१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको परासीमा शबयात्रा जुलुस

१ भाद्र २०७२, मंगलवार ०५:०२

भदौ-१, नवलपरासी ।
मधेशी, जनजाति, थरुहटको बिरुद्ध अभिब्यक्ति दिएको भन्दै मधेशी मोर्चा सम्बद्ध युवाहरुले नेकपा
एमालेका लुम्बिनी अञ्चल ईञ्चार्ज तथा सभासद् बैजनाथ चौधरीको परासीमा शवयात्रा जुलुस निकालेका छन् ।
स्वायत मधेश प्रदेश,थरुहट प्रदेशलगायत आन्दोलनको बिरुद्ध आक्रमक अभिब्यक्ति दिएको भन्दै गरिएको शव
यात्राले रामग्राम नगर परिक्रमा गरेको थियो । चौधरी एमालेका केन्द्रीय सदस्य समेत रहेका छन् ।

14.

शवयात्रामा आन्दोलनकारी
चारजनाले शव बोकेका थिए भने शंङख समेत फुकेका थिए । सांकेतिक रुपमा शव, अस्थि राख्ने मट्का समेत
शवयात्रामा प्रयोग गएिको थियो । जुलुसले नगर परिक्रमा गरेपछि पण्डित राखेर सभासद् चौधरीको दाहसंस्कार
समेत गरिएको आन्दोलनकारीहरुले बताएका छन् । शवयात्रालाई परासीवासीले अनौठो मान्दै हेर्नेहरुको समेत भिड
थियो । आन्दोलनकारीहरु राम नाम सत्य हे भन्दै चौधरीबिरुद्ध नारावाजी समेत गरेका थिए ।

चौधरीले यसअघि बिभिन्न संचारमाध्यममा
नवलपरासी टुक्रिनु राम्रो भएको उल्लेख गर्दै दुई चार जना आन्दोलनमा उत्रिएर केही हुदैन भन्दै आएका थिए ।
सभासद् चौधरीका भाइले जिल्लामा थारुहट आन्दोलनको नेतृत्व गर्दै आएको चौधरीको गाउ मगरमुढाका एक स्थानीयले
बताएका छन ।

आन्दोलनकारीहरुले यसअघि चौधरीको घरमा आक्रमण प्रयास समेत गरेका थिए । तर कडा सुरक्षाका कारण
उनको घरमा ठुलो क्षति हुनबाट जोगिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक