मोहम्मद ईजहार शेष/पुस २९, नवलपरासी । समाज परिवर्तनमा पुरुष र महिलाको भुमिका बराबर रहेपनि महिलाको सक्रियतामा हुने बिकास अझ दिगो बिकास हुने नेपाली कांग्रेसका "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मोहम्मद ईजहार शेष/पुस २९, नवलपरासी । समाज परिवर्तनमा पुरुष र महिलाको भुमिका बराबर रहेपनि महिलाको सक्रियतामा हुने बिकास अझ दिगो बिकास हुने नेपाली कांग्रेसका "/>

१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

मझेरी आमा समुह नवलपरासी जहदाको चौतर्फि प्रशंसा

२९ पुष २०७३, शुक्रबार ११:१२


मोहम्मद ईजहार शेष/पुस २९, नवलपरासी । समाज परिवर्तनमा पुरुष र महिलाको भुमिका बराबर रहेपनि महिलाको सक्रियतामा हुने बिकास अझ दिगो बिकास हुने नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पुर्व गृहराज्य मन्त्री देवेन्द्रराज कण्डेलले बताउनु भएको छ । 

नवलपरासीको जहदा स्थित मझेरी आमा समुहका सदस्यलाई आज पोशाक बितरण गर्दै यस्तो बताउनु भएको हो ।  

नेता कण्डेलकै ब्यक्तिगत रु ५० हजारको सहयोगमा मझेरी आमा समुहका ५० जना सदस्यलाई पोशाक बितरण भएको हो । उक्त आमा समुहले यस क्षेत्रका सामाजिक कुरिती र अपराधहरुलाई न्युनिकरणमा सहयोग गरेको र समाजिक तथा धार्मिक बिकासका लागि समुहको योगदान महत्वपुर्ण रहेको भन्दै नेता कण्डेलले प्रशंसा गर्नु भएको थियो ।

९ महिना अगाडी गठन गरिएको यस आमा समुहले बालबालिका तथा जेष्ठनागरिकलाई मनोरन्जन एवं शान्तीपुर्ण वातावरण दिनका लागि जहदामै एक पार्कको अवधारणा बोकी यसको निर्माण कार्यमा जुटेको आमा समुहका अध्यक्ष रेवती बरालले बताउनु भयो ।


८ कट्टा सार्वजनिक जग्गामा पार्क निर्माणका लागि विभिन्न संघसंस्था तथा व्यक्तिहरुबाट रु ७० हजार र अन्य संघ संस्था र एकादशिको भजन किर्तन कार्यक्रमवाट समेत रकम संक्लन गरि पार्कमा धारा , बाटो , फुल तथा बोटबिरुवा बृक्षारोपण र तारबार भईसकेको छ भने पार्कमा सौचालय , बाल उद्यान , पिक्नीक ट्रस्ट छिट्टै निर्माण गर्ने योजना रहेको बताईएको छ ।

मझेरी आमा समुहकि अध्यक्ष रेवती बरालको अध्यक्षता तथा केन्द्रिय सदस्य कण्डेलको प्रमुख अतिथ्यितामा भएको कार्यक्रममा विशिष्ट अतिथि एवं नेपाली कांग्रेस जिल्ला सभापति विष्णु लामिछाने, नेका पुर्व उपसभापति दिप प्रसाद लोहनी, गाविस सचिव गणेश पौडेल स्थानिय समाजसेवी दिपक बराल लगायतले मन्तब्य राख्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह