२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

परासी क्षेत्र र नवलपुरक्षेत्रलाई छुट्टाछुट्टै जिल्लाको विकास गर्नुपर्छ– सभासद् कलवार

२०७२, ३१ श्रावण आईतवार ०४:४५

रवि पाण्डे/ साउन-३१, नवलपरासी ।
नेपाली काँग्रेस नवलपरासी क्षेत्र नम्बर छ का सभासद् देबकरण कलवारले परासी क्षेत्र र
नवलपुरक्षेत्रलाई छुट्टाछुट्टै जिल्लाको विकास गर्नुपर्ने बिचार ब्यक्त गर्नुभएको छ । ब्यक्तिगत रुपमा
आफु एकीकृत नवलपरासीको पक्षमा भएपनि दाउन्ने पश्चिम परासी र दाउन्ने पुर्ब नवलपुर भए आफ्नो कुनै बिमति
नरहने उल्लेख गर्नुभएको थियो । आफु अखण्ड नवलपरासीको पक्षमा रहेको उल्लेख गर्दै तर परासी क्षेत्रलाई
रुपन्देहीमा गाभ्ने पक्षमा कुनै हालतमा सहमत हुन नसक्ने उहाले बताउनुभएको छ ।

सबिद्यानसभामा आफु सहित १० सभासद्ले राखेको फरक मतबारे जानकारी दिनका लागि गुठीप्रसौनी
आफ्नै निवासमा आइतवार पत्रकार भेटघाटको आयोजना गरी सभासद् कलवारले परासी मधेश क्षेत्रका बासिन्दा भैरहवा
वा जाने कुरा संघीयताको बिरोधी कुरा रहेको बताउनुभएको छ ।

सभासद् कलवारले त्रिवेणी क्षेत्र प्रदेश नम्बर ४ मा राखिएकोमा आफु दुखित भएको चर्चा गर्दै
त्रिवेणी सुस्ता कता बस्न चाहन्छन् त्यो उनीहरुकै कुरा भएको बताउनुभएको थियो । ४ नम्बर प्रदेशको नाकाका
लागि त्रिवेणी सुस्तालाई चारनम्बरमा राख्ने बहस बिशेष समितिमा भएको उहाले जानकारी दिनुभयो । नवलपरासीको
सन्र्दभमा पार्टीका नेताहरु तथा प्रधानमन्त्री संग बारम्बार संवाद भइरेहको उहाले बताउनुभयो ।

पत्रकार भेटघाट कार्यक्रम नेपाली काग्रेस क्षेत्र नम्बर छ का सभापति
मुकुलकुमार आचार्यको अध्यक्षता संजिवकुमार शर्माको संचालन तथा बन्धु प्रसाद बरईको स्वागतमा भएको थियो

त्यस्तै आइतवार नेपाली काग्रेंस क्षेत्र नम्बर ५ को भेला
गुठीप्रसौनीमा भएको छ । भेलामा समेत सभासद् कलवारले सम्बोधन गर्नुभएको थियो । यस अघि सभासद् कलवारले
हिन्दुधर्म नागरिकता लगायतका बिषयमा संबिद्यानसभामा सम्बोधन गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण