१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

प्रहरी जवान आधारभुत तालिम दिक्षान्त समारोह बर्दघाटमा सम्पन्न

६ माघ २०७३, बिहीबार १२:४८

रामु भुषाल/माघ ६, बर्दघाट । शसस्त्र प्रहरी बल युक्ती तालम महा विद्यालय बर्दघाट नवलपारसीको आयोजनामा सिसं २२५ ख शसस्त्र प्रहरी जवान आधारभुत तालिम दिक्षान्त समारोह आज विद्यालयमा सम्पन्न भएको छ । 

शसस्त्र प्रहरी नायक महानिरिक्षक राम सरण पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न दिक्षान्त समारोहमा २०७२ फागुन १६ गतेदेखी सुरु भएको तालिमको १० महिनाको तालिम पश्चात प्रशरी जवानहरु दिक्षित भएका हुन । 

कुल ९९ सय सहभागि मध्य तालिमको दौरानमा विभिन्न कारणले तिन जना तालिमबाट घट्न गइ ९६ जनाले सफलतापुर्वक तालिम सम्पन्न गरेका छन । उक्त समारोहमा प्रमुख अतिथिको रुपमा बोल्दै शसस्त्र प्रहरी नायक महानरिक्षक राम सरण पौडेलले शसस्त्र प्रहरी एक अर्ध सैनिक संगठन भएको र जस्तो सुकै विषम परिस्थितीमा पनि देश र जनताका लागी समर्पित भइ कार्य गर्दै आएको शसस्त्र प्रहरी अब पनि आफुभन्दा माथि उठी देश र जनताका लागी सदैव लाग्नुपर्ने बताउनुभयो । 

कार्यक्रममा शसस्त्र प्रहरी बरिष्ट परिक्षक विद्यालयका समादेसक गोविन्द क्षेत्रीले दिक्षित जवानलाई सपथ गराउदै राष्ट्रको कुना कुनामा पुुगी शसस्त्र प्रहरीले विकास निर्माणदेखी आम जन गुनासा र जनताका पिरमर्कामा सदैव साथ दिएको र आगामी दिनमा पनि शसस्त्र प्रहरी जनताका लागी  सहयोगन गर्न कुनै कसर बाकी नछोड्ने बताउनुभयो । 

कार्यक्रममा स्वागत मन्तब्य सहित तालिम सम्बन्धी र सांगठनिक प्रतिबेदन शसस्त्र प्रहरी उपरिक्षक विद्यालयका सह समाबेसक नवराज अर्यालले प्रस्तुत गर्नुभयो । २०५८ साल बैशाख २५ गते सिन्धुपाल्चोक जिल्लाको ठुलो पाखर गाविस डाडा पाखरमा रहेको नेपाल प्रहरीको तत्कालिन शसस्त्र प्रहरी तालिम महा विद्यालय नै शसस्त्र प्रहरी बलमा हस्तान्तरित भइ २०५८ साल फागुन नौ गते डाड पाखरबाट कास्कीको पोखरा उपमहानगरपालिका १८ लामपाटनमा स्थानान्तरण भइ २०६१ मसिंर १६ गते मन्त्रि स्तरको निर्णय अनुसार नवलपरासी जिल्लाको साविक माकर गाविस वडा नम्बर ४ हाल बर्दघाट ४ मा स्थानान्तरण भइ शसस्त्र प्रहरी बल युक्ती तालिम महाविद्यालय सञ्चालन भइरहेको छ ।

 विद्यालयले पशिक्षण ब्यवस्थापन, दक्ष जनशक्ती उत्पादन गर्न आधारभुत तालिम र विभिन्न पेसागत उन्नत तालिमहरु सञ्चालन गर्दै आइरहेको छ । दिक्षान्त समारोहमा पशिक्षार्थीहरुले आ आप्नो कला कौशल, कवाज लगाएत प्रदर्शन गरेका थिए । 

कार्यक्रममा विभिन्न सरकारी कार्यालयका प्रमुख, सुरक्षा नियका प्रमुख, विभिन्न राजनितिक दलका प्रतिनिधि, विभिन्न संघ सस्थाका प्रतिनिधि, समाजसेवी, बुद्धिजिवि, प्रशिक्षार्थीको अभिभावक, पत्रकार लगाएतको उपस्थिती रहेको रहेको कार्यक्रमको सञ्चालन शसस्त्र प्रहरी निरिक्षक भिमसेन बोहोराले गर्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह