२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

चिसाले बर्थिङ्ग सेन्टरमा प्रसुति सेवा लिनेको संख्या घटेपछि ग्यास हिटर बितरण

२०७३, २९ पुष शुक्रबार ०६:२८

नन्दराम जैशी/पुस २९, जुम्ला । जुम्लामा चिसोबढेसँगै बर्थिङ्ग सेन्टरमा सुरक्षित प्रसुति सेवा लिने महिलाहरुको संख्या घट्दै गएको छ । 

बर्थिङ्ग सेन्टरमा तातोको व्यवस्था नभएको भन्दै चिसोबढेपछि सुरक्षित प्रसुतिका लागि बर्थिङ्ग सेन्टर पुग्ने महिलाहरुको संख्या घट्दै गएको हो । हिजो आज बर्थिङ्ग सेन्टरमा हिटर भएपनि ईन्धन नहुँदा सुत्केरीलाई तातोको ब्यवस्था गर्न नसकेका कारण पहिलाको तुलनामा अहिले सुत्केरी हुन आउनेको संख्या घटेको जुम्लाका तातोपानी, कुडारी, जुम्लाकोट, ताम्ती लगाएतका स्वास्थ्य चौकीले बताएका छन् ।    

स्वास्थ्य चौकिमा दाउरा र ईन्धन दुबैको ब्यवस्था गर्न नसकेका कारण चिसोबढेसँगै बर्थिङ्ग सेन्टरमा सुत्केरी हुन आउनेको संख्या घटेको स्वास्थकर्मिहरुको भनाइ छ । जिल्लाका अधिकांस स्वास्थ्य संस्थामा दक्ष स्वास्थ्य कर्मिहरु नियमित नबस्दा पनि अन्य बिरामिसँगै सुत्केरी हुने महिलाहरुलाई थप समस्या भएको स्थानियको भनाइ छ । 

सदरमुकामको पहुँच भन्दा टाठा रहेका गाउँका महिलाहरुले सुत्केरी हुने बेला स्वास्थ्य संस्थामा दक्ष स्वास्थ्य कर्मि नहुँदा समस्या भएको बताउने गरेका छन् । चिसोबढेसँगै बर्थिङ्ग सेन्टरमा सुत्केरीका लागि जाने महिलाले पिडामा छटपटिनु पर्ने अवस्था रहेको महिलाहरुको भनाइ छ ।

यता चिसोको समय बाहेक अन्य समयमा जुम्लाका अधिकाशं महिलाहरु सुरक्षित सुत्केरी हुनका लागि स्वास्थ्य संस्थामा आउने क्रम जारी रहेको जिल्ला स्वास्थ्य कार्यालय जुम्लाले दावि गरेको छ । बरिष्ठ जनस्वास्थ्य अधिकृत बैद्यनाथ झाले जिल्लामा  १८ ओटा बर्थिङ सेन्टर र एक कर्नाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएदेखि स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाहरुको संख्या बढ्दै गएको दावि गर्नुभयो ।

जिल्ला स्वास्थ्य कार्यालय माताहतका बर्थिङ्ग सेन्टरमा अहिले दक्ष स्वास्थ्यकर्मी र आवाश्यक सुत्केरी सामग्रीको व्यवस्था भएको जानकारी गर्दै आवाश्यक औषधि उपकरण कार्यालयमा मौज्दात रहेकाले अपुग भएको स्वास्थ्य संस्थाले सम्पर्क गर्न उहाको आग्रह छ । 

बरिष्ठ जनस्वास्थ्य अधिकृत बैद्यनाथ झाले भन्नुभयो, चिसोलाइ मध्यनजर गर्दै १८ वटै बर्थिङ सेन्टरमा नेपाल सरकारले ग्यास हिटरको ब्यवस्था गरेको छ । कतिपय बर्थिङ सेन्टरमा ग्यास हिटर बितरण भैसकेका छन् भने बाँकिलाइ बितरण गरिने छ, उहाले बताउनुभयो ।

जिल्लाका सबै स्वास्थ्य संस्था तथा बर्थिङ सेन्टरमा कार्यरत स्वास्थ्यकर्मिलाइ चिसोको बाहानामा स्वास्थ्य संस्था नछोड्न र नियमित सेवा प्रवाहमा कटिबद्ध रहन उहाले निर्देशन दिनुभएको छ । आन्तरीक तथा बाह्रय रुपमा स्वास्थ्य संस्थाहरुको अनुगमन तथा निरिक्षण भैरहेको भन्दै स्वास्थ संस्थालाइ प्रभावकारी सेवा प्रवाह गर्न बरिष्ठ जनस्वास्थ्य अधिकृत झा को सुझाब छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ