महेन्द्र केसी पर्वत । पश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा पाँचौ पर्वत महोत्सव शुरु हुनको लाग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... महेन्द्र केसी पर्वत । पश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा पाँचौ पर्वत महोत्सव शुरु हुनको लाग"/>
१३ माघ २०८२, सोमबार
पर्बत - PBT

पाँचौं पर्वत महोत्सव नजिकिदै बेहुलीझैँ सजिदैँ कुश्मा

८ माघ २०७३, शनिबार ०९:३५

महेन्द्र केसी पर्वत । पश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा पाँचौ पर्वत महोत्सव शुरु हुनको लागि अब ५ दिनमात्रै बाँकी छ । महोत्सव नजिकिदै गरेसँगै जिल्लाको कुश्मा बजार दुलही सझिएझै चिटिक्क परेकी छन् । चोक तथा गल्लीहरु झकिझकाउ बनेका छन् । 


कुश्मा बजारका मुख्य प्रवेशद्वार, चोक, गल्लीगल्ली यतिबेला ध्वजापतङ्गाले सझिसझाउ  भएका छन् । ठाउँठाउँमा व्यानर, पोष्टर तथा विभिन्न खाले प्रचारप्रसारका सामग्रीहरुले कुश्मा बजारको मुहारै फेरिएको छ । कुश्मा बजार यतिबेला दुलही अन्माउनको लागि तयारी पारिएको मण्डप जस्तै बनेको छ ।


यहि माघ १३ गतेदेखि २२ गतेसम्म हुन लागेको महोत्सवको तयारी लगभग पूरा भैसकेको छ । आयोजकका अनुसार महोत्सवको तयारी ९० प्रतिशत पुरा भएकोे छ । महोत्सवलाई सफल तुल्याउन र महोत्सवलाई आर्थिक रुपमा समृद्ध बनाउनको लागि महोत्सव आयोजक समितिले विभिन्न ४६ वटा उपसमिति बनाए काम गरिरहेको छ । 


महोत्सवमा दुइ लाख दर्शक भित्राउन लक्ष्यका साथ आयोजना हुन लागेको पाँचौ पर्वत महोत्सवमा ४ करोड बराबरको कारोबार हुने आयोजक समितिले जनाएको छ । महोत्सवमा २ सय वटा स्टल राखिएको छ जसका विभिन्न लघुउद्यम, विज्ञान, कृषि, महिला तथा सचेतना सम्बन्धीका स्टलहरु तथा विभिन्न फेन्सीका स्टलका साथै रेष्टुरेन्टहरु रहने आयोजक समितिले जनाएको छ ।

त्यस्तै महोत्सवमा अस्ट्रीच, ऊट र चौरीगाईको समेत स्टलहरु रहनेछन् भने रमाइलो मेला समेत  हुने आयोजकले जनाएको छ । साथै महोत्सवमा राष्ट्रिय कलाकार तथा स्थानीय कालकारहरुको बेजोड प्रस्तुती रहनेछ । महोत्सवमा जलयात्रा, प्याराग्लाइडिङ लगायतका सहासिक मनोरञ्जनका कार्यक्रमहरु समेत हुनेछन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह