१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडी कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी हुँदा समस्या

४ माघ २०७३, मंगलवार ०७:०१

माघ ४, बैतडी । जिल्ला कारागार बैतडीमा क्षमताभन्दा दोब्बर कैदीबन्दी हुँदा समस्या भएको छ । 

चिसो बढेसँगै बसोबास तथा उपचारमा समस्या भएको हो । २५ जनाको क्षमता रहेको कारागारमा ४७ कैदी र एक थुनुवा गरी ४८ जना कैदीबन्दी हुँदा बस्न समस्या भएको जेलर अनिल तिवारी बताउनुभयो । 

विसं २०४२ सालमा निर्माण गरिएको कारागार अहिले जीर्ण हुँदै गइरहेको छ । हिउँदको बेला जाडो र पानी परेको बेला चुहिने भएकाले छानोमा त्रिपाल हालेर बस्ने गरिएको छ । यस्तै, कारागारमा खानेपानी नहुँदा झनै समस्या भएको जेलर तिवारीले बताउनुभयो । 

कारागारमा क्षमताभन्दा बढी कैदी भएकाले उपचारका लागि पनि उत्तिकै समस्या भएको छ । कारागारमा एकजना अहेवको दरबन्दी भए पनि हाल उक्त दरबन्दी रिक्त हुँदा उपचारमा समस्या भएको हो । हिउँदको समयमा चिसोका कारण रुघाखोकीलगायत अन्य बिरामी पर्ने भए पनि औषधि नभएको बताइएको छ । 

कारागारमा २५ जनाका लागि मात्रै औषधि उपचार खर्च हुने भएकाले क्षमताभन्दा दोब्बर कैदी हुँदा  नपुग्ने गरेको जेलर तिवारीले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह