुशार लिमिको सुनखानी प्रहरी चौकीलाई सदरमुकाम सिमकाटमा सारिएको छ भने यारी र हिल्सा प्रहरी चौकीलाई मुचु प्रहरी चोकीमा स्थानान्तरण गरिएको छ । हिल्सा, यारी र लिमीमा प्रहरीको उर्पयुक्त भवन नभएकाले बस्न नसकेर सारिएको हो । हरेक वर्ष पुष देखि चैत्रसम्म सारिने प्रचलन अनुशार नै यस वर्षपनि प्रहरी चौकी स्थानान्तरण गरिएको प्रहरी प्रमूख नेपालले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीसँग राष्ट्रियसभा अध्यक्ष दाहालको शिष्टाचार भेट सरकारको एकीकृत वित्तीय विवरण पेस उत्तर कोरियाद्वारा क्रुज मिसाइल परीक्षण सरकार र जेनजीको सम्झौताविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’ स्वास्थ्य बीमाका प्रावधान सुधारका लागि गृहकार्य गरिरहेका छौँ : स्वास्थ्यमन्त्री डा गौतम आन्दोलनमा बल प्रयोगसम्बन्धी कुनै आदेश दिइएको थिएनः पूर्वगृहमन्त्री लेखक नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट युक्रेन सङ्कट समाधानमा चरणबद्ध प्रक्रिया आवश्यकः ट्रम्प गाजामा आँधीका कारण जनजीवन जोखिममा,उद्धार कार्य प्रभावित इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ उपत्यक ट्राफिक प्रहरीलाई ‘म्याजिक लाइट’ हस्तान्तरण थाइल्यान्ड–कम्बोडिया सीमा विवाद : चीनको मध्यस्थता प्रयास जसपा नेपाल र जसपाबीच एकता घोषणा नक्कली सुन दिएर पाँच लाख ठगी गर्ने गिरोह पक्राउ शान्तितर्फ युक्रेन–रुस वार्ता नजिकिएको ट्रम्पको दाबी नेकपाले सांसद र मन्त्री भइसकेकालाई समानुपातिक सूचीमा नराख्ने अधिकांश दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आज पेस गर्दै राजनीतिमा आमूल परिवर्तन आउनुपर्छ : मन्त्री खरेल करेन्ट लागेर एक महिलाको मृत्यु डुबेर तीन वर्षीय बालकको निधन