१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

घरेलु उद्योगमा आकर्षित हुँदै रोल्पाली महिला

६ माघ २०७३, बिहीबार ०४:२७

माघ ६, रोल्पा । रोल्पाका महिला साना उद्योगतर्फ आकर्षित भएको देखिएको छ । 

घरेलु तथा साना उद्योग विकास समिति, रोल्पामा पछिल्ला दिनमा दर्ता भएका साना उद्योगमध्ये अधिकांश महिलाले सञ्चालन गर्ने गरी उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग विकास समिति रोल्पाका कार्यालय प्रमुख बालकृष्ण आचार्यले जानकारी दिनुभयो । 

जिल्लामा हाल फर्निचर, ग्रिल, अल्लो कपडा, मह उत्पादन, सिलाइ कटाइ, बाख्रापालन, कुखुरापालन, झोला, बेकरी, होटल र कम्प्युटर प्रशिक्षणलगायत गरी एकहजार तीनसय ६० वटा उद्योग दर्ता भएको भए पनि असङ्गठित रुपमा थप दुई हजारभन्दा बढी उद्योग सञ्चालन भइरहेको घरेलु तथा साना उद्योग विकास समिति, रोल्पाले जनाएको छ । 

महिलाले सञ्चालन गरेका उद्योग दिगो रहने र प्रायः घाटामा पनि नगएका कारण उनीहरु आकर्षित हुँदै गएको बताइएको छ । महिलालाई उद्यमतर्फ थप आकर्षण गर्न सरकारले बिना धितोमा रु एकलाखदेखि पाँच लाखसम्म ऋणसमेत दिने गरेको कार्यालय प्रमुख आचार्यले जानकारी दिनुभयो । 

उद्यमीमध्ये करिब २५ प्रतिशत वैदेशिक रोजगारीमा गई फर्केका रहेको बताइएको छ । घरेलु तथा साना उद्योग विकास समिति तथा अन्य निकायवाट तालिम लिई उद्यम सञ्चालन गरिरहेका समेत जिल्लामा करिब तीन हजारभन्दा बढीले प्रत्यक्ष र त्योभन्दा ठूलो सङ्ख्याले अप्रत्यक्ष रोजगारी पाइरहेको कार्यालय प्रमुख आचार्यले जानकारी दिनुभयो । 

उद्यमी र उद्योगको सङ्ख्या वृद्धि सँगै जिल्लामा चालु आर्थिक वर्षको ६ महिनामा रु ४० लाखभन्दा बढी राजस्व जम्मा भएको तथा यो दर अघिल्लो वर्षको सोही अवधिको तुलनामा शतप्रतिशत वृद्धि भएको घरेलु तथा साना उद्योग विकास समिति, रोल्पाले बताएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह