२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

तराई मधेश लोकतान्त्रिक पार्टीको कार्यालयमा भएको तोडफोडको बिरोध

५ भाद्र २०७२, शनिबार ०५:२२

भदौ-६, काठमाडौँ । मधेशी थरुहट संर्घष समिति नवलपरासीले
गत शुक्रवार तराई मधेश लोकतान्त्रिक पार्टीको बेलाटारीको कार्यालयमा भएको तोडफोडको बिरोध गर्दै बिरोध
सभा गरेको छ ।

बिरोधसभामा तराई मधेश लोकतान्त्रिक पार्टीका सहसचिव रामाज्ञा पाण्डे, राष्ट्रिय मधेश समाजवादी
पार्टीमा जिल्ला अध्यक्ष राधेश्याम यादव, सद्भावनाका जिल्ला अध्यक्ष बिजय अग्रहरी, तराई मधेश सद्भावना
पार्टीका केन्द्रीय महासचिवं धिरेन्द्र पटेल, जगदिश चौधरी, मधेशी मोर्चाका संयोजक मुकुरजी गिरी संघीय
समाजवादी फोरमका जिल्ला अध्यक्ष धरेन्द्र यादव सद्भावनाका केन्द्रीय सदस्य सत्राजित यादवलगायतले सम्बोधन
गर्दै मधेश स्वायत प्रदेश हुनुपर्नेमा जोड दिनुभएको थियो ।

त्यस्तै सभामा पुर्वरक्षा राज्य मन्त्री रामबच्चन
अहिर यादव फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य अनिल गौड जिल्ला अध्यक्ष सुभासचन्द्र गिरी, तमलोपाका करम
हुसैन अन्सारी ,रामप्रित यादव, फोरम लोकतान्त्रिकका उमेश यादवलगायतले मधेश र थरुहट आन्दोलनमा दमन भएको
भन्दै भत्र्सना गर्नुभएको थियो ।

त्यस्तै तराई मधेश लोकतान्त्रिक पार्टी क्षेत्र न ६ को पार्टी कार्यालयमा तोडफोड गर्नेहरुलाई
कानुनी कारवाही गर्न मधेशी थरुहट संयुक्त संर्घष समिति नवलपरासीले माग गरेको छ ।

संर्घष समितिको अगुवाईमा इलाका प्रहरी
कार्यालय बेलाटारीमा गएका प्रतिनिधिहरुले पार्टी कार्यालय तोडफोड गर्नेहरु माथि २४ घण्टा भित्र पक्राउ
गरी कानुनी प्रक्रिया अगाडि बढाउन माग गरेको हो ।

सो माग पुरा नभए दोषी उपर आफैले कारवाही गर्ने र सो को जिम्मेवार प्रहरी
प्रशासन स्वयम् हुनुपर्ने उनीहरुले चेतावानी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला