होम साउद/पुस २९, अछाम । अछामका प्रमुख जिल्ला अधिकारी कोशलराज शर्मा तिमिल्सिनाले जो संग सीप छ त्यो संग सबै डराँउने गरेको बताएका छन । 

घरेलु तथ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

होम साउद/पुस २९, अछाम । अछामका प्रमुख जिल्ला अधिकारी कोशलराज शर्मा तिमिल्सिनाले जो संग सीप छ त्यो संग सबै डराँउने गरेको बताएका छन । 

घरेलु तथ"/>

१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

सीप भएका मान्छेसँग सबै डराँउछन: प्रमुख जिल्ला अधिकारी

२९ पुष २०७३, शुक्रबार १२:२७


होम साउद/पुस २९, अछाम । अछामका प्रमुख जिल्ला अधिकारी कोशलराज शर्मा तिमिल्सिनाले जो संग सीप छ त्यो संग सबै डराँउने गरेको बताएका छन । 

घरेलु तथा साना उद्योग विकास समिती अछाम र वाक नेपालको पहल कार्यक्रम मार्फत सञ्चालित सिलाई कटाई सम्वन्धिको ४५ दिने पुर्नताजकीय तालिमको समापन समारोहमा बोल्दै तिमिल्सेनाले सो कुरा बताएका हुन । 

जुन ब्याक्तिसंग सीप छ त्यो ब्याक्तिलाई सबैले सम्मान गर्ने गरेको बताँउदै प्रजिअ शर्माले तालिम सिकेका प्रशिक्षार्थिहरुलाई बधाई समेत दिए । उनले कार्यक्षेत्रमा गएर परिस्कृत ढंगले काम गर्दै जिवनस्थर सुधार्न पनि सहभागिलाई अनुरोध समेत गरेका छन । 

सीप भएको मान्छेले काम गर्नुका साथसाथै गुणस्तरीयतामा पनि ध्याँन दिनु उतिकै आवस्यक हुने प्रजिअ तिमिल्सेनाको भनाई छ । कार्यक्रममा घरेलु तथा साना उद्योग विकास समितीका उद्योग अधिकृत रामचन्द्र सुवेदीले आफ्नो कार्यालयवाट मागमा आधारित बिभिन्न सीप प्रदान गरेको तर ब्यावहारीक रुपमा लागु नहुनु दुःखद भएको बताए । यतिवेला ब्यावसाय गरिरहेकाहरुलाई सीपका साथसाथै सामग्रि पनि अनुदानमा प्रदान गरेको उनले जाँनकारी दिए । 

आगामि दिनमा पनि उद्यमशिलता र शीप विकासमा बिभिन्न क्रियाकलापहरु गर्न सकिने उनले बताए । यस्तै पहल कार्यक्रमका जिल्ला संयोजक दान बहादुर साउदले सिकेको सीपलाई जीवन निर्वाहको पद्धतिमा ढाल्न सहभागिलाई आग्रह गरे ।

पहल कार्यक्रम मार्फत कृषि, उद्यमशिलता र सीप विकास लगायतका बिभिन्न क्षेत्रमा सहयोग गरिरहेको उनले बताए । स्थानिय स्थरमा उद्यमशिलता विकास गर्दै जीविकोपार्जन सुधार गर्ने र स्थानिय स्थरमै रोजगारमुखी क्रियाकलापमा सरिक बनाँउने कार्यक्रमको उद्देश्य रहेको साउदको भनाई थियो । 

यस्तै पत्रकार महाँसंघका सचिव शिवराज ढुंगानाले पनि परम्परागत रुपमा जातिगत रुपमा बिभाजित सिलाईकटाई कार्यमा अन्य समूदाय पनि सरिक हुनु राम्रो पक्ष भएको भन्दै तालिममा सिकेको कुराले आफ्नो ब्यावसायको स्तरबृद्धि गर्दै आर्थिक सुधार गर्न आग्रह गरे । 

वाक नेपालका उपाध्यक्ष बल बहादुर केसीको अध्यक्षतामा भएको तालिमको समापन समारोहमा सहभागिको तर्फवाट मन्तब्य राखेकी रमिता सुनारले पुर्नताजकिय तालिमले महत्वपूर्ण ज्ञान प्राप्त भएको भन्दै राम्रो सिलाई कटाई ब्यावसायि बन्न हौसला मिलेको बताईन । 

वाक नेपालका कार्यकारी निर्देशक डम्मर रावलको स्वागत मन्तब्य वाट सुरु भएको समापन समारोहको सहजिकरण वाक नेपालका कर्मचारी छत्रप्रसाद धमलाले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह