मोहम्मद ईजहार शेष/पुस २९, नवलपरासी । समाज परिवर्तनमा पुरुष र महिलाको भुमिका बराबर रहेपनि महिलाको सक्रियतामा हुने बिकास अझ दिगो बिकास हुने नेपाली कांग्रेसका "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मोहम्मद ईजहार शेष/पुस २९, नवलपरासी । समाज परिवर्तनमा पुरुष र महिलाको भुमिका बराबर रहेपनि महिलाको सक्रियतामा हुने बिकास अझ दिगो बिकास हुने नेपाली कांग्रेसका "/>

२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

मझेरी आमा समुह नवलपरासी जहदाको चौतर्फि प्रशंसा

२०७३, २९ पुष शुक्रबार ११:१२


मोहम्मद ईजहार शेष/पुस २९, नवलपरासी । समाज परिवर्तनमा पुरुष र महिलाको भुमिका बराबर रहेपनि महिलाको सक्रियतामा हुने बिकास अझ दिगो बिकास हुने नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पुर्व गृहराज्य मन्त्री देवेन्द्रराज कण्डेलले बताउनु भएको छ । 

नवलपरासीको जहदा स्थित मझेरी आमा समुहका सदस्यलाई आज पोशाक बितरण गर्दै यस्तो बताउनु भएको हो ।  

नेता कण्डेलकै ब्यक्तिगत रु ५० हजारको सहयोगमा मझेरी आमा समुहका ५० जना सदस्यलाई पोशाक बितरण भएको हो । उक्त आमा समुहले यस क्षेत्रका सामाजिक कुरिती र अपराधहरुलाई न्युनिकरणमा सहयोग गरेको र समाजिक तथा धार्मिक बिकासका लागि समुहको योगदान महत्वपुर्ण रहेको भन्दै नेता कण्डेलले प्रशंसा गर्नु भएको थियो ।

९ महिना अगाडी गठन गरिएको यस आमा समुहले बालबालिका तथा जेष्ठनागरिकलाई मनोरन्जन एवं शान्तीपुर्ण वातावरण दिनका लागि जहदामै एक पार्कको अवधारणा बोकी यसको निर्माण कार्यमा जुटेको आमा समुहका अध्यक्ष रेवती बरालले बताउनु भयो ।


८ कट्टा सार्वजनिक जग्गामा पार्क निर्माणका लागि विभिन्न संघसंस्था तथा व्यक्तिहरुबाट रु ७० हजार र अन्य संघ संस्था र एकादशिको भजन किर्तन कार्यक्रमवाट समेत रकम संक्लन गरि पार्कमा धारा , बाटो , फुल तथा बोटबिरुवा बृक्षारोपण र तारबार भईसकेको छ भने पार्कमा सौचालय , बाल उद्यान , पिक्नीक ट्रस्ट छिट्टै निर्माण गर्ने योजना रहेको बताईएको छ ।

मझेरी आमा समुहकि अध्यक्ष रेवती बरालको अध्यक्षता तथा केन्द्रिय सदस्य कण्डेलको प्रमुख अतिथ्यितामा भएको कार्यक्रममा विशिष्ट अतिथि एवं नेपाली कांग्रेस जिल्ला सभापति विष्णु लामिछाने, नेका पुर्व उपसभापति दिप प्रसाद लोहनी, गाविस सचिव गणेश पौडेल स्थानिय समाजसेवी दिपक बराल लगायतले मन्तब्य राख्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा