ललित बोहरा । माघ ४ डडेल्धुरा । सरकारी निकायको उदासिनताका कारण डडेल्धुरा जिल्लाका अधिकांश मासु पसलहरु मापदण्ड विपरीत सञ्चालनमा रहेका छन । पशुपक्षी मन्त्रालयले र सरकारले तोकेको चिकित्सकबाट स्वास्थ्य परीक्षण गराएर मात्र मार्न तथा काट्न पाउने व्यवस्था ऐनमा भए पनि यहाँ त्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा । माघ ४ डडेल्धुरा । सरकारी निकायको उदासिनताका कारण डडेल्धुरा जिल्लाका अधिकांश मासु पसलहरु मापदण्ड विपरीत सञ्चालनमा रहेका छन । पशुपक्षी मन्त्रालयले र सरकारले तोकेको चिकित्सकबाट स्वास्थ्य परीक्षण गराएर मात्र मार्न तथा काट्न पाउने व्यवस्था ऐनमा भए पनि यहाँ त्"/>
२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुराका अधिकांश मासु पसल मापदण्ड विपरीत सञ्चालनमा, सम्बन्धित निकाय मौन !

४ माघ २०७३, मंगलवार १७:०१

ललित बोहरा । माघ ४ डडेल्धुरा । सरकारी निकायको उदासिनताका कारण डडेल्धुरा जिल्लाका अधिकांश मासु पसलहरु मापदण्ड विपरीत सञ्चालनमा रहेका छन । पशुपक्षी मन्त्रालयले र सरकारले तोकेको चिकित्सकबाट स्वास्थ्य परीक्षण गराएर मात्र मार्न तथा काट्न पाउने व्यवस्था ऐनमा भए पनि यहाँ त्यसो त परै जाओस सामान्य मापदण्ड समेत पुरा नगरि मासु पसलहरु सञ्चालनमा रहेका छन । जिल्ला पशु सेवा कार्यालय डडेल्धुराले बिभिन्न अनुदानका कार्यक्रमहरु सञ्चालनको नाममा र आफु खुसी गरी जिल्लाभर २८ मासु पसलहरु सञ्चालनमा रहेको छन । यी मध्येहरु पनि धेरै जसो सदरमुकाममै अव्यवस्थीत तथा फोहरै फोहोरले भरीएका स्थानहरुमा मासुपसलहरु रहेका छन । एक स्वच्छ मासु पसल सञ्चालन गर्नका लागि बिभिन्न मापदण्ड पुरा गर्नु पर्ने भएपनि यहाँ त्यसो नभएको जिल्ला पशु सेवा कार्यालय डडेल्धुराका पशु बिकास अधिकृत खडक शाहले स्वकार गरेका छन् । मापदण्ड बिपरीत सञ्चालन गरिएका यस्ता किसिमका पसल सञ्चालकहरुलाई स्थानीय निकायहरुले कार्वाही गरिनु पर्ने पशु बिकाश अधिकृत साहले बताउनु भएको छ । माछामासु तथा दूधजन्य पदार्थमा तुरुन्तै ब्याक्टेरियाको सङ्क्रमण हुने भएकाले मासुपसल सञ्चालकहरुले यसमा ध्यान दिन जरुरी रहेको उहाँको भनाई छ । ब्याक्टेरियाको सङ्क्रमणबाट जोगाउन सफासुग्घर राख्नुपर्ने भएपनि अधिकांश मासुपसल अव्यवस्थित जाली र सिसा नराखेको अवस्थामा रहेका छन ।

    जसका कारण यो समयमा सामान्य हावाहुरी चल्दा समेत मासुमा धुलो तथा फोहोरजन्य बस्तुहरु मासुमा सजिलै मिसिने गर्दछन । डडेल्धुरा जिल्ला सदरमुकाम क्षेत्रमा अस्वस्थकर मासु खरिद विक्री भइरहेको सर्वसाधारणहरुको गुनासो समय–समयमा सुन्न पाईन्छ । यस्तै मासु पसल व्यवस्थित गर्न समय–समयमा अनुगमन गरि मन्त्रालय सम्म प्रतिबेदन पठाएको र पछिललो जानकारी जिल्ला पशुसेवा कार्यालयले जानकारी नगराएको जिल्ला प्रशासन कार्यालय डडेल्धुराका सहायक प्रमुख जिल्ला अधिकारी तथा संयुक्त अनुगमन समितीका संयोजक करुणाकर अबस्थीले बताउनु भएको छ । अनुगमन भएतापनि मासु–पसल सञ्चालकहरुको लार्पवाही रहेकोले कावाहीका लागी जिल्ला पशु सेवा कार्यालयले पनी पहल थालनु पर्ने सहायक प्रमुख जिल्ला अधिकारी अबस्थीको भनाई थियो । यसरी बेला–बेलांमा अनुगमन कार्यलाई तीब्रता राख्दा राख्दैपनि अटेर भई लार्पवाही गरिनु उनीहरुको मानवता नभएको बताउनु भएको छ । यसका लागि नियमनकारीले मात्र नभई मासु पसल सञ्चालक स्वयमले जिम्मेवार बन्नुपर्नेमा उहाँको भनाई छ । मानिसको स्वाथ्यमा प्रत्यक्ष असर गर्ने मासुजन्य वस्तुहरु ब्यबस्थीत तथा दर्ता नै नगरी सञ्चालन गरिएका मासु पसलबाट मासु खरिद गरी प्रयोग गरेपछि रेबिज जस्ता प्राण घातक रोगहरु ब्यापक फैलीएपछि जिम्मेवार को हुन्छ त ? त्यसैले मासु खरिद बिक्रि गर्दा उपभोक्ताहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै फ्रिज लगायतका साधनहरुको व्यवस्था गरिनुका साथै मापदण्ड पुरा गरी बिक्रि गर्नु आवश्यक छ । मापदण्ड पूरा नगरेका यस्ता मासुपसलहरुलाई खुलेआम यसरी सञ्चालन गर्न नदिई स्थानीय प्रशासनले समय–समयमा अनुगमन गरि हदै सम्मको कार्वाही गरिनु आवश्यक छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो