१५ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

अझै राहत पाएनन् दौड तोलेनीका बाढीपीडितले

४ माघ २०७३, मंगलवार ०६:३९

खेम बम/माघ ४, डोटी । गत वर्ष आएको बाढीका कारण ठूलो क्षति बेहोरेको दौड तोलेनीले अझै राहत पाउन सकेको छैन । २०७२ साल साउन २५ गते आएको बाढीका कारण क्षतविक्षत भएका दौड र तोलेनी गाविसका जनता अझै राहत पाउने आशामा दिनरात कुरिरहेका छन् । 

एक्कासि आएको अविरल बाढीले एकै घरका पाँच जनाको ज्यान लियो । गरिखाने जमिन जग्गा बगाएर लग्यो, आफ्नै परिवारका पाँचजना सदस्य गुमाएँ, त्यो पीडाले अझै मन झस्काउँछ सोच्नसमेत सकिँदैन, दौडका बाढीपीडित डम्बर बिष्टले भन्नुभयो । ती दिनहरु कहिल्यै र कसैलाई नआओस् उहाँ सम्झनुहुन्छ । जीवन निर्वाह गर्न समेत गाह्रो बनायो । सामान्य क्रियाकाज खर्च पाएको थिएँ, त्यसपछि कोही फर्केर आएनन्, बिष्टले राससलाई बताउनुभयो । 

“राति गोठमा सुतेको अवस्थामा एक्कासि आकाश मडारिएरअझै राहत पाएनन् दौड तोलेनीका बाढीपीडितले आयो, झसङ्ग ब्यूँझें माथिबाट ढुङ्गामुढा बगेर आए कसैलाई ब्युँझाउन नपाई आफू भागेर बाँच्न सफल भएँ”, उहाँले भन्नुभयो । “एकै रातमा पाँचजनाको एकै चिहान भयो”, उहाँले भक्कानिँदै भन्नुभयो । “आफ्नो पूरै खेत बगायो, सुकुम्वासी बनायो”, उहाँले थप्नुभयो । 

बिष्टको मात्रै होइन, बाढीकै कारण एकजना अर्का स्थानीयवासीको मृत्यु भयो भने १५ जना घाइते भएका थिए । त्यँहाका बासिन्दाका ६५ घर भत्किएका थिए भने अझै चारसय आठवटा घर जोखिममा रहेका छन् । 

गाउँलेका ७१ गोठ भत्किए भने एकसय ७६ गोठ अझै जोखिममा रहेका छन् । उक्त बाढीले ५४ वटा पानी घट्ट, एकसय तीन गाईभैँसी, ६ वटा झोलुङ्गे पुल, आठवटा विद्यालय भवन र ५३ हजार रोपनी खेत सहितको जमिन बगाएको दौड तोलेनी गाविसमा बाढी र पहिरोले पारेको प्रभाव तथा आवश्यकता पहिचान प्रतिवेदनमा उल्लेख गरिएको छ । 

डोटी जिल्लास्थित जिल्ला दैवी प्रकोप उद्धार समितिमा पेस गरिएको प्रतिवेदन २०७२ साल मंसिर ९ गते प्रधानमन्त्री कार्यालयमा बुझाउँदासमेत स्थानीयवासीले कुनै राहत नपाएको दौड तोलेनी बाढीपीडित सङ्घर्ष समिति संयोजक टेकबहादुर सिंहले बताउनुभयो । हामीले बारम्बार अनुरोध गर्दासमेत सरकारले कुनै पहल गरेन, सिंहको भनाइ छ । 

दौडकै स्थानीय एवम् बुद्धिजीवी तेजबहादुर डुम्रेलले हालका प्रधानमन्त्रीले दौड तोलेनी नजिकै रहेको खप्तड देख्नुभयो तर बाढीपीडित ग्रस्त दौड तोलेनी नदेखेकोमा गुनासो गर्नुभएको छ । 

साथै, उहाँले हालसम्म बस्ती नसारिएको र पुनर्वासको व्यवस्था नभएको प्रति दुःख व्यक्त गर्नुभयो । बाढीले बगाएका संरचनासमेत नबन्दा स्थानीयवासी झन् समस्यामा परेका छन् भने ६ वटा बगाएका लघुजलविद्युत् आयोजना नबन्दा अन्धकारमा बस्नु परेको दौड तोलेनीका स्थानीयवासीको भनाइ छ । 

एक वर्ष बितिसक्दासमेत सरकारले आफ्ना समस्यालाई सम्बोधन नगरेकोमा समेत त्यहाँका स्थानीयवासी आक्रोशित बनेका छन् । भर्खरै भएको हिमपातले समेत त्यहाँका जनता त्रसित भएको स्थानीयवासी एवम् बाढीपीडित जयबहादुर बिष्टले बताउनुभयो । एकपटक चिराबिरा भएको जमिन माथि हिमपात हुँदा दबिएर भासिने डरले त्यँहाका जनता आक्रान्त बनेका छन् । 

डोटी जिल्लाका प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद शर्माका अनुसार बाढीपीडितलाई जिल्लाबाट उपलब्ध गराउने राहत प्रदान गरिएको छ । त्यतिले मात्रै त्यहाँका जनतालाई राहत नहुने समेत प्रजिअ शर्माले बताउनुभयो । 

हालै मात्र पुनः जिविस डोटीले बाढीपीडितको राहतका लागि प्रधानमन्त्री कार्यालयलाई सिफारिससहित अनुरोध गरेको निमित्त स्थानीय विकास अधिकारी टेकबहादुर खड्काले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ठूला र पुराना लोकतान्त्रिक शक्तिले नै देशको नेतृत्व गर्ने हो : अध्यक्ष ओली ग्यासको बुलेट उठाउन नसक्दा अझै खुलेन पूर्व–पश्चिम महेन्द्र राजमार्ग साउदी अरेबियाद्वारा यमनको बन्दरगाहमा हवाई आक्रमण, अबु धाबीलाई चेतावनी यस्तो छ, समानुपातिकको बन्द सूची चोरी गरेको ६५ लाख रकमसहित केसी पक्राउ दुई लाख ४३ हजार मेट्रिक टन रासायनिक मल वितरण युवाले चाहेजस्तो देश निर्माणमा अग्रसर छौँः प्रधानमन्त्री पूर्वराष्ट्रपतिद्वय यादव र भण्डारीबीच भेटवार्ता सडक मर्मतमा ढिलाइ गरिए निर्माण व्यवसायीले ‘पेनाल्टी’ तिर्नुपर्ने हुन्छः मन्त्री घिसिङ मोटरसाइकल दुर्घटनामा घाइते भएका चालकको मृत्यु सन् २०२५ः अत्यन्त तातो वर्ष दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् घाइते राष्ट्रिय च्याउ दिवसः नेपालमा एक हजार १५० प्रजातिका च्याउ, सय प्रजातिका विषालु राजनीतिक स्थिरता र दिगो लोकतन्त्रका पक्षमा निर्वाचनः प्रधानमन्त्री खालिदा जियाको निधनमा शेख हसिनाद्वारा शोक व्यक्त कुल चौँसट्ठी दलले बुझाए समानुपातिकको बन्द सूची पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध प्रधानमन्त्रीद्वारा तमु ल्होसार तथा म्हैप्रु नकुमा पर्वको शुभकामना सुनचाँदीको मूल्यमा भारी गिरावट प्रधानमन्त्री कार्कीसँग राष्ट्रियसभा अध्यक्ष दाहालको शिष्टाचार भेट