२०८३, ७ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

रक्तदानपछि मृत्युको मुखमा पुगेकी सुत्केरीको ज्यान जोगीयो

२०७३, ८ माघ शनिबार ०७:०७

नन्द बहादुर रोकाया/माघ ८, मुगु । जिमा गाउँ बिकास समिती वडा नम्बर ७ की सृजना मल्ल शाहीको पाचँ दिन अघि ६ महिनाको गर्भ झरेको र रक्तश्राव ३ दिनसम्म नरोकिएपछि शुक्रबार जिल्ला अस्पतालमा ल्याईएको थियो । 

शिशु जन्मिएबाट अत्याधिक रक्तश्रावका कारण मृत्युको मुखमा पुगेकी सिजनाको नेपाली सेनाका एक जवानले रक्तदान गरेर ज्यान जोगाएका छन् । शुक्रबार जिल्ला अस्पताल ठिनीमा भगवती दल गण बेश क्याम्पमा कार्यरत जवान कृष्ण कुमार श्रेष्ठले रक्तदान गरेर मृत्युको मुखमा पुगेकी सृजना को ज्यान जोगाई दिइए । 

विरामीको शरिरमा रगतको मात्रा कम भएको जनाउदै आवश्यक रगतको व्यवस्थाका लागि जिल्ला प्रहरी कार्यालय, नेपाली सेना र रेडक्रस मुगुलाई लाई जिल्ला अस्पतालले जानकारी समेत दिएको थियो । 

भगवती दल गण सदरमुकाम सुरक्षा वेश क्याम्प गमगढीमा कार्यरत नेपाली सेनाका जवान कृष्णकुमार श्रेष्ठले एक पोईन्ट रगत दान गरेपछि विरामीको स्वास्थ्य अवस्थामा सुधार आएको जिल्ला अस्पताल मुगुले जनाएको छ । अत्याधिक रक्तश्रावका कारण बिरामीको शरिरमा रगतको मात्रा ६ दशमलव शुन्य ५ मात्र रहेको जिल्ला स्वास्थ्य कार्यालय मुगुका निमित्त कार्यालय प्रमुख निरक शर्माले जानकारी दिनुभएको छ ।

आज विहानसम्म विरामीको स्वास्थ्यमा सुधार नआएपछी थप उपचारको लागि नेपालगञ्ज वा सुर्खेत लैजाने तयारी गरिरहेको सिर्जनाका दाजु सुर्यबहादुर बमले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ