२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

पत्रकार बस्नेतलाई तरुणको सम्मान

२०७३, ५ माघ बुधबार ११:४१


माघ ५, मोरङ । सञ्चार क्षेत्रको बिकास र आफनो गाँउलाई राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा सञ्चारका माध्यायमबाट परिचित गराएको भन्दै बेतना दैनिकका सम्पादक नरेन्द्र बस्नेतलाई सम्मान गरिएको छ ।

डाँगीहाट गाबिसमै पहिलोपटक २०६० सालमा  प्रकाशन भएको कन्दरा द्धैमासिक पत्रिकाका प्रधान सम्पादक रहेका बस्नेतले त्यसपछि ,स्थानीय,क्षेत्रिय र राष्ट्रिय स्तरका पत्रपत्रिका, रेडियो,टेलिभजिन र अनलाईन मिडियाहरुमा सक्रिय रुपमा काम गर्दै आएका छन । 

नेपाल तरुण दल डाँगीहाटले बुधबार आयोजना गरेको बर्तमान राजनीतिक अबस्थामा तरुणहरुको भुमिका बिषयक अन्तरक्रिया र सम्मान कार्यक्रममा बस्नेतलाई श्रम तथा रोजगार राज्यमन्त्री दिलिप गच्छदारले दोषल्ला ओढाएर सम्मान पत्रसहित सम्मान गरेका हुन । 

कार्यक्रममा डाँगीहाट गाबिसमा रहेर बिभिन्न क्षेत्रमा योगदान गरेका अन्य २१ जना बिशिष्ट ब्यत्तिहरुलाई समेत सम्मान गरिएको छ । सम्मानित हुनेमा पुर्ब गाबिस अध्यक्ष नेकपा एमालेका अम्मर गुरुङ, समाजसेवी, धर्मराज राई, भैरब बहादुर राई, शसस्त्र प्रहरीका पुर्व डिएसपी बल बहादुर मगर, लक्ष्मी उच्च माबिका पुर्ब प्राचार्य हरिनारायण चौधरी रहेका छन् । 

यस्तै लिलानाथ ढकाल, खगेन्द्र गौतम, लोक बहादुर बस्नेत, बिवेक मिश्र, जगत बस्नेत, निन्दा थेबे, चुडादेबी ढकाल, राम कुमार खुदाङ, साहित्यकार धनजित पराजुली, भेषराज खडका, संगीतकार आनन राई, हिमांशु राय, खेलाडी मुकेश थापा,कलाकार गणेश लामा लगायत रहेका छन ।

कार्यक्रममा नेकपा एमाले परित्याग गरेर आएका डाँगीहाट ५ का दुर्गा भण्डारी र तिर्थराज भण्डारीलाई अबिरमाला लगाएर पार्टी प्रबेश गराईएको थियो । कार्यक्रमले अग्रजहरुको सम्मान र भोलीका पिढीलाई थप प्रोत्साहनका लागी कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक बिक्रम राईले जानकारी दिए । कार्यक्रममा तरुणहरुको देशमा ठुलो भुमिका हुने भएकोले उनीहरुले यो देश हाँक्नुपर्नेमा बत्ताहरुले जोड दिएका थिए ।

कार्यक्रममा नेपाली काँग्रेस डाँगीहाटका सभापति बद्री मण्डल, क्षेत्र नम्बर ३ का सचिब प्रेमराज माझी,महाभिबेशन प्रतिनिधि यज्ञ ढकाल, महासमिति सदस्यद्धय महेन्द्र सुवेदी, नगेन्द्र जमरकट्टेल लगायतले आफना धारणा राखेका थिए । 

तरुण दलका डाँगीहाट गाँउ सभापति सै कुमार (प्रकाश) राईको सभापतित्वमा भएको कार्यक्रममा सचिब अभिनय राईले स्वागत मनतब्य र केदारमणी पौडेलले कार्यक्रम सत्तचालन गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह