१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

‘आचरण र व्यवहारलाई सेवाग्राही मैत्री बनाउ’

६ माघ २०७३, बिहीबार ०२:३१

माघ ६, मोरङ । पूर्वाञ्चलका क्षेत्रीय प्रशासक राजेश्वरमान सिंहले आचरण र व्यवहारलाई सेवाग्राही मैत्री बनाउन मोरङका कार्यालय प्रमुखहरुलाई निर्देशन दिनु भएको छ । 

विभागिय निर्देशनको पालना गर्दै समय पालना र नियमिततालाई ध्यान दिएर तोकिएको पोशाक र परिचय पत्र लगाउन पनि उहाँले निर्देशन दिनुभयो ।    

जिल्ला प्रशासन कार्यालय मोरङमा आज भएको कार्यालय प्रमुखहरुको बैठकमा सिंहले सबै कार्यालयहरुले प्रभावकारी समन्वय गरेर सेवाग्राही मैत्री वातावरणमा सेवा प्रवाह गर्नु पर्नेमा जोड दिनु भयो । उहाँले सार्वजनिक सेवालाई थप सक्षम, सहज, प्रभावकारी र पारदर्शी बनाउने विषयमा कुनै पनि सम्झौता नगर्न निर्देशन दिनु भयो ।      

सम्बन्धित निकायले आफ्नो जिम्मेवारी भित्र पर्ने विषयमा नियमित अनुगमन गर्नु पर्नेमा उहाँको जोड छ । विकास निर्माणका कार्यलार्य तीव्र रुपमा अगाडि बढाई ठेक्कापट्टा खरिद, निकासा लगायतका कार्य समयमै गरेर पूँजिगत खर्च बढाउन र गुणस्तरमा सम्झौता नगर्न कार्यालय प्रमुखहरुलाई उहाँको निर्देशन छ ।   

 सिंहले सबै कार्यालयले बेरुजु फर्छौटलाई प्राथमिकतामा राखेर सुशासन एवं वित्तिय अनुशासन कायम गर्नु पर्ने बताउनु भयो । उहाँले सकारात्मक नतिजा हाँसिल गर्नेतर्फ पनि केन्द्रीत बन्न कार्यालय प्रमुखहरुलाई निर्देशन दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह