नरी बडु/माघ ५, बैतडी । पहिरोले सिँचाई कुलो भत्कीदा जिल्लाको दक्षिणी क्षेत्र मेलौली–३ मुन्द्रे स्यालतडीका स्थानिय गाँउबाटै बिस्थापित भएका छन ।

०६४ "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नरी बडु/माघ ५, बैतडी । पहिरोले सिँचाई कुलो भत्कीदा जिल्लाको दक्षिणी क्षेत्र मेलौली–३ मुन्द्रे स्यालतडीका स्थानिय गाँउबाटै बिस्थापित भएका छन ।

०६४ "/>

२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा सिँचाई कुलो भत्कँदा गाँउ बिस्थापित

२०७३, ५ माघ बुधबार १०:४२


नरी बडु/माघ ५, बैतडी । पहिरोले सिँचाई कुलो भत्कीदा जिल्लाको दक्षिणी क्षेत्र मेलौली–३ मुन्द्रे स्यालतडीका स्थानिय गाँउबाटै बिस्थापित भएका छन ।

०६४ भदौमा आएको पहिरोले सिँचाईका लागि प्रयोग हुदै आएको ५ सय ५० मीटर कुलो भत्काएपछि स्थानीय विस्तापित भएका हुन् । सिँचाई अभावमा खेतीयोग्य जमिन बाँझो हुँदा स्थानीय ५० परिवार गाँउ छोडन बाध्य  भएका हुन ।

खेतीयोग्य जमिन सिचाई गर्न नपाउदाँ गाँउबाट बिस्थापित हुनुपरेको स्थानीयले गुनासो गरेका छन । सिचाई सुविधा नहुदाँ उब्जाउ खेतमा सिस्नु र झारपात उम्रेर बाँझो बनेको स्थानियको उनिहरुको भनाई छ  ।

उर्बर भुमि बाँझो बनेपछि ३१ परिवार गाँउ छोडेर महारुद्र–६ मा बस्दै आएका छन भने अन्य परिवारको पनि बिचल्ली भएको छ । उनिहरु आफ्नो गाँउ छोडेर अन्यत्र बिस्थापित भएका हुन ।

स्थानिय किसानले आफैले परम्परागत रुपमा निर्माण गरेको लगभग तीन किलोमीटर लामो कुलोबाट सुरनायाँ नदीको पानीले सिचाई गर्दै आएका थिए । कुलो भत्केपछि करिव ८ सय रोपनी खेत बाँभो बनेको छ ।

कुलो निर्माणको लागि स्थानियस्तरबाट संम्भव नभएपछि गाँउपरिषदहुदै जिल्ला परिषद योजना पुस्तिकामा समाबेश भएपनि रकम नछुट्याएको स्थानिय तारादत्त भट्टले बताए ।

“नदी किनारको उब्जाउ भुमिमा एकै सिजनमा तीन बाली उब्जाउथ्यौ” बिगतको दिन सम्झदै स्थानीय धाना भट्टले भनिन । “अहिले खाना नपुगेर गाँउ छोडन बाध्य छौ” उनले दोहोर्याए ।

धान फल्न खेत बाँझो छोडनुपरेपछि स्थानीय कामको खोजीमा भारततिर ज्यालामजदुरी गर्दै गुजारा गर्न बाध्य भएको स्थानीय जयदत्त भट्टले बताए । उनले भने ‘रोपाई लाग्ने बर्षमा तीन बाली फल्ने खेत बाँझो छोडनु परेको छ ।’ गाँउघर र भारतमा गएर ज्यालामजदुरी गरी गुजारा गर्न बाध्यभएका छौ । हाम्रो समस्यालाई कसैले बुझेनन उनले भने ।

“कुलो मर्मतको लागि बर्षेनी सदरमुकाम स्थित सरोकारवाला कार्यालय धाउछौ” स्थानिय रामचन्द्र ओझाले भने । कसैले हाम्रो समस्याबुझेनन । गतबर्ष जिल्लाविकास समितिले ३ लाखदिने वचन दिएको थियो । उपभोक्ता समिति गठन गरेर बैंक खाता खोल्न लगाएर अन्तिममा रकम नदिएको ओझाले गुनासो गरे ।

कुलो भत्केको एक दशक बित्दा समेत समस्या समाधान नहुदाँ स्थानिय चिन्तित बनेका छन । संघर्ष समिति गठन गरेर तीन बर्षयता जिविस, खानेपानी, सिचाई, कृषि लगायतका कार्यालय धाउदै आएको स्थानिय खेमरा भट्टले बताए ।

दलका नेताहरुले पनि हाम्रो समस्या नबुझेको उनीहरुको गुनासो छ । चुनावमा भोट माग्न आउदा आश्वासन मात्रै दिए । चुनाव जितेपछि फर्केर पनि नहेरेको स्थानियको गुनासो छ ।

सिँचाई कुलोसँगै खानेपानीको समस्याभएको स्थानिय लालमणी भट्टले बताए । खानेपानीको व्यवस्थानहुदाँनदीको दुषितपानीपिउनबाध्यभएको उनको गुनासो छ ।

जिविसले भने यो बर्ष कुलो मर्मतको लागि ५ लाख रक मबिनियोजित गरेको छ । जिविसका सुचनाअधिकृत बिक्रमबहादुर चन्दले भने ‘यो बर्ष रकम छुट्याएका छौ समयमै आएर सम्झौता गरे स्थानियको समस्या समाधान हुन्छ ।’

सिचाई नहुदाँ खेत बाझो बनेपछि खाद्य अधिकारको हनन भएको भन्दै परिवर्तनकालागियुवा समुह (याक) नेपालले स्थलगत अनुगमन गरेर सरोकारवाला निकायलाई घचघच्याउदै आएको छ ।

५० परिवारको करिव ३ सय ५० भन्दा बढी बासिन्दाको खाद्यअधिकार सुनिश्चितगर्न सम्बन्धित निकायसँग पहल चाल्दै आएको याक नेपालका देवी खनालले जानकारी दिए ।

 बैतडीको मेलौली–३ स्यालतडीमा सिचाँई कुलो भत्कीदा स्थानीय विस्तापित भएपछि बाँझो बनेको जमिन ! तस्बिर: नरी बडु, साझासबाल 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह