१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

परासी क्षेत्र र नवलपुरक्षेत्रलाई छुट्टाछुट्टै जिल्लाको विकास गर्नुपर्छ– सभासद् कलवार

३१ श्रावण २०७२, आईतवार ०४:४५

रवि पाण्डे/ साउन-३१, नवलपरासी ।
नेपाली काँग्रेस नवलपरासी क्षेत्र नम्बर छ का सभासद् देबकरण कलवारले परासी क्षेत्र र
नवलपुरक्षेत्रलाई छुट्टाछुट्टै जिल्लाको विकास गर्नुपर्ने बिचार ब्यक्त गर्नुभएको छ । ब्यक्तिगत रुपमा
आफु एकीकृत नवलपरासीको पक्षमा भएपनि दाउन्ने पश्चिम परासी र दाउन्ने पुर्ब नवलपुर भए आफ्नो कुनै बिमति
नरहने उल्लेख गर्नुभएको थियो । आफु अखण्ड नवलपरासीको पक्षमा रहेको उल्लेख गर्दै तर परासी क्षेत्रलाई
रुपन्देहीमा गाभ्ने पक्षमा कुनै हालतमा सहमत हुन नसक्ने उहाले बताउनुभएको छ ।

सबिद्यानसभामा आफु सहित १० सभासद्ले राखेको फरक मतबारे जानकारी दिनका लागि गुठीप्रसौनी
आफ्नै निवासमा आइतवार पत्रकार भेटघाटको आयोजना गरी सभासद् कलवारले परासी मधेश क्षेत्रका बासिन्दा भैरहवा
वा जाने कुरा संघीयताको बिरोधी कुरा रहेको बताउनुभएको छ ।

सभासद् कलवारले त्रिवेणी क्षेत्र प्रदेश नम्बर ४ मा राखिएकोमा आफु दुखित भएको चर्चा गर्दै
त्रिवेणी सुस्ता कता बस्न चाहन्छन् त्यो उनीहरुकै कुरा भएको बताउनुभएको थियो । ४ नम्बर प्रदेशको नाकाका
लागि त्रिवेणी सुस्तालाई चारनम्बरमा राख्ने बहस बिशेष समितिमा भएको उहाले जानकारी दिनुभयो । नवलपरासीको
सन्र्दभमा पार्टीका नेताहरु तथा प्रधानमन्त्री संग बारम्बार संवाद भइरेहको उहाले बताउनुभयो ।

पत्रकार भेटघाट कार्यक्रम नेपाली काग्रेस क्षेत्र नम्बर छ का सभापति
मुकुलकुमार आचार्यको अध्यक्षता संजिवकुमार शर्माको संचालन तथा बन्धु प्रसाद बरईको स्वागतमा भएको थियो

त्यस्तै आइतवार नेपाली काग्रेंस क्षेत्र नम्बर ५ को भेला
गुठीप्रसौनीमा भएको छ । भेलामा समेत सभासद् कलवारले सम्बोधन गर्नुभएको थियो । यस अघि सभासद् कलवारले
हिन्दुधर्म नागरिकता लगायतका बिषयमा संबिद्यानसभामा सम्बोधन गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक