महेन्द्र केसी पर्वत । राष्ट्रिय बालशिक्षा सदन अंग्रेजी आवसिय माध्यमिक विद्यालय कुश्मामा खेलकुद"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... महेन्द्र केसी पर्वत । राष्ट्रिय बालशिक्षा सदन अंग्रेजी आवसिय माध्यमिक विद्यालय कुश्मामा खेलकुद"/>
१३ माघ २०८२, सोमबार
पर्बत - PBT

राष्ट्रिय बालशिक्षा सदनमा खेलकुद सप्ताह शुरु

६ माघ २०७३, बिहीबार ०४:५७

महेन्द्र केसी पर्वत । राष्ट्रिय बालशिक्षा सदन अंग्रेजी आवसिय माध्यमिक विद्यालय कुश्मामा खेलकुद सप्ताह शुरु भएको छ । विद्यार्थीहरुको शारिरिक, मानसिक, बौद्धिक तथा संबेगात्मकको बृद्धि र विकासको लागि खेलकुद सप्ताहको आयोजना गरेको विद्यालयले जनाएको छ । 

खेलकुद विकास समिति पर्वतका अध्यक्ष प्रेम गुरुङले मंगलबार उक्त कार्यक्रमको उद्घाटन गरे । उनले खेलकुद मानिसहरुको लागि अपरिहार्य भएको र खेलकुदको माध्यमबाटनै नै एकता र सदभावका साथै अन्तराष्ट्रिय स्तरमा समेत देशको पहिचान बढाउने सक्ने माध्यम भएको बताए । गुरुङले खेलको माध्यमबाटनै व्यक्तित्व र राष्ट्रिय पहिचान हुने र यसले स्वास्थ्यलाई पनि निकै मजबूत बनाउने तर्क गरे ।

कार्यक्रममा गुरुङले जिल्लाको खेलकुद विकासको लागि आवश्यक पूर्वधार निर्माण कार्य अगाडि बढिरहेको बताए । उनले गत बर्ष १ करोड बराबरको लागतका खेल मैदान निर्मण तथा मर्मत कार्य भएको र अहिले पनि ७० लाख बराबरको लागतमा खेलकुद विकासको लागि आवश्य पूर्वधारहरु निर्माण गर्ने तयारी भैराखेको बताए । उनले अबको केहि महिनामै जिल्लामा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको आयोजना समेत हुने बताए ।

विद्यालयका प्रिन्सिपल रामकृष्ण रेग्मीले बालबालिकाकाहरुलाई खेलकुदको माध्यमबाट बौद्धिक एवं नैतिक अनुशासन शिक्षा प्रदान गर्नको लागि खेलकुद सप्ताहको आयोजना गरेको बताए । उनले यहि माघ ६ गतेदेखि ९ गतेसम्म हुने खेलकुद सप्ताहव्यापी कार्यक्रममा विद्यालयमा रहेका विभिन्न हाउस र विद्यार्थीहरुविच प्रतिस्पर्दा हुने जनाए ।

सप्ताहव्यापी कार्यक्रममा कक्षा ६ देखि १० सम्म एथलेक्टिस, व्याडमिण्टन सिंगल र डबल, फुटबल, भलिबल, क्रिकेट, चेस, कर्वडी लगायतका खेलहरु हुनेछन् । एथलेक्टिस अन्तरगत १ सय मिटर दौड, २ सय मिटर दौड, ४ सय मिटर दौड, ८ सय मिटर दौड, १५ सय मिटर दौड, हाइजम्प, लङजम्प सटफुट, जबेलिङ थ्रो, एक सय मिटर र ४ सय मिटर रिले दौड हुनेछन् । यी खेलहरु छुट्टाछुट्टै छात्रछात्रा इभेन्ट हुनेछ ।

त्यसैगरी नर्सरी देखि पाँच कक्षा सम्मका विद्यार्थीहरुलाई लक्षित गरी स्पोन रेस, इनआउट, तातो आलु, स्वीट रेस, म्याथमेटिकल रेस, निडल रेस, ब्रेक बेलुन, म्यूजिकल चियर, चेस र कर्बडी हुने खेल संयोजक तथा विद्यालयका भाइस प्रिन्सिपल थानेश्वर ढकालले जानकारी दिए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष रुद्र प्रसाद शर्माले बालबालिकाको व्यक्तित्व विकासको लागि खेलकुदले ठूलो टेवा पुग्ने बताए । उनले खेलको माध्यमबाट विद्यार्थीले आत्मानुशासनको पालना र जितको लागि प्रतिस्पर्दा गर्नुपर्ने रहेछ भन्ने सोचको विकास गर्ने बताए ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह