कमल रावल/माघ २, मंगलसेन । मकर संक्रान्तीको अवसरमा अछामको बैजनाथ धाममा सांस्कृतिक महोत्सव कार्यक्रम सम्पन्न भएको छ ।
समितीका अध्यक्ष भरत कुमा"/>

समितीका अध्यक्ष भरत कुमालको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले अछामका अध्यक्ष तथा पूर्व सभासद शेर बहादुर कुवर प्रमुख अतिथी रहनु भएको थियो । प्रमख अतिथी कुवरले नेपालीका चाड पर्वले आपसि भाईचारा कायम गर्ने भएकाले आफनो रितिरिवाज बचाई राख्न सबै लागि पर्नु पर्ने बताउनु भयो ।
नेपालकै चार धाम मध्येको एक धाम बैजनाथ धाम भएकाले यसको संरक्षण र सम्बद्र्धनका लागि हुने सक्ने सहयोग आफनो तर्फबाट जहिले पनि रहि रहने बताउनु भयो । अछामका सहायक प्रमुख जिल्ला अधिकारी आनन्द शर्मा भुषाल र नेपाली काग्रेसका नेता टिकाराम खनाल बिशिष्ट अतिथी रहनु भएको कार्यक्रममा नेपाली काग्रेसका डण्डी राज जोशी, एमालेका शिलोज कुवर, माओबादी केन्द्रका सुरत भुल लगायतले मन्तब्य राख्नु भएको थियो ।
पूर्णचन्द्र जोशीको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको संञ्चालन भरत खड्काले गर्नु भएको थियो । कार्यक्रममा सुदुरपश्चिमको संस्कृती जगाउने देउडा, होली, पुतला, हुडकेउली, पडछो लगाएतका थुपै्र प्रस्तुती साफेरबगर नगरपालीका भित्रका विभीन्न वडाबाट प्रस्तुत गरिएका थिए भने गायक गोपाल जंग थापा र चित्रकला थापाले आफ्ना प्रस्तुती राखेका थिए ।