१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

विवाह बिथोल्न आएका २० जना युवा प्रहरी फन्दामा

९ माघ २०७३, आईतवार ०७:२९

माघ ९, मोरङ । मोरङको टाँडी–४ स्थित भवानी लावतीको विवाह बिथोल्ने र विवाहमा आएका पाहूनामाथि हातपात गर्ने २० जना युवालाई प्रहरीले पक्राउ गरेको छ ।

शुक्रबार राति साढे ११ बजे करिब ५० जनाको सङ्ख्यामा रहेका युवा समूहले विवाह विथोल्नुका साथै विवाह आसपासका प्रत्येक घरपरिवारलाई अश्लिल शब्द बोल्दै ज्यान मार्ने धम्की दिएको पीडितले बताएका छन् । 

उनीहरुले विवाह घरभित्र पसेर लोकन्दीहरुको कपाल जगल्टीनुका साथै कुटपिट समेत गरेको पीडितले आरोप लगाएका छन् । रातभर विवाहमा अवरोध सिर्जना गरिरहेपछि स्थानीय वासिन्दाले टाँडीस्थित अस्थायी प्रहरी चौकीमा खबर गरेका थिए । टाँडी प्रहरी चौकीबाट खटिएका प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिन नसकेपछि उर्लाबारीस्थित इलाका प्रहरी कार्यालयको प्रहरी टोली त्यहाँ पुगेर उनीहरुलाई पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा उर्लाबारी–१ का २२ बर्षिय शम्भु राई, २१ बर्षिय नविन लिङदेन, २६ बर्षिय तिलक राई, उर्लाबारी–२ का २१ बर्षिय सिमन राई, २० बर्षिय किरण लिङदेन, २१ बर्षिय प्रितम राई, २० बर्षिय दिपेश घले, १८ बर्षिय मनिष राई, उर्लाबारी–५ का २५ बर्षिय आशिष आचार्य, टाँडी–८ का १९ बर्षिय राम लिम्बु, २४ बर्षिय सारु मगर, २४ बर्षिय अशोक लिम्बु, २० बर्षिय शम्भु लिम्बु, १८ बर्षिय विशाल लिम्बु, १९ बर्षिय लक्ष्मण लिम्बु, १९ बर्षिय दर्शन खड्का, २३ बर्षिय दिशन लिम्बु, १९ बर्षिय प्रशान्त लिम्बु, मधुमल्ला–४ का १८ बर्षिय असिन लिम्बु र २० बर्षिय दिपेन राई छन् । पक्राउ परेका युवाविरुद्ध सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाइने इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह