माघ ६, मोरङ । मोरङको टंकिसिनुवारीमा मंगलबार राती मोटरसाइकल दुर्घटनामा परी घाइते भएका चालक सुनसरी सोनापुर बस्ने अन्दाजी ३२ वर्षिय श्रीप्रसाद विश्वासको उपचारकाक्रममा बुधबार विहान मृत्यु भएको छ ।
को ११ प ४७११ नम्बरको मोटरसाइकलमा सवार विश्वास मंगलबार राती ९ बजेतिर टंकिसिनुवारी ७ मा दुर्घटना हुँदा गम्भीर घाइते भएका थिए। उनलाई उपचारकालागी विराट नर्सिङ होम ल्याइएको थियो ।
यता पूर्व पश्चिम लोकमार्ग अन्तरगत मोरङको पथरी-शनिश्चरे नगरपालिका ३ जयचौकमा बुधबार बिहान को ६ प ८४१२ नम्बरको मोटरसाइकलले ठक्कर दिएर साइकलयात्री सोही नगरपालिका २ बस्ने ५० वर्षिय देवीप्रसाद पौडेल घाइते भएका छन । घाइतको न्युरो अस्पताल बिराटनगरमा उपचार भइरहेको छ ।