१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

डाँडाफया गाविसका सचिवद्वारा सामाजिक सुरक्षा भत्तामा अनियमितता

४ माघ २०७३, मंगलवार १०:२०

नरजन तामाङ/माघ ४, सिमकोट । हुम्लाको डाँडाफया गाविसका सचिवले आर्थिक वर्षको २०७२र०७३ सालको सामाजिक सुरक्षा भत्तामा अनियमितता गरेको छन् । 

सामाजिक सुरक्षा भत्ताको ११ लाख रकम खाने गाविस सचिव रामप्रसाद देवकोटा हुन् । उनले हिनामिना गरेको रकम फिर्ताको साथै गाउँ परिषद् सञ्चालन गर्न जिल्ला विकास समितिले पटक पटक ताकेता गर्दा पनि सचिव देवकोटाले टेर पुच्छर लगाएका छैनन् ।

सचिव देवकोटा गाविसमा समेत उपस्थित नभएपछि आइतबार सहायक प्रमुख जिल्ला अधिकारी रिद्धप्रकाश सिटौलाको संयोजकत्वमा गाएको टोलीले समेत गाउँ परिषद् सञ्चालनको लागि सहमतिमा जुटाउन सकेन ।

सामाजिक सुरुक्षा भता वितरण नगरि सचिव देवकोटाले हिनामिना गरेको रकमका हिसाब खाता नहुँदासम्म परिषद् स्थगित भएको छ । हिनामिना भएको रकम गाविसमा नबुझाउँदासम्म परिषद् नगर्ने स्थानीयबासीको अडान छ ।

सोमबार सिमकोट गाविस सचिव धर्मराज रोकाय र सहायक प्रमुख जिल्ला अधिकारी रिद्धप्रसाद सिटौला र जिल्ला विकास समितिबाट रामप्रसाद अधिकारीको सहभागितामा परिषद् सञ्चालन गर्ने भनिएता सहमति हुन सकेन ।

डाँडाफायाँ गाविस निवासी केश शाहीका अनुसार गाविसमा जाने रकम अनियमितता गरेको बारे बारम्बार कुरा उठाउदा समेत सम्बन्धित निकायले बेवास्ता गर्दै आएको थियो । हिनामिना रकमबारे छानबिन समिति गठन गर्दा पनि जिल्ला विकास समितिले सुनुवाइ नगरेको शाहीले बताइन् । सोही गाउँका दीपबहादुर शाहीले सचिव देवकोटाले गरेको हिनामिना रकममा कुरा नमिल्दा परिषद् रोकिएको बताए ।

गाउँ परिषद् सञ्चालनलाई सहज वातावरण बनाउन भन्दै डाँडाफया पुगेका सहायक प्रमुख अधिकारी सिटौलाका अनुसार हरेक वर्ष हुम्ला जिल्लाका कतिपय गाविसमा जाने सामाजिक सुरक्षा भता गाविसकै सचिवहरुको मिलेमोतोमा हिनामिना गर्छन् । यस पटक भने जिल्ला विकास समिति भने यसपटक ताकेता लगाएको छ । गाविस सचिवहरुले रकम हिनामिना गर्दै आएको सिटौलाले स्वीकार गरेका छन् ।

स्थानीय विकास अधिकारी बलदेव प्रसाद जोशीले रकम हिनामिना गरेको पाइए कानुनअनुसार कारवाही गर्ने बताउँछन् । तत्कालिन गाविस सचिव देवकोटकै पालको रकम अनियमिता देखिएको भन्ने गुनासो आएको जोशीले बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह