२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिताः आज ५ हजार मिटरको छात्र/छात्रा दौड

२०७२, ४ माघ सोमबार १६:२६

दयाराम आचार्य ।
माघ ४, नवलपरासी । राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिता अन्र्तगत आज बिविध खेल सम्पन्न भएका छन ।आज ५
हजार मिटरको छात्र/छात्रा दौड,छात्रा सटफुट र छात्र लन्जम्प तर्फको फाईनल खेल सम्पन्न भएका छन

आज भएको छात्रा ५ हजार मिटरको दौडको फाईनल प्रतियोगितामा नेपाल राष्ट्रिय माध्यामिक बिद्यालय
नर्सहीका टिका प्रसाद श्रेष्ठ प्रथम,राष्ट्रिय उच्च माध्यमिक विद्यालय छिवनीका अमित हरीजन द्धितिय र
जनता उच्च माध्यामिक विद्यालय डैनहवा का मनोज गौड तृतिय भएका छन ।

यस्तै ५ हजार मिटर छात्रा दौड तर्फ जनता उच्च मावि मगरकोटका दोलमाया महत्तो प्रथम,जनजागृति
उच्च मावि गुठि प्रसौनीका गुडिया गुप्ता द्धितिय र नेपाल राष्ट्रिय उच्च मावि नर्सहीका पुजा पासी तृतिय
भएका छन ।

यस्तै आज भएको छात्र लङजम्पको फाईनल प्रतिस्पर्धामा
राष्ट्रिय उच्च मावि छिवनीका खडानन्द मुखिया प्रथम,प्रगति मावि स्वाठीका कृष्ण प्रसाद चौधरी द्धितिय र
त्रिभुवन उच्च मावि वेलाटारीका ईरथानअली शाहा तृतिय भएका छन ।

यसै गरी छात्रा तर्फ सटफुटको फाईनल प्रतिस्पर्धामा नगरडाडा मावि रुचाङका अनुजा सिंजाली
प्रथम,रमवापुर मावि रमवापुरका अन्जली विक द्धितिय र जनता सिद्ध अमर मावि लुसलहरीका हमकला थनेत तृतिय
भएका छन ।

यस्तै २ सय मिटर छात्रा तर्फ जनता सिद्ध लुसलहरीका तुल्सी चौधरी प्रथम, शान्ति महत्तो
द्धितिय र राष्ट्रिय उमावि छिवनिका पुष्पाञ्जली चौधरी तृतिय हुदै फाईनल चरणमा प्रवेश गरेका छन

यस्तै छात्र २ सय मिटरमा लुसलहरीका मिनेन्द्र थनेत
प्रथम,रामग्राम परासीका पारस चौधरी द्धितिय र कुञ्जनपुर महेश गाहा तृतिय हुदै फाईनल चरणमा प्रवेश गरेका
छन ।

यस्तै सहभागि संख्या बढि भएर दुई समुहमा २ सय मिटरको खेल
खेलाईकोमा दोश्रो चरणको खेलबाट छात्रा तर्फ डैनहवाका अञ्जली चौधरी प्रथम,सेमरीका मिरा सहनी द्धितिय र
वेलाटारीका रेनु कराई तृतिय भएका छन यस्तै छात्र तर्फ वासाका प्रदिप चौधरी प्रथम,राजन कुवर द्धितिय र
त्रिभुवनटारका प्रकाश रानामगर तृतिय हुदै फाईनल चरणमा प्रवेश गरेका छन ।

यसैबिच आज ४ सय मिटर रिले छात्र/छात्रा दौड, छात्रा भलिबल यस्तै छात्रा कपर्दी तर्फका खेलहरु
पनि सम्पन्न भएका छन । राष्ट्रिपति रनिङशिल्ड प्रतियोगिताका फाईनल चरणका खेलहरु हिजोबाट नवलपरासीको जनता
सिद्धमावि लुसलहरीमा संचाल भईरहेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ