माघ ९, कालिकोट । जिल्लामा संचालित स्वास्थ्य संस्थाबाट निशुल्क उपलब्ध हुने कुनैपनि औषधी अभाव नरहेको जिल्ला स्वास्थ्य प्रमुख कौशल अलिले जिकिर गर्नु भएको छ । 
<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ९, कालिकोट । जिल्लामा संचालित स्वास्थ्य संस्थाबाट निशुल्क उपलब्ध हुने कुनैपनि औषधी अभाव नरहेको जिल्ला स्वास्थ्य प्रमुख कौशल अलिले जिकिर गर्नु भएको छ । 
<"/>
१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

स्वास्थ्य संस्थामा औषधी आर्पूतिको कुनै समस्या छैन: प्रमुख अलि

९ माघ २०७३, आईतवार ०५:५८

माघ ९, कालिकोट । जिल्लामा संचालित स्वास्थ्य संस्थाबाट निशुल्क उपलब्ध हुने कुनैपनि औषधी अभाव नरहेको जिल्ला स्वास्थ्य प्रमुख कौशल अलिले जिकिर गर्नु भएको छ । 

जिल्ला अस्पतालबाट पाईने ७० प्रकार, प्राथमिक स्वास्थ्य केन्द्रबाट पाईने ५८ प्रकार र स्वास्थ्य संस्थाबाट पाईने ३५ प्रकारको निशुल्क औषधी हाल जिल्लामा २ महिना सम्म पुग्ने गरी मौजुदा रहेको समेत जिकिर गर्नु भएको छ ।

जिल्लामा औषधी आपूर्तिका लागि स्वास्थ्य विभाग तथा औषधी ब्यवस्थापन महाशाखाले ७० प्रतिशत, क्षेत्रिय स्वास्थ्य निर्देशनालयले १० प्रतिशत र जिल्ला स्वास्थ्यले २० प्रतिशत औषधी खरिद गरी ब्यवस्थापन गर्न पर्ने ब्यवस्था भएपनि केन्द्र तथा क्षेत्रमा औषधी खरिद तथा आपूर्तिमा केही घोटाला भएको भन्दै अक्तियारले गरेको छानविनका कारण टेन्डर प्रक्रिया ढिलाई भएपनि जिल्लाका लागि आउने बजेट र स्वास्थ्य मन्त्रालय तथा अन्य निकायबाट प्राप्त आर्थिक श्रोतबाट औषधी आपूर्ति भैरहेको स्वास्थ्य प्रमुख अलिले जिविर गर्नुभयो । 

जिल्ला स्वास्थ्य कार्यालयमा केही हद सम्म औषधी भएपनि ग्रामिण भेगका स्वास्थ्य संस्थामा औषधी पाईदैन भन्दै स्थानीय वासीहरुको गुनासो किन आउछ भन्ने पत्रकारहरुको जिज्ञासाबारे बोल्दै स्वास्थ्य प्रमुख अलिले पहिलोकुरा स्थानीय वासीलाई स्थानीय स्वास्थ्य संस्थाबाट निशुल्क पाईने औषधी यो–यो हो भनि बुझाउन नसक्नु, र स्थानीय स्वास्थ्य कर्मीले पनि स्वास्थ्य संस्थामा कम्तिमा ५ बढी आईटमको औषधी नसकिए सम्म जिल्लाबाट औषधी माग नगर्नुले कहिलेकाही त्यस्तो गुनासो आएको बताउनु भएको छ ।

अझैपनि औषधी खरिदका लागि जिल्ला स्वास्थ्यमा करिव ७ लाख ९३ हजार बजेट मौजुदा रहेको र स्वास्थ्य मन्त्रालयबाट समेत थप बजेट माग गरि विनियोजन भैसकेकाले अक्तियारी आउदासाथ एक महिना भित्रै टेन्डर आह्वान सहित औषधी आपूर्तिगरी चालु आर्थिक बर्ष सम्मका लागि कुनै समस्या आउन नदिने प्रतिवद्धता समेत प्रमुख अलिले गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह