१६ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

पत्रकार बस्नेतलाई तरुणको सम्मान

५ माघ २०७३, बुधबार ११:४१


माघ ५, मोरङ । सञ्चार क्षेत्रको बिकास र आफनो गाँउलाई राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा सञ्चारका माध्यायमबाट परिचित गराएको भन्दै बेतना दैनिकका सम्पादक नरेन्द्र बस्नेतलाई सम्मान गरिएको छ ।

डाँगीहाट गाबिसमै पहिलोपटक २०६० सालमा  प्रकाशन भएको कन्दरा द्धैमासिक पत्रिकाका प्रधान सम्पादक रहेका बस्नेतले त्यसपछि ,स्थानीय,क्षेत्रिय र राष्ट्रिय स्तरका पत्रपत्रिका, रेडियो,टेलिभजिन र अनलाईन मिडियाहरुमा सक्रिय रुपमा काम गर्दै आएका छन । 

नेपाल तरुण दल डाँगीहाटले बुधबार आयोजना गरेको बर्तमान राजनीतिक अबस्थामा तरुणहरुको भुमिका बिषयक अन्तरक्रिया र सम्मान कार्यक्रममा बस्नेतलाई श्रम तथा रोजगार राज्यमन्त्री दिलिप गच्छदारले दोषल्ला ओढाएर सम्मान पत्रसहित सम्मान गरेका हुन । 

कार्यक्रममा डाँगीहाट गाबिसमा रहेर बिभिन्न क्षेत्रमा योगदान गरेका अन्य २१ जना बिशिष्ट ब्यत्तिहरुलाई समेत सम्मान गरिएको छ । सम्मानित हुनेमा पुर्ब गाबिस अध्यक्ष नेकपा एमालेका अम्मर गुरुङ, समाजसेवी, धर्मराज राई, भैरब बहादुर राई, शसस्त्र प्रहरीका पुर्व डिएसपी बल बहादुर मगर, लक्ष्मी उच्च माबिका पुर्ब प्राचार्य हरिनारायण चौधरी रहेका छन् । 

यस्तै लिलानाथ ढकाल, खगेन्द्र गौतम, लोक बहादुर बस्नेत, बिवेक मिश्र, जगत बस्नेत, निन्दा थेबे, चुडादेबी ढकाल, राम कुमार खुदाङ, साहित्यकार धनजित पराजुली, भेषराज खडका, संगीतकार आनन राई, हिमांशु राय, खेलाडी मुकेश थापा,कलाकार गणेश लामा लगायत रहेका छन ।

कार्यक्रममा नेकपा एमाले परित्याग गरेर आएका डाँगीहाट ५ का दुर्गा भण्डारी र तिर्थराज भण्डारीलाई अबिरमाला लगाएर पार्टी प्रबेश गराईएको थियो । कार्यक्रमले अग्रजहरुको सम्मान र भोलीका पिढीलाई थप प्रोत्साहनका लागी कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक बिक्रम राईले जानकारी दिए । कार्यक्रममा तरुणहरुको देशमा ठुलो भुमिका हुने भएकोले उनीहरुले यो देश हाँक्नुपर्नेमा बत्ताहरुले जोड दिएका थिए ।

कार्यक्रममा नेपाली काँग्रेस डाँगीहाटका सभापति बद्री मण्डल, क्षेत्र नम्बर ३ का सचिब प्रेमराज माझी,महाभिबेशन प्रतिनिधि यज्ञ ढकाल, महासमिति सदस्यद्धय महेन्द्र सुवेदी, नगेन्द्र जमरकट्टेल लगायतले आफना धारणा राखेका थिए । 

तरुण दलका डाँगीहाट गाँउ सभापति सै कुमार (प्रकाश) राईको सभापतित्वमा भएको कार्यक्रममा सचिब अभिनय राईले स्वागत मनतब्य र केदारमणी पौडेलले कार्यक्रम सत्तचालन गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ठूला र पुराना लोकतान्त्रिक शक्तिले नै देशको नेतृत्व गर्ने हो : अध्यक्ष ओली ग्यासको बुलेट उठाउन नसक्दा अझै खुलेन पूर्व–पश्चिम महेन्द्र राजमार्ग साउदी अरेबियाद्वारा यमनको बन्दरगाहमा हवाई आक्रमण, अबु धाबीलाई चेतावनी यस्तो छ, समानुपातिकको बन्द सूची चोरी गरेको ६५ लाख रकमसहित केसी पक्राउ दुई लाख ४३ हजार मेट्रिक टन रासायनिक मल वितरण युवाले चाहेजस्तो देश निर्माणमा अग्रसर छौँः प्रधानमन्त्री पूर्वराष्ट्रपतिद्वय यादव र भण्डारीबीच भेटवार्ता सडक मर्मतमा ढिलाइ गरिए निर्माण व्यवसायीले ‘पेनाल्टी’ तिर्नुपर्ने हुन्छः मन्त्री घिसिङ मोटरसाइकल दुर्घटनामा घाइते भएका चालकको मृत्यु सन् २०२५ः अत्यन्त तातो वर्ष दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् घाइते राष्ट्रिय च्याउ दिवसः नेपालमा एक हजार १५० प्रजातिका च्याउ, सय प्रजातिका विषालु राजनीतिक स्थिरता र दिगो लोकतन्त्रका पक्षमा निर्वाचनः प्रधानमन्त्री खालिदा जियाको निधनमा शेख हसिनाद्वारा शोक व्यक्त कुल चौँसट्ठी दलले बुझाए समानुपातिकको बन्द सूची पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध प्रधानमन्त्रीद्वारा तमु ल्होसार तथा म्हैप्रु नकुमा पर्वको शुभकामना सुनचाँदीको मूल्यमा भारी गिरावट प्रधानमन्त्री कार्कीसँग राष्ट्रियसभा अध्यक्ष दाहालको शिष्टाचार भेट