कमल रावल/पुस २९, अछाम । नेपाल स्काउटका प्रमुख आयुक्त रविन दाहालले अशल व्यक्तित्व निर्माण गर्न स्काउटले ठुलो योगदान गरेको बताउनु भएको छ । 

बाल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कमल रावल/पुस २९, अछाम । नेपाल स्काउटका प्रमुख आयुक्त रविन दाहालले अशल व्यक्तित्व निर्माण गर्न स्काउटले ठुलो योगदान गरेको बताउनु भएको छ । 

बाल"/>

२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

असल व्यक्तित्व निर्माण गर्न स्काउटले ठुलो योगदान गरेको छ: दाहाल

२०७३, २९ पुष शुक्रबार १२:२२


कमल रावल/पुस २९, अछाम । नेपाल स्काउटका प्रमुख आयुक्त रविन दाहालले अशल व्यक्तित्व निर्माण गर्न स्काउटले ठुलो योगदान गरेको बताउनु भएको छ । 

बालवालिकाले शिक्षा हासिल गर्दा ५ वटा मुख्य आयामलाई लिएर स्काउट अघि बढेकाले अशल ब्यक्तित्व निर्माण गर्न स्काउटको ठुलो योगदान रहेको बताउनु भयो । नवनिर्मित जिल्ला स्काउट कार्यालय अछामको उदघाट्न गर्न आउनु भएका प्रमुख अतिथी दाहालले विश्वमा २ सय १७ देशमा लागु भएको स्काउट राष्ट्रभावना, राष्ट्रप्रती प्रेम भाव जगाउन जहिले पनी लागि परेकाले यसमा साथ दिन सबैलाई आग्रह गरेका थिए । 

अछाम जिल्ला स्काउट आफना अभियानलाई अघि बढाउन सशक्त रुपमा अघि बढिरहेकाले केन्द्रिय स्तरबाट आवश्यक सहयोग गर्न आफु तयार रहेको प्रतिबद्धता जनाउनु भयो । हाल नेपालमा ६० हजार विद्यार्थि मात्र स्काउटमा आबद्ध हुन पाएको भन्दै उहाँले सबै विद्यार्थिलाई स्काउट भएकोमा गौरबमानित भई आफनो नियमित क्रियाकलापमा अग्रसर हुनु पर्नेमा जोड दिनु भयो । 

कार्यक्रमका बिशिष्ट अतिथी युवा तथा खेलकुद मन्त्रालयका सचिव महेश प्रसाद दहालले मन्त्रालयको तर्फबाट स्काउटको बिकासका लागि बर्षेनि सहयोग हुदै आएकाले आगामि दिनमा पनीमा सहयोग निरन्तर जारी रहने बताउनु भयो । 

जिल्लामा खेलकुदको विकासका लागि स्काउटको पनि महत्वपुर्ण भुमिका रहने भएकाले यस तर्फ सबैको ध्यान जानु पर्नेमा उहाँको जोड रहेको थियो । आगामि दिनमा अछाम जिल्लामा स्थानिय निकाय देखि जिल्लाले समेत स्काउटको विकासका लागि केहि मात्रामा रकम विनियोजन गर्नु पर्नेमा जोड दिएका थिए । 

कार्यक्रममा जिल्ला स्काउटका सल्लाहकार तथा प्रमुख जिल्ला अधिकारी कौशलराज शर्मा तिमिल्सैनाले अछाम जिल्लामा स्काउटले निकै स्रहानिय काम गरिरहेकाले आगामि दिनमा आफनो तर्फ सक्दो सहयोग रहने प्रतिबद्धता जनाएका थिए । 

कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सहसचिव चुणामणि पौड्याल, नेपाली काग्रेसका विष्णु बहादुर खड्का, नेकपा एमालेका जिल्ला कमिटी सदस्य नमराज न्यौपाने, महिला बिकास अधिकृत भगवति अर्र्याल, निमित्त जिल्ला शिक्षा अधिकारी हरिदत्त जोशि, नेपाल शिक्षक संघ अछामका अध्यक्ष पदमराज अधिकारी, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष नर बहादुर रावल, नेपाल पत्रकार महाँसघ अछामका सचिव शिवराज ढुगाँना, जिल्ला खेलकुद विकास समितीका अध्यक्ष छविराज ढुगाना, जिल्ला युवा संजाल अछामका अध्यक्ष होम बहादुर साँउद लगाएतका अतिथी रहनु भएको थियो । 

जिल्ला स्काउटका आयुक्त पदम बहादुर धामिको अध्यक्षतामा भएको कार्यक्रममा स्काउटलाई यहाँ सम्म पुरयाउन आफनो आफनो तर्फबाट सहयोग गर्ने विभिन्न व्यक्तित्वलाई प्रमुख अतिथीले सम्मान गर्नु भएको थियो । 

जिल्ला स्काउटको पहल तथा केन्द्रिय स्काउटको ६ लाख सहयोगमा जिल्लाको स्काउटको भवन निर्माण गरिएको हो । जिल्ला सह आयुक्त गिता ढुगाँनाको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संञ्चालन नगेन्द्र प्रसाद ढुगाँनाले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी