जितेन्द्र खत्री/माघ ६, सन्धिखर्क । मानिसहरु रोजगारीका लागी परापुर्वककाल देखी नै एक ठाउँबाट अर्को ठाउँमा आवज जावत गर्दै आईरहेका छन् । 

रोजगारीका लागी व"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जितेन्द्र खत्री/माघ ६, सन्धिखर्क । मानिसहरु रोजगारीका लागी परापुर्वककाल देखी नै एक ठाउँबाट अर्को ठाउँमा आवज जावत गर्दै आईरहेका छन् । 

रोजगारीका लागी व"/>

2026-08-29 08:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

एड्स लाग्दैमा मान्छे मर्दैन

जितेन्द्र खत्री/माघ ६, सन्धिखर्क । मानिसहरु रोजगारीका लागी परापुर्वककाल देखी नै एक ठाउँबाट अर्को ठाउँमा आवज जावत गर्दै आईरहेका छन् । 

रोजगारीका लागी वा व्याक्तीगत कामका लागी एक ठाउँबाट अर्को ठाउँमा जान पाउनु हरेक व्याक्तीको अधिकार हो । यसरी कामका लागी आवत जावत गरीरहदा सम्वन्धित व्याक्ती सुरक्षीत रहन एड्सको वारेमा आवश्यक जानकारी पाउनु पर्दछ ।

पछिल्लो समयमा नेपालमा दिन प्रतिदिन एचआई भी एड्सको संख्या  बढ्दै गएको पाईएको छ । रोजगारीका लागी भारत जाने नेपाली पुरुषहरुको संख्यामा कमी भएपनि अशिक्षा, अज्ञानता, स्वास्थ्य शिक्षाको अभाव, सुरक्षीत यौन सम्पर्क आदीको कमीले रोगीहरुको संख्या बढ्दै गएको छ । यसको प्रभाव अर्घाखाँचीमा पनि निकै डरलाग्दो छ । 

पछिल्लो समयमा अर्घाखाँचीमा एच आई भी संक्रमितको संख्या १६० पुगेको छ । यी मध्ये ४० जनाको मृत्यु भईसकेको छ भने १२० जना जिबितै रहेका छन् । संक्रमितहरु मध्ये धेरै विवाहित महिला, दलित, जनजाती रहेका छन् । 

जसमध्ये ठाडा, मरेङ्ग, खाँचीकोट, हंसपुर, वल्कोट, अड्गुरी र अर्घातोष, अच्च जोखीममा रहेको सक्रीय सेवा समाज अर्घाखाँचीका टिम लिडर कृष्ण धितालले जानकारी दिनुभयो । धन कमाई परिवारलाई सुख दिने उदेश्यले भारत जानुभएका श्रीमनाले पैसाको सट्टा एचआई भी लिएर आई श्रीमतीलाई संक्रमीत बनाई उहाँ यो संसार बाट बिदा हुनुभयो । अब मैले यी छोरा छोरी लाई कसरी लेख पढ गराउने बिहान साँझ कसरी छाक टार्ने भन्ने पिरलोले सताई रहेको छ । 

एचआई भी संक्रमित पार्वती वन्जाडेले भावुक हँुदै भन्नुभयो । सुरुमा घर परिवार श्रीमान सँगै काठ्माण्डौ चेक अफ्को लागी गईयो मलाई घर परिवारले रिपोर्ट देखाउनु भएन पछि श्रीमानको मृत्यु भयो म आफै छोरा छोरीलाई सँगै लिएर बुटवल गए चेक आफ् गराए । मलाई संक्रमण देखीयो छोराछोरीलाई देखीएन । 

छोराछोरी सानै थिए घरमा छाडेर म यसको औषधी के हो कहाँ पाईन्छ त भनेर म र वुवा बुटवल गयौँ एचआई भी संक्रमितको क्षेत्रमा काम गर्ने संस्थाहरु खोजीयो कपिलवस्तुमा सक्रीय सेवा समाज नामक संस्था भेटाईयो । म कपिलवस्तुमै बसेर पन्ध्र सयमा परिवार नियोजन संघमा भोलीन्टीयर भएर काम गर्न थाले । 

सक्रीय सेवा समाज कपिलवस्तुका तिलक खड्का सँगै गाउँगाउँमा एचआई भी एड्स सम्वन्धि प्रचार प्रसार तथा अन्तरक्रीया कार्यक्रममा हिडियो । म जस्ता धेरै संक्रमितहरु सँगै काम गर्दा मलाई एचआई भी संक्रमीत भएकोे जस्तो लाग्दैनथ्यो मैले कत्तीपनि पिर चिन्ता नगरी काममा व्यस्त हुन्थे ।  

करीब सात महिना कपिलवस्तुमै बसेर काम गरे त्यसपछि म कार्यक्रमकै दौरानमा अर्घाखाँचीमा आए । तत्कालीन जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख डा चित्र प्रसाद वाग्लेले जिल्लामा खुलेर काम गर्न चाहनुहुन्छ भने जिल्लामा बसेर काम गर्न वातावरण हामी बनाईदिन्छौ भनेपछि म जिल्लामै बसेर २०६४ सालमा विश्व एड्स दिवसको दिन देखी जिल्लामा खुलेर काम गर्न लागे । पहिले घरघरमा खोज्दै हिड्नु पथ्र्याे अहिले सामान्य लक्षण देखीदा पनी आफै सम्पर्क गरी संस्थामा आउने गरेको वन्जाडेको भनाई छ । 

अहिले जिल्लामै यसको सम्पुर्ण चेक जाँच हुने भएकोले जिल्ला बाहीर धाउन नपर्ने उहाको भनाई छ । उहाँ संत्ररमी भएको १२ वर्ष पुगीसकेको छ । उहाँ अहिले पनि यसै क्षेत्रमा काम गर्दै जनचेतना बाँड्दै जिल्लामा हिड्नुभएको छ । 

बन्जाडे भन्नुहुन्छ, एड्स लाग्दैमा मान्छे मर्दैन संक्रमितले चिन्ता नलीई लामो समय सम्म एआरभी र पोसीलो खाना खाएमा नियमित रुपमा चेक जाँच गरेमा संक्रमित व्याक्ती व्यस्त भएमा एचआईभी रोकथाम, तथा कम गर्न सकिन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो