रासस । माघ ६ डडेल्धुरा । डडेल्धुराको अशिग्राम गाविसको भेटा गाउँका १५ घर परिवार मुक्त हलिया साहुबाट मुक्त भएपछि जङ्गलको बास बस्न बाध्य भएका छन । साहुबाट मुक्त भएपनि पुर्नःस्थापना नहुँदा भेटा गाउँका मुक्त हलिया ५ वर्षदेखि जङ्गलमा बस्न बाध्य भएका हुन । पाँच वर्षका लागि "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रासस । माघ ६ डडेल्धुरा । डडेल्धुराको अशिग्राम गाविसको भेटा गाउँका १५ घर परिवार मुक्त हलिया साहुबाट मुक्त भएपछि जङ्गलको बास बस्न बाध्य भएका छन । साहुबाट मुक्त भएपनि पुर्नःस्थापना नहुँदा भेटा गाउँका मुक्त हलिया ५ वर्षदेखि जङ्गलमा बस्न बाध्य भएका हुन । पाँच वर्षका लागि "/>
१६ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

पुर्नःस्थापना नगरिदा डडेल्धुराको अशिग्रामका मुक्त हलियाहरु जङ्गलकै बास

६ माघ २०७३, बिहीबार १६:३८

रासस । माघ ६ डडेल्धुरा । डडेल्धुराको अशिग्राम गाविसको भेटा गाउँका १५ घर परिवार मुक्त हलिया साहुबाट मुक्त भएपछि जङ्गलको बास बस्न बाध्य भएका छन । साहुबाट मुक्त भएपनि पुर्नःस्थापना नहुँदा भेटा गाउँका मुक्त हलिया ५ वर्षदेखि जङ्गलमा बस्न बाध्य भएका हुन । पाँच वर्षका लागि डडेल्धुरा जिल्ला वन कार्यालयले उपलब्ध गराएको कबुलियती वनमा १५ घर परिवार मुक्त हलिया टहरामा कष्टपूर्ण जीवन जिउन बाध्य भएका छन । उक्त कार्यालयसँग गरेको सम्झौता अवधि समेत सकिएको अशिग्रामका मुक्त हलिया भोजबहादुर सार्कीले बताउनु भएको छ ।

        चिसोसँगै ओढ्ने बिछ्याउने र लगाउने न्यानो लुगाको अभावमा मुक्त हलियाको जनजीवन झनै कष्टकर बनेको मुक्त हलिया सार्कीको भनाइ छ । चिसो मौसमसँगै न्यानो लुगा नभएपछि आफूहरुलाई रात बिताउन समस्या भएको उनीहरुको गुनासो छ । चिसोका कारण सो समुदायमा बढी जसो बालबालिका र वृद्धवृद्धा मारमा परेका छन । साँझ बिहान छाक टार्नका लागि समेत समस्या हुने गरेको अर्का मुक्त हलिया लालबहादुर सार्कीको गुनासो छ । सुदूरपश्चिम र मध्यपश्चिमका १२ जिल्लामा १९ हजार ५९ मुक्त हलियामध्ये एक हजार ५०० घर परिवारको आफ्नो घर समेत नभएको मुक्त हलिया समाज महासङ्घ डडेल्धुराले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य घट्यो अवरुद्ध महेन्द्र राजमार्ग २४ घण्टापछि सञ्चालन आजको मौसमकोः तराईमा हुस्सु, हिमाल–पहाडमा आंशिक बदली ठूला र पुराना लोकतान्त्रिक शक्तिले नै देशको नेतृत्व गर्ने हो : अध्यक्ष ओली ग्यासको बुलेट उठाउन नसक्दा अझै खुलेन पूर्व–पश्चिम महेन्द्र राजमार्ग साउदी अरेबियाद्वारा यमनको बन्दरगाहमा हवाई आक्रमण, अबु धाबीलाई चेतावनी यस्तो छ, समानुपातिकको बन्द सूची चोरी गरेको ६५ लाख रकमसहित केसी पक्राउ दुई लाख ४३ हजार मेट्रिक टन रासायनिक मल वितरण युवाले चाहेजस्तो देश निर्माणमा अग्रसर छौँः प्रधानमन्त्री पूर्वराष्ट्रपतिद्वय यादव र भण्डारीबीच भेटवार्ता सडक मर्मतमा ढिलाइ गरिए निर्माण व्यवसायीले ‘पेनाल्टी’ तिर्नुपर्ने हुन्छः मन्त्री घिसिङ मोटरसाइकल दुर्घटनामा घाइते भएका चालकको मृत्यु सन् २०२५ः अत्यन्त तातो वर्ष दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् घाइते राष्ट्रिय च्याउ दिवसः नेपालमा एक हजार १५० प्रजातिका च्याउ, सय प्रजातिका विषालु राजनीतिक स्थिरता र दिगो लोकतन्त्रका पक्षमा निर्वाचनः प्रधानमन्त्री खालिदा जियाको निधनमा शेख हसिनाद्वारा शोक व्यक्त कुल चौँसट्ठी दलले बुझाए समानुपातिकको बन्द सूची पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध