१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा एक महिनामा २१ जनाको ज्यान गयो

२ भाद्र २०७२, बुधबार ०५:०९

दयाराम आचार्य/ भदौ-२, नवलपरासी । चालु आर्थिक बर्ष ०७२/०७३ को पहिलो
महिनामा सवारी दुर्घटनाबाट २१ जनाले ज्यान गुमाएका छन भने ५६ जना घाईते भएका छन । जिल्ला ट्राफिक प्रहरी
कार्यलय नवलपरासीले दिएको जानकारी अनुसार साउन महिनामा भएका २३ वोटा सवारी दुर्घटनाबाट २१ जनाले ज्यान
गुमाएका हुन । ज्यान गुमाउनेमा १५ जना पुरुष ४ जना महिला तथा २ जना बालवालिका रहेको कार्यलयले जनाएको छ

त्यस्तै चालु आर्थिक
बर्षको पहिलो महिनामा जिल्ला ट्राफिक प्रहरी कार्यलय नवलपरासीले सवारी नियम ् उल्लङघन गर्ने सवारी साधन
कार्वाही बाट करीब साढे सात लाख रुपैया राजस्व संकलन गरेको छ ।

जिल्ला
ट्राफिक प्रहरी कार्यलय नवलपरासीका पदम बडुले दिनुभएको जानकारी अनुसार चालु आर्थिक बर्षको पहिलो महिनाको
साउन मसान्त सम्ममा १५ सय ५०वोटा सवारी साधन कार्वाहीबाट ७ लाख ३२ हजार २ सय रुपैया राजश्व संकलन भएको छ

गत महिनामा सबै
भन्दा बढि ९ सय नब्बे वोटा ट्रक कार्वाहीबाट ५ लाख १५ हजार ३ सय रुपैया राजश्व संकल भएको छ ,यस्तै ९३
वोटा बस कार्वाहीबाट ५९ हजार रुपैया , १ सय २४ वोटा जिपकार कार्वाहीबाट ३३ हजार २ सय रुपैया, ७६ वोटा
ट्याक्टर कार्वाही बाट २२ हजार ९ सय रुपैया र २ सय ६७ वोटा मोटर साईकल कार्वाही बाट १ लाख १ हजार ८ सय
रुपैया राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यलयका बडुले जानकारी दिनु भयो ।

साउन महिनामा बिभिन्न घटकले बन्द
आह्वान गरेपनि राजश्व संकलनमा खासै प्रभाव नपरेको जिल्ला ट्राफिक प्रहरी कार्यलयका प्रमुख सुर्यकुमार
श्रेष्ठले बताउनु भयो ।

अघिल्लो आर्थिक बर्ष ०७१/०७२ को यसै समयमा १८ सय
सवारी साधन कार्वाहिबाट ४ लाख ५७ हजार ७ सय रुपैया राजश्व रकम संकलन भएको थियो ।यस हिसालबले यो आर्थिक
बर्षको पहिलो महिनामा झण्डै तिन लाख रुपैया राजश्व रकम बढि संकलन भएको छ ।

यस्तै गरी
साउन महिनामा मापसे गरी सवारी चलाउने ५ जना कार्वाहीमा परेका छन ,जस बाट ५ हजार रुपैया राजश्व संकलन
भएको कार्यलयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक