पूर्णबहादुर खड्का/माघ ७, अछाम । बयालपाटा अस्पतालले शुक्रबारबाट माटाको घरबाट आफ्ना स्वास्थ्य सेवा सुरु गरेको छ । 

अस्पताल परिसरमा नयाँ अन्तरंग विभा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पूर्णबहादुर खड्का/माघ ७, अछाम । बयालपाटा अस्पतालले शुक्रबारबाट माटाको घरबाट आफ्ना स्वास्थ्य सेवा सुरु गरेको छ । 

अस्पताल परिसरमा नयाँ अन्तरंग विभा"/>

१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछाममा माटाका घरबाट बिरामीको उपचार सुरु

७ माघ २०७३, शुक्रबार ०९:५३

पूर्णबहादुर खड्का/माघ ७, अछाम । बयालपाटा अस्पतालले शुक्रबारबाट माटाको घरबाट आफ्ना स्वास्थ्य सेवा सुरु गरेको छ । 

अस्पताल परिसरमा नयाँ अन्तरंग विभागको निर्माण कार्य सम्पन्न भएपछि सो भवनबाट सेवा सुरु गरिएको हो । अब देखी भर्ना भएका बिरामीलाई नयाँ भवनमा राखिने अस्पतालका निमित्त मेडिकल निर्देशक डाक्टर सन्तोष कुमार ढुंगानाले बताए । आजबाट बिरामीहरुलाई नयाँ भवनमा सारिएको छ । 

३४ वटा बेड सहितको सुबिधायूक्त भवनबाट बिरामीले सेवा पाउने भएका छन । स्वास्थ्य मन्त्रालयबाट यसअघि १५ वटा बेड मात्र संचालनको स्वीकृती पाएको अस्पतालले हाल ५० बेड संचालनको स्वीकृतीको लागी काम भईरहेको बताइृएको छ । नयाँ भवन निर्माण भएसंगै अस्पतालमा अब थप ५० वटा बेड संचालनमा आउने भएका छन । नयाँ निर्माण भएको भवनमा ३४ वटा बेड राखिएका छन भने बाँकी बेडहरु पुरानो भवनमा रहेका छन । 

यस भन्दा अगाडी बेडको अभावमा कम बिरामीलाई मात्र अस्पतालमा भर्ना गर्नुपर्ने अवस्था रहेको थियो, निमित्त मेडिकल निर्देशक डाक्टर ढुंगानाले भन्नुभयो अब नयाँ भवनमा बेड थपिएपछि बिरामीले निकै राहत पाउनेछन । 

अस्पतालले आफ्ना सबै किसिमका सेवाहरुलाई प्रभावकारी बनाउन नयाँ संरचनाको निर्माण कार्यलाई तिव्रता दिएको उहाँको भनाई छ । अस्पतालको प्रशासन सेवा पनि आजैबाट नयाँ भवनमा सरेको छ भने यसका साथै अन्य विभागहरु पनि निर्माण कार्य सकिएसंग बिस्तारको काम भईरहेको छ ।  

अछाम जिल्लामा निरन्तर सेवा दिईरहेको न्याय हेल्थ नेपालद्धारा संचालित बयालपाटा सामुदायिक अस्पतालले हाल विभिन्न प्रकारका गरी १२ भन्दा बढी किसिमका सेवाहरु निशुल्क रुपमा प्रदान गर्दै आईरहेको छ । 

सन् २००९ बाट न्याय हेल्थ नेपालले बयालपाटा अस्पतालमा मार्फत आधारभुत सेवाहरु प्रदान गर्न सुरु गरेको थियो ।  अस्पताललले हाल बाहिरंग सेवा, २४ सै घण्टा अन्तरग, आकस्मिक, आधुनिक प्रयोगशाला, डिजिटल एक्सर, ब्लड बैँक तथा दन्त सेवाहरु प्रदान गर्दै आईरहेको छ भने शल्यक्रिया मार्फत प्रसुती सेवा, हर्निया तथा हाईड्रोशिल र एपेन्दिसको आकस्मिक सर्जरी, हाडजोर्नीका सर्जरीहरु निशुल्क प्रदान गर्दै आएको अस्पतालका मेडिकल निर्देशक डाक्टर बिकाश गौचनले बताए । 


अस्पतालले मानसिक स्वास्थ्य सेवा पनि संचालन गर्नुका साथै स्वास्थ्य मन्त्रालयबाट संचालित कार्यक्रमहरु पनि संचालन गरिरहेको छ । सुरक्षित मातृत्व सेवा, सुरक्षित गर्भपतन सेवा, टि.बी. एचआईभी एड्स, कुपोषण, कुष्ठारोग, खोप आदी कार्यक्रम संचालन गरिहरेको छ । बिरामीहरुका लागी अस्पतालले नेपाल सरकारबाट उपलब्ध हुने ७० प्रकारका निशुल्क औषधी बाहेक २०० प्रकारका अन्य औषधी पनि उपलब्ध गराउने व्यवस्था गरेको छ । 

फोटो १- ऋन्तरंग विभागमा भर्ना भएका बिरामीहरुका लागी तयार गरिएका बेडहरु । 
फोटो २- नयाँ निर्माण भएको अन्तरंग विभाग ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह