2026-07-11 05:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवनमा भूकम्पपीडितका पुनः लगत सङ्कलन सुरु

2017-01-18

माघ ५, चितवन । चितवनमा भूकम्प प्रभावित क्षेत्रको पुनःनिर्माणका लागि भूकम्पले क्षति पु¥याएका घरको पुनःलगत सङ्कलन सुरु गरिएको छ । 

फोटोसहितको विवरण सङ्कलन गर्न इन्जिनियर र सामाजिक परिचालकको टोली गाउँगाउँमा पठाइएको जिल्ला लगत सङ्कलन तथा व्यवस्थापन कार्यालय चितवनका संयोजक जीवनाथ आचार्यले जानकारी दिनुभयो । 

पहिलो चरणमा पहाडी क्षेत्रलाई लक्षित गरी १७ जनाको टोली परिचालन गरिएको उहाँले जानकारी दिनुभयो । अहिलेसबैभन्दा बढी भूकम्प प्रभावित क्षेत्र दारेचोक, काउले, चण्डिभञ्याङ र लोथरमा टोलीले लगत सङ्कलन सुरु गरेको हो । 

टोलीले कम्युटरमा नै फारम भर्ने, घरको र घर मुलीको समेत फोटो लिएर विद्यमान अवस्थाको मूल्याङ्कन गर्ने भएको छ । इन्टरनेटसमेत उपलब्ध गराइएकाले हरेक दिनको प्रगति विवरण सिधँै सिंहदर पठाउने व्यवस्था मिलाइएको आचार्यले जानकारी दिनुभयो । 

विवाद आए पनि सल्ट्याउन सहज हुने भएकाले प्रत्येक घरको फोटोसहितको विवरण सङ्कलन गरिने जिल्ला तथ्याङ्क कार्यालयका प्रमुख संयोजक आचार्यले जानकारी दिनुभयो । 

नगरपालिका क्षेत्र र बाँकी अन्य ठाउँमा भने ८ र ९ गते प्रशिक्षण कार्यक्रम गरिने र त्यसलगत्तै टोली परिचालन गरिने छ । जिल्लामा अहिले १८ हजार सात सय ५२ भूकम्पपीडित परिवारले राहतका लागि निवेदन दर्ता गराएका छन् । 

सङ्कलित निवेदनको आधारमा घरघर पुगेर पुनःपरीक्षण गरी लगत सङ्कलन हुने छ । यसअघि सामान्य क्षतिसहित जिल्लामा १५ हजार सात सय ४९ भूकम्पपीडितको तथ्याङ्क आएकामा अहिले बढेर १८ हजार सात सय ५२ पुगेको हो । 

स्थानीय विकास अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समितिका सदस्य सचिव श्रवणकुमार पोखरेलले गाउँगाउँमा नगरपालिका र गाविसमार्फत लगत सङ्कलन गरेपछि अहिले इन्जिनियरसहितको टोली परिचालन गरिएको बताउनुभयो । 

पहिलो चरणमा सरकारबाट रु १५ हजार पाएका र दोस्रो चरणमा न्यानो कपडाका लागि रु १० हजार पाएकाको प्रमाण एवम् रातो कार्डको आधारमा मात्रै उनीहरुलाई पुनःनिर्माणका लागि सरकारले रु तीन लाखको राहत प्याकेज दिने भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट