२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोटमा शिघ्रकुपोषणको डरलाग्दो अवस्था

२०७३, ९ माघ आईतवार ०५:५४

माघ ९, कालिकोट । जिल्लामा सिघ्र कुपोषणको डरलाग्दो अवस्था रहेको जिल्ला स्वास्थ्य कार्यालय कालिकोटले रिपोर्ट सार्वजनिक गरेको छ । 

जिल्लामा रहेका छ महिना देखि ५ बर्ष मुनिका करिव ३ हजार ६ सय २५ बालबालिकाहरुमा गरिएको चेकजाच तथा स्वास्थ्य परिक्षणमा करिव २० प्रतिशत बालबालिकाहरुमा कडाकुपोषण रहेको जिल्ला स्वास्थ्य पोषण कार्यक्रमका फोकल पर्शन कटक महतले बताउनु भएको छ ।

सिघ्र कडा कुपोषण भएका बालबालिकाहरुको स्वास्थ्य उपचारका लागि प्रभाववित क्षेत्रका ८ वटा केन्द्र जिल्ला अस्पताल मान्म, प्राथमिक स्वास्थ्य केन्द्र कुमालगाउ, स्वास्थ्य चौंकी मेहलमुडी, स्वास्थ्यचौकी स्यूना, स्वास्थ्यचौकी धौलागोह, स्वास्थ्यचौकी राचुली, स्वास्थ्यचौकी गेला र स्वास्थ्य चौकी रकुमा संचालित बहिरंग सेवाबाट करिव २ सय २७ जनाले उपचार पाईसकेको र बाकी २ सय ७० जना बालबालिकाको उपचार भैरहेको महतले बताउनु भएको छ ।

सिघ्र कुपोषण भएका बालबालिका मध्य सबैभन्दा बढी करिव ६३ प्रतिशत बालिका रहेको र यसको मुल कारक तत्व लैगिंक विभेद रहेको दावी गर्नु भएको छ । कडा कुपोषण भएका बालबालिकाहरुलाई कम्तिमा ४२ दिन सम्म स्वास्थ्य संस्थामै उपचार गर्नु पर्ने भएपनि पुरा उपचार नगरी विचैमा छाड्नेहरु मध्य करिव ६६ प्रतिशत बालिकाका आफन्त समेत रहेको महतले बताउनु भएको छ ।

कुपोशित बालबालिकाहरुका आफन्तहरुले बच्चाको उपचार भन्दापनि घरायसी कामलाई प्रथामिकता दिने गरेका कारण बालबालिकाको उपचार अवधि पुरा हुन नसकेको महतको भनाई रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला