दान बहादुर बुढा | माघ २, मुगु | नेपाल सरकारले जिल्ला अस्पतालबाट सर्व साधारणलाई ७० प्रकारको औषधी, प्राथामिक स्वास्थ्य केन्द्र ५८ र स्वास्थ्य चौकिहरुका लागि ३"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दान बहादुर बुढा | माघ २, मुगु | नेपाल सरकारले जिल्ला अस्पतालबाट सर्व साधारणलाई ७० प्रकारको औषधी, प्राथामिक स्वास्थ्य केन्द्र ५८ र स्वास्थ्य चौकिहरुका लागि ३"/>

२०८३, ७ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

उसै त दुर्गम, त्यसमा पनि यत्रो अन्याय

२०७३, २ माघ आईतवार ०८:२४


दान बहादुर बुढा | माघ २, मुगु | नेपाल सरकारले जिल्ला अस्पतालबाट सर्व साधारणलाई ७० प्रकारको औषधी, प्राथामिक स्वास्थ्य केन्द्र ५८ र स्वास्थ्य चौकिहरुका लागि ३५ प्रकारको औषधी निशुल्क उपलब्ध गराउने भनेपनि जिल्लाका ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य चौकिका लागि जिल्ला स्वास्थ्य कार्यालयबाट पठाएको औषधी बिच बाटोमा नै हराउने गरेको पाईएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय मुगुका लागि कार्यालयले बार्षिक रुपमा १८ देखि २५ लाखसम्म रकमको औषधी खरिद गर्ने गरेको छ भने नेपाल स्वास्थ्य सेवा विभाग मध्य पश्चिमाञ्चल क्षेत्रीय मेडिकल स्टोर नेपालगञ्ज बाट पनि उतिकै औषधी जिल्लाका लागि आउने भए पनि जिल्लाका ग्रामीण क्षेत्रमा  सधै भरि औषधीको अभाव हुने गरेको छ । सम्बन्धित जिल्ला स्वास्थ्य कार्यालयको मागका आधारमा औषधी पठाउने गरेकाले हरेक वर्ष यति परिमाणको औषधी जिल्लामा पठाएको एकिन भन्न नसकिने मध्य पश्चिमाञ्चल क्षेत्रीय मेडिकल स्टोर नेपालगञ्जका प्रमुख डिल्ली पोखरेलले बताए । केहि समय अगाढी औषधीको अभाव देखिएपनि अहिले सार्वजनिक खरिद ऐनमा संशोधन भएका कारण औषधी उपलब्धतामा सहजता आएको उनले बताए ।

 यता जिल्ला भरका २४ वटा स्वास्थ्य चौकि, चारवटा  ईकाई तथा एउटा प्राथामिक स्वास्थ्य चौकिमा सधैभरि औषधी अभाव भईरहेका गुनासा जिल्ला स्वास्थ्य कार्यालयमा आउने गरेका प्रति जिल्ला स्वास्थ्य कार्यालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ तर जिल्ला स्वास्थ्य कार्यालयबाट ग्रामीण भेग क्षेत्रका लागि पठाईएको औषधी कहाँ गयो भन्ने कुरा पत्ता लगाउन निकै कठिनाई भईरहेको जिल्ला स्वास्थ्य कार्यालयका कार्यालयका निमित्त प्रमुख निरक शर्माले  बताएका छनक । हामीले जिल्लाबाट ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थाका लागि औषधी पठाई रहेका छौ तर गाउँमा औषधी अभाव भएको औषधी नपुगेको भन्ने गुनासो आउछ, जिल्लाबाट पठाएको औषधी कहाँ जान्छ भन्ने कुरा रहस्यमय बन्ने गरेको छ यस प्रति हामी गम्भीर भएर लागेका छौ निमित्त कार्यालय प्रमुख निरक शर्माले बताएका छन । 


जिल्लाको पश्चिम क्षेत्रमा रहेका खत्याड भेगका सातवटा गाविसमा रहेका स्वास्थ्य संस्थामा औषधीको चरम अभाव रहेको खत्याड भेग स्थित सेरी गाविस  स्थानीयवासी जनक टमटाले जानकारी दिए । सातवटा स्वास्थ्य चौकि र एक प्राथामिक स्वास्थ्य केन्द्र रहेको यस क्षेत्रका स्वास्थ्य संस्थामा सिटामोलको टाटा समेत नपाईने अवस्था रहेको टमटाले बताए । यसैगरी गम्था गाबिसका काली बहादुर परीयारले आफ्नो गाबिसमा रहेको स्वास्थ्य चौकीमा कुनै औषधी समेत नभएको र बिरामीहुदा प्राईभेट मेडीकल र जुम्ला गएर महोङ्को मूल्यमा औषधी गर्नु परेको दुखेसो गरेका छन ।

जिल्लाको पुर्वी भेगमा पर्ने करान क्षेत्रमा रहेका माग्री, पुलु मुगु, डोल्फु, बिम्री गाविसमा रहेका स्वास्थ्य संस्थाका स्वास्थ्य कर्मीहरु दुई तिन महिनाको एक चोटी गाउँमा पुग्ने र त्यति वेला लिएको औषधी सबै घरधुरीमा दामासाहीको दरले एकै दिनमा बाँडेर फर्किने गरेको स्थानीयवासीको भनाई छ । डोल्फु गाबिस २ बस्ने धुन्दुप तामाङ्क भन्छन कुनै पनि औषधी पाईदैनन् बिरामि भएको समयमा गमगढी बजार आउनु प्रर्ने कर्मचारी कहील पिन गाउमा बस्दौनन् औषधीहुदैन सारै दुख हुन्छ भनेर बताउछन । जिल्ला स्वास्थ्य कार्यालयबाट सम्बन्धित स्वास्थ्य संस्थाका कार्यालय सहयोगिले औषधी बुझेर लिए पनि बिच बाटोमा नै औषधी वितरण गरि फर्किने गरेको मुगु गाविसका स्थानीयवासी छोर्तेन लामाले बताए । 

दुई तिन दिन अगाढी उत्तरी सोरु भेगका स्थानीयवासीहरु गाउँमा औषधी नपुगेको भन्दै जिल्ला स्वास्थ्य कार्यालयमा डेलिकेशनमा आएका थिए । गाउँमा स्वास्थ्य चौकि छ, स्वास्थ्यकर्मि र औषधी हुँदैन । हामीले सधै सिटामोल किन्न पनि निजी मेडिकलहरुमा जानु पर्ने बाध्यता छ , सोरु भेग स्थित जिमा गाविस पुरुमुरु गाउँका स्थानीयवासी सुवार मल्लले गुनासो गरे ।

ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थाहरुको मागको आधारमा नियमित रुपमा कार्यालयबाट औषधी पठाउने गरेको जिल्ला स्वास्थ्य कार्यालयको औषधी भण्डार शाखा प्रमुख प्रेमबहादुर रावतले बताए । जिल्लाबाट औषधी नियमित पठाएका छौ तर गाउँबाट औषधी नपुगेको गुनासो आउछ जिल्लाबाट पठाएको औषधी कहाँ गयो भन्ने विषयमा कार्यालय गम्भीर भएको छ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ