१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

भक्तपुरका भूकम्पपीडितको गुनासो- ‘खातामा पैसा आएन’

६ माघ २०७३, बिहीबार ०८:५३

माघ ६, भक्तपुर । अनन्तलिङ्गेश्वर नगरपालिका–६ सिरुटारका विक्रम श्रेष्ठले थिमिस्थित वाणिज्य बैंकमा खाता खोलेको दुई महिना बित्यो । 

भूकम्पपीडितको लाभग्राही सूचीमा परेपछि अनुदान सम्झौता गरेलगत्तै एकसातामै रकम पहिलो किस्ताको रु ५० हजार खातामा पठाइदिने भनेपछि हतारिएर खाता खोले पनि अझै रकम नआउँदा निराश भएका छन् । 

विगत २१ महिनादेखि जस्ताको टहरामा बस्दै आएका श्रेष्ठ परिवार अनुदान आउने टुङ्गो नलागेपछि जग्गा बिक्री गर्ने निर्णयमा पुगेका छन् । सरकारले अनुदान दिएपछि घर बनाउन सुरु गरौँला भनेर बसेका भक्तपुरका आधाभन्दा बढी भूकम्पपीडित पहिलो किस्ताको रकम कहिले वितरण गर्ने भन्ने टुङ्गो नलागेपछि निराश भएका हुन् । 

नगरकोट नगरपालिका ताथलीका रोशन गिरीको परिवार अनुदानको आशामै रहेर घर बनाउन सुरु नगरेको बताउँछन् । उहाँ भन्नुहुन्छ – “अनुदान वितरण सुरु गरेपछि घर बनाउन सुरु गरौंला भनेर बसेका छौँ, तर खै कहिले आउँछ पत्तो छैन, घर नबनाई यसवर्षको जाडो पनि बित्ने भो ।” 

सरकारले दिने अनुदानले मात्रै घर बनाउन नपुग्ने भएपछि धेरै भूकम्पपीडितले जग्गा बिक्री गर्न थालेका छन् । सरकारले दिएको अनुदान रकममा थप गरेर घर बनाउने योजनामा पुगेका कतिपय भूकम्पपीडितले अनुदान आउनुअघि नै घर बनाए अनुदान रकम नै नपाइएला भन्ने डरले घर नबनाइ बसेका छन् । 

सिपाडोलका भूकम्पपीडित रामशङ्कर श्रेष्ठले सरकारले दिने अनुदान रकम लिन बैंकमा खाता खोलेको दुई महिना बिते पनि रकम नआएपछि घर बनाउन जग्गा बिक्री गरेको बताउनुभयो । 

भक्तपुरमा सुरुमा ३३ हजार ६९६ परिवार भूकम्पपीडित रहेको तथ्याङ्क रहे पनि पुनः सर्वेक्षणमा पुनःनिर्माण प्राधिकरणले लाभग्राहीको सूचीमा रहेका २६ हजार १६ परिवारको विवरण जिल्लामा पठाएको छ । 

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना एकाइ कार्यालयले स्थानीय निकायमार्फत भूकम्प प्रभावितलाई पहिलो किस्ता रकम वितरण गर्न अख्तियारी पाए पनि वैदेशिक सहायताको रकम फुकुवाको निकासा आउन ढिला हुँदा पहिलो किस्ताको अनुदान पनि वितरण गर्न नपाएको स्थानीय विकास अधिकारी धु्रवप्रसाद कोइरालाले बताउनुभयो । 

जतिसक्दो छिटो रकम निकासा गर्न ताकेता गरेको बताउँदै उहाँले अब केही दिनभित्रै निकास आउने र रकम वितरण गर्ने बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह